# भर्खरै
Namaste Icon
Ad
Ad

कोरोना त्रासकाबीच बैतडीका ग्रामीण क्षेत्रमा रोपाइँ सुरु

कोरोना त्रासकाबीच बैतडीका ग्रामीण क्षेत्रमा रोपाइँ सुरु

लक्ष्मण विसी, बैतडी । कोरोना कहरका कारण नागरिकमा त्रास कायमै रहे पनि बैतडीका विभिन्न ठाउँमा ग्रामीण क्षेत्रमा भने धान रोपाइँ सुरु भएको छ। यहाँका गाउँघरमा अहिले रोपाइँ गर्नेको निकै भीड लाग्ने गरेको छ। कोरोना संक्रमणलाई बेवास्ता गर्दै यहाँ रोपाइँले गर्दा चहल पहल पनि त्यत्तिकै मात्रमा बढेको स्थानीयवासीले बताएका छन ।

यस वर्ष जिल्लामा समयमै बर्सात भएको र यहाँका खोला नदी क्षेत्रमा पानी बढेका कारण रोपाइँ छिटो गर्नाका साथै सहज भएको मेलौली नगरपालिका –२ का निता भट्टले बताइन । उनले भनिन, ‘बन्दाबन्दीले खासै अरू काम पनि केही थिएन, समयमै बर्सात भएको छ, अनि रोपाइँ गर्न सुरु गरेका छौँ, कोरोनाको खासै चिन्ता छैन ।’ कोरोना महामारीका कारण जिल्लामा निषेधाज्ञा जारी भएपछि सहरी क्षेत्रमा प्रायः सुनसान भए पनि ग्रामीण भेगमा भने रोपाइँको चहलपहल सुरु भएको बताइएको छ।


मानो रोपेर मुरी फलाउने महिनाका रुपमा चिनिँदै आएको असार महिना लाग्न अझै दुई हप्ता बाँकी रहँदा समेत यहाँका गाउँघरमा रोपाइँको चटारो सुरु भएको पाटन नगरपालिका १ का किसान करवीर भट्टराईले बताए । कोरोना फैलिएपछि विदेश तथा अन्य ठाउँबाट सबै घरमै फर्किएकाले रोपाइँ गर्न सहज भएको किसानको भनाइ छ। वर्षाले समयमै रोपाइँ सुरु गर्न पाएपछि यहाँका कृषक हर्षित भएका छन्।

Ad

सम्बन्धित समाचारहरु

कन्ये च्याउ सेवन गर्दा हुने फाइदाहरु

कन्ये च्याउ सेवन गर्दा हुने फाइदाहरु

कन्ये च्याउलाई पाते च्याउ पनि भनिन्छ। यसलाई अङ्ग्रेजीमा ओयेस्टर मशरुम भनिन्छ । उत्पादनको हिसाबले यो च्याउ विश्वमा तेस्रो स्थानमा पर्छ । यो तरकारीको रूपमा खाने औषधिय च्याउ हो। कन्ये च्याउको खेती प्रबिधि १९१७ देखि जर्मनीबाट आविष्कार भएको हो ।

मल अभाव हुन नदिन भारतबाट खरिद गरिने

मल अभाव हुन नदिन भारतबाट खरिद गरिने

काठमाडाैं । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले रासयनिक मल अभाव हुन नदिन यस वर्ष भारतसँग सरकारी स्तरबाटै मल खरिदको प्रक्रिया अघि बढाइने निणर्य गरेकाे छ । बैठकमा भारतसँग जी टु जी सम्झौताबाट नेपाललाई आवश्यक मल ल्याउने प्रक्रिया अघि बढाउने प्रस्ताव गएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्ला वर्षमा जस्तो किसानबाट मल अभावको गुनासो आउन नहुने बताएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad