# भर्खरै
Namaste Icon
Ad
Ad

सीजीले सुरु गर्‍यो सस्तो मूल्यमा इन्टरनेट सेवा, जम्मा ९९९ रुपैयाँमै १२० एमबीपीएस

सीजीले सुरु गर्‍यो सस्तो मूल्यमा इन्टरनेट सेवा, जम्मा ९९९ रुपैयाँमै १२० एमबीपीएस

काठमाडौं । सीजी कम्युनिकेसन्सले आजदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ । कम्पनीले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ ल्याएको हो । उच्च गतिको इन्टरनेट सेवाबाट उपभोक्ताको कार्यक्षमतामा सकारात्मक प्रभाव पर्ने र सार्वजनिक एवं निजी क्षेत्रबाट प्रवाह हुने सेवाको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ । सीजी कम्युनिकेसन्सले १२० एमबीपीएस गतिको ‘सीजी नेट’ ९९९ रुपैयाँमा उपलब्ध गराउनेछ ।

उपभोक्ताकेन्द्रित सेवा शुरु गरिएको र यसले उपभोक्ताको जीवनमा विल्कुलै नयाँ अनुभव गराउने विश्वास सीजी कम्युनिकेसन्सको छ । ‘सीजी नेट’ देशव्यापी इन्टरनेट सेवाप्रदायक (आईएसपी) हो, जसले व्यावसायिक र व्यक्तिगत दुवैका लागि इन्टरनेट सेवा उपलब्ध गराउनेछ । कम्पनीले निकट भविष्यमै आईपीटीभी र अन्य लोकप्रिय सेवा पनि बजारमा ल्याउने बताएको छ । भिडियो, ओटीटी प्लेटफर्म, ‘वर्क फ्रम होम’, अनलाइन कक्षाको बढ्दो प्रयोग र माग सम्बोधन गर्न ‘सीजी नेट’ले विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेको छ ।

शुरुवातमा कम्पनीको सेवा काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा उपलब्ध हुनेछ । तत्कालका लागि जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले कम्पनीको सेवाको फाइदा उठाउन सक्नेछन् । १२ महिनाभित्र उपत्यकाका सबै क्षेत्रमा ‘सीजी नेट’ विस्तार हुनेछ । उल्लिखित क्षेत्रका उपभोक्ताका घरमा कम्पनीको सेवा जडान गर्न सेवा माग गरिएको ६ देखि २४ घण्टाभित्र उपलब्ध हुनेछ ।

नेटवर्क विस्तारसम्बन्धी सम्पूर्ण जानकारी www.cgnet.com.np मा उपलब्ध छ । २०७८ को अन्त्यसम्ममा देशभर ‘सीजी नेट’ विस्तार गर्ने कम्पनीको लक्ष्य छ । कम्पनीका ग्राहक सेवाकेन्द्रहरू हालका लागि सीजी डिजिटलका शाखा– जावलाखेल, कुमारीपाटी, कीर्तिपुर, नयाँबजार, मीनभवन र ट्रेड टावर थापाथलीमा हुनेछन् ।

नेटवर्क विस्तारसँगै काठमाडौं उपत्यकाका अन्य क्षेत्रहरूमा पनि ग्राहक सेवा केन्द्रहरू थप गर्दै लगिने कम्पनीले जनाएको छ । सेवा शुभारम्भका अवसरमा कम्पनीले १२० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक ९९९ रुपैयाँ शुल्क तोकेको छ ।

वार्षिक प्याकेज लिने उपभोक्ताका लागि जडान र राउटर निःशुल्क गरिएको छ । त्यस्तै, मासिक, ३ महिने र ६ महिने प्याकेज लिँदा जडान र केबल निःशुल्क हुनेछ । -techpana

Ad

सम्बन्धित समाचारहरु

टिकटकमा थपियाे नयाँ फिचर

टिकटकमा थपियाे नयाँ फिचर

काठमाडौं । चिनियाँ भिडियो एप टिकटकमा अब तीन मिनेटको भिडियो अपलोड गर्न सकिने भएको छ । १५ सेकेन्डको भिडियो अपलोड गर्न मिल्ने गरी सुरु भएको एपमा ६० सेकेण्ड हुँदै ३ मिनेटसम्मको भिडियो अपलोड गर्न सक्ने नयाँ फिचर ल्याएको छ । संसारभर पछिल्लो समय लोकप्रिय हुँदै गएको यो एप नेपालमा पनि लोकप्रिय छ ।

टेलिकमले ल्यायाे ‘एफटिटिएच डबल मज्जा अफर’

टेलिकमले ल्यायाे ‘एफटिटिएच डबल मज्जा अफर’

काठमाडाैं । नेपाल टेलिकमले ‘एफटिटिएच डबल मज्जा अफर’ सार्वजनिक गरेको छ । घरमा पनि इन्टरनेट, मोबाइलमा पनि इन्टरनेट नारासहित एफटिटिएच डबल मज्जा अफर ल्याइएको हो । यस अफर अन्तर्गत वार्षिक १३ हजार रूपैयाँमा २० एमबीपीएस वा सोभन्दा बढीको एफटिटिएच सेवा लिई आफ्नो मोबाइलमा हरेक दिन ३०० एमबी डेटा निःशुल्कपाउन सकिने छ । एफटिटिएच सेवा लिँदा राउटर निःशुल्क पाइने छ भने १०० मिटर ड्रप फाइबर पनि निःशुल्क पाइने छ । मोबाइलमा निःशुल्क डेटा पाउन एफटिटिएचको सेवा लिँदा आफ्नो मोबाइल नम्बर रजिष्टर गर्नुपर्ने हुन्छ । टेलिकमको यो योजना आउँदो असारसम्म मात्रै लागु हुनेछ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad