# भर्खरै
Namaste Icon
Ad
Ad

‘नोकिया सी २०’ सार्वजनिक, मुल्य ११ हजार रुपैयाँ मात्र

‘नोकिया सी २०’ सार्वजनिक, मुल्य ११ हजार रुपैयाँ मात्र

काठमाडौं । नोकिया सी २० नेपाली बजारमा सार्वजनिक भएको छ । एन्ड्रोइड ११ मा रन हुने यो फोनमा दुई वर्षको सेक्युरिटी अपडेट दिइएको छ । स्टनिङ नर्डिक डिजाइनबाट निर्मित फोन धेरैबेरसम्म टिक्ने र एक्सिडेन्ट प्रुफ रहेको कम्पनीले बताएको छ । यो फोनमा २ वर्षको अपरेटिङ सिस्टम अपग्रेड्सको सुविधासहित अन्य आकर्षक फिचर रहेकाे बताइएकाे छ ।

५ मेगापिक्सेलको फ्रन्ट र रियर क्यामेराको साथ लो लाइटमा पनि प्रियजनहरुसँग अविष्मरणीय पलहरु कैद गर्न सकिने कम्पनीले जनाएको छ । ६.५ इन्चको एचडी प्लस स्क्रिन र ३ हजार एमएएचकाे ब्याट्री याे फाेनकाे अर्काे विशेषता हाे । फोरजी कनेक्टिभिटी र अक्टाकोर प्रोसेसरकाे सुविधा दिइएकाे याे फाेन स्यान्ड र डार्क ब्लु रंगमा उपलब्ध छ । नेपाली बजारमा २/३२ जीबी भेरियन्टकाे मूल्य १० हजार ९९९ रूपैयाँ ताेकिएकाे छ ।

Ad

सम्बन्धित समाचारहरु

टिकटकमा थपियाे नयाँ फिचर

टिकटकमा थपियाे नयाँ फिचर

काठमाडौं । चिनियाँ भिडियो एप टिकटकमा अब तीन मिनेटको भिडियो अपलोड गर्न सकिने भएको छ । १५ सेकेन्डको भिडियो अपलोड गर्न मिल्ने गरी सुरु भएको एपमा ६० सेकेण्ड हुँदै ३ मिनेटसम्मको भिडियो अपलोड गर्न सक्ने नयाँ फिचर ल्याएको छ । संसारभर पछिल्लो समय लोकप्रिय हुँदै गएको यो एप नेपालमा पनि लोकप्रिय छ ।

टेलिकमले ल्यायाे ‘एफटिटिएच डबल मज्जा अफर’

टेलिकमले ल्यायाे ‘एफटिटिएच डबल मज्जा अफर’

काठमाडाैं । नेपाल टेलिकमले ‘एफटिटिएच डबल मज्जा अफर’ सार्वजनिक गरेको छ । घरमा पनि इन्टरनेट, मोबाइलमा पनि इन्टरनेट नारासहित एफटिटिएच डबल मज्जा अफर ल्याइएको हो । यस अफर अन्तर्गत वार्षिक १३ हजार रूपैयाँमा २० एमबीपीएस वा सोभन्दा बढीको एफटिटिएच सेवा लिई आफ्नो मोबाइलमा हरेक दिन ३०० एमबी डेटा निःशुल्कपाउन सकिने छ । एफटिटिएच सेवा लिँदा राउटर निःशुल्क पाइने छ भने १०० मिटर ड्रप फाइबर पनि निःशुल्क पाइने छ । मोबाइलमा निःशुल्क डेटा पाउन एफटिटिएचको सेवा लिँदा आफ्नो मोबाइल नम्बर रजिष्टर गर्नुपर्ने हुन्छ । टेलिकमको यो योजना आउँदो असारसम्म मात्रै लागु हुनेछ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad