# भर्खरै
Namaste Icon
Ad
Ad

‘कोरोनाको भियतनामी भेरिएन्ट झन खतरनाक, हावाबाट पनि सर्न सक्ने’

‘कोरोनाको भियतनामी भेरिएन्ट झन खतरनाक, हावाबाट पनि सर्न सक्ने’

एजेन्सी । भियतनाममा नयाँ प्रजातिको कोरोना भाइरस फेला परेको छ । भियतनामी भीएन एक्सप्रेस नामक समाचार संस्थाले सरकारी अधिकारीलाई उद्धृत गरी नयाँ भाइरस फेला परेको समाचार सम्प्रेषण गरेको छ।

भियतनाममा विकसित भएको नयाँ प्रकारको कोरोना भाइरस बेलायती र भारतीय भेरिएन्ट मिलेर बनेको दावी गरिएको छ। यो नयाँ प्रजातिको भाइरस हावाबाट छिट्टै सर्नसक्ने अझ खतरनाक भाइरस भएको भियतनामी स्वास्थ्य अधिकारीले बताएका छन्।

भियतनामका स्वास्थ्यमन्त्री नुगेन थानले यो भाइरस हावाबाट निकै छिटो सर्नसक्ने खालको रहेको बताएनयाँ भेरिएन्टको जेनेटिक कोड भने सार्वजनिक गरिएको छैन । सन् २०१९ को अन्त्यमा चीनको वुहानमा पहिलो पटक पत्ता लागेको कोरोना भाइरस सुरु भएयता हजारौं पटक यो भाइरस परिवर्तन भई कहीँ कमजोर त कहीँ थप खतरनाकरूप लिएको छ।

Ad

सम्बन्धित समाचारहरु

भारतकाे उत्तर प्रदेशमा बस र अटो ठोक्किँदा १७ जनाको मृत्यु

काठमाडौं । भारत उत्तरप्रदेशको कानपुर–इलाहाबाद सडकखण्डमा बस र अटो ठोक्किंदा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर छ । भारतीय प्रहरीका आईजी मोहित अग्रवालले तीव्र गतिको बस कानपुरको सचेन्दी भन्ने ठाउँमा अटोसँग ठोक्किएर दुर्घटना भएको र १७ जनाको मृत्यु भएको जानकारी सामाचार एजेन्सी एएनआईले जनाएको छ ।

पाकिस्तानमा रेल दुर्घटना, ३० जनाको मृत्यु

पाकिस्तानमा रेल दुर्घटना, ३० जनाको मृत्यु

काठमाडौं । पाकिस्तानमा सोमबार बिहान रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । कराँचीबाट सरगोधा जाँदै गरेको मिल्लत एक्सप्रेसको र रावलपिण्डीबाट कराँची जाँदै गरेको सैयद एक्सप्रेसको रेल सिन्ध प्रान्तको डहारकी क्षेत्रमा आपसमा ठोक्किएका हुन् । दुर्घटनास्थलमा उद्धारकार्य जारी छ । रेलका डिब्बामा फसेका यात्रुहरुलाई निकाल्ने प्रयास भइरहेको समाचार संस्था डनले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad