# भर्खरै
Namaste Icon
Ad
Ad

ताइपेइविरुद्ध नेपालको सहज जित

ताइपेइविरुद्ध नेपालको सहज जित

काठमाडौं । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा नेपालले चाइनिज ताइपेइविरुद्ध नेपालले सहज जित हासिल गरेको छ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपाललाई जित दिलाउन अन्जन विष्ट र नवयुग श्रेष्ठले एक एक गोल गरे ।

नेपालले खेलको तेस्रो मिनेटमा नै पेनाल्टी प्राप्त गरेको थियो । उक्त पेनाल्टीमा अन्जन विष्टले गोल गर्दै नेपाल अघि बढेको हो । सन्तोष तामाङको फ्रिकिकमा ताईपेका चेङ्ग हाओले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । जसमा अन्जनले सहजै गोल गरे । यससँगै अन्जनले ताईपेविरुद्ध लगातार दोस्रो खेलमा गोल गर्न सफल भएका छन् । यस अघि ताईपेको घरेलु मैदानमा नेपालले २-० को जित निकाल्दा अन्जनले दुई गोल गरेका थिए ।

त्यसपछि खेलको ८१ औं मिनेटमा परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका नवयुगले गोल गर्दै नेपाललाई २-० गोलको जित दिलाए । यस जितसँगै नेपालले विश्वकप छनोटको समूह चरणमा चौथो स्थानमा रहने पक्का गरेको छ ।

नेपालको एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित रहेको छ । नेपालको ६ खेलमा २ जित र ४ हारसहित ६ अंक रहेको छ । जितविहिन चाइनिज ताइपेइको ६ खेलमा कुनै अंक छैन । अष्ट्रेलियाले ४ खेलमा १२ अंक जोड्दा जोर्डन र कुवेतको ५-५ खेलमा समान १०-१० अंक रहेको छ । आज हुने दोस्रो खेलमा अष्ट्रेलिया र कुवेतले प्रतिस्पर्धा गर्दैछन् ।

 

Ad

सम्बन्धित समाचारहरु

आजबाट ५ दिन मनाईदैं ओलम्पिक डे, खेलकुद मन्त्री गरे उद्घाटन

काठमाडाैं । आधुनिक ओलम्पिक गतिबिधीको जन्मदिनलाई सम्झना गर्दै ओलम्पिक संग आवद्ध बिश्वभरिका राष्ट्रहरुले बिविध कार्यक्रमको आयोजना गर्दै मनाईने कार्यक्रम ओलम्पिक डेको नेपालमा पनि आजबाट ५ दिन मनाईने भएको छ । उक्त कार्यक्रमको युवा तथा खेलकुद मन्त्री एकवाल मियाँले आज एक कार्यक्रमका विच नेपाल ओलम्पिकको सातदोवाटोस्थित कार्यालयमा नेपालको झण्डोत्तोलनका साथ पानसमा दीप प्रज्वलन गरि उद्घाटन गरे । यस्तै नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिकको झण्डोत्तोलन गरे ।

उरुग्वेलाई १–० ले पराजित गर्दै अर्जेन्टिना शीर्षस्थानमा

एजेन्सी । दक्षिण अमेरिकी कोपा अमेरिका कपमा उपाधि दावेदार अर्जेन्टिनाले समूह चरणमा पहिलो जित निकालेको छ । अर्जेन्टिनाले अर्काे उपाधि दावेदार उरुग्वेलाई १–० ले पराजित गरेको हो । ब्रासिलियामा शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाको जितमा गुइडो रोड्रिग्वेजले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । १३औं मिनेटमा गुइडो रोड्रिग्वेजले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाए । रोड्रिगो डि पउलको छोटो कर्नर किकमा मेस्सीले एक डिफेन्डरलाई बिट गर्दै दिएको क्रसलाई रोड्रिग्वेजले गरेको हेडर फार पोस्टको बारमा लाग्दै गोलमा परिणत भएको थियो । उनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । २७ वर्षीय रोड्रिग्वेजले अर्जेन्टिनाका लागि २०१७ देखि ११ खेल खेलेका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad