# भर्खरै
Namaste Icon
Ad
Ad

त्रिविले बनायाे परीक्षा माेडालिटी : विद्यार्थीलाई घरपायकमै परीक्षा केन्द्र

त्रिविले बनायाे परीक्षा माेडालिटी : विद्यार्थीलाई घरपायकमै परीक्षा केन्द्र

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन गर्ने भएको छ । त्रिविले विद्यार्थीको पायक पर्ने केन्द्रबाट परीक्षा लिने मोडालिटीमा परीक्षा सञ्चालन गर्ने भएको हो । कोरोना महामारीका कारण स्थगित स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा अनलाइनबाट सम्भव नदेखिएपछि विद्यार्थी जुन जिल्लामा पुगेको छ त्यहीँबाट परीक्षा लिने मोडालिटी बनाइएको हो ।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले विद्यार्थीलाई अब आफू अध्ययन गरेको क्याम्पसमा आएर परीक्षा दिनुपर्ने बाध्यता नरहेको बताउँदै परीक्षा केन्द्र परिवर्तन गरेर पायक पर्ने स्थानबाट परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको जानकारी दिनुभयो । १९ महिनाभन्दा बढी समयदेखि एउटै वर्षमा अध्ययन गर्न बाध्य स्नातक प्रथम वर्षका विद्यार्थीको परीक्षा साउनभित्रै लिने तयारीअनुसार नै विश्वविद्यालयले परीक्षामा यस खालको मोडालिटी बनाएको हो । त्रिविमा हाल स्नातक तहमा नयाँ र पुरानो गरी दुई समूहका विद्यार्थी छन् । त्रिविमा सामान्य अवस्थामा परीक्षा केन्द्र परिवर्तन गर्न र विद्यार्थीले परीक्षा केन्द्र रोज्नसमेत नपाउने प्रावधान छ ।

परीक्षा नियन्त्रक जोशीले विद्यार्थीले परीक्षा फाराम भर्नसमेत अनलाइनबाट सम्भव नभएको गुनासो आएपछि आफूहरूले पुरानो परिपाटीबाट तीन घण्टाकै परीक्षा लिने निचोडमा पुगेको जानकारी दिनुभयो । विश्वविद्यालयमा हाल स्नातक तह पहिलो वर्षमा दुई लाख ५० हजारको हाराहारीमा विद्यार्थी छन् । ती विद्यार्थीको पठनपाठन वार्षिक परीक्षा प्रणालीका आधारमा भइरहेको छ । त्रिविले असार पहिलो सातासम्म परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ । गाेरखापत्रमा खबर छ।

Ad

सम्बन्धित समाचारहरु

विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता (नामसहित)

काठमाडाैं । सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ नीजि अस्पतालको प्रयोगशालाको परिक्षण रिपोर्टलाई मान्यता दिने भएको हो ।

कक्षा १२ को परीक्षा भदौमा

कक्षा १२ को परीक्षा भदौमा

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा फरक मोडालिटीमा गर्ने भएको छ । तर कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आई नसकेका कारण अबको केही समय स्थितिको मूल्याङ्कन गरेर परीक्षाबारे निर्णय गरिने बोर्डले जनाएको छ । परीक्षा गत वर्षभन्दा फरक मोडालिटीमा गर्न बोर्डले गृहकार्य समेत थालेको छ । बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले असारभर पर्ख र हेरकै अवस्थामा बोर्ड रहेको भन्दै त्यसपछि मात्र परीक्षाको तयारीका बारेमा छलफल थालिने जानकारी दिए। भदौसम्म परीक्षा हुने सम्भावना देखिएको र त्यो गत वर्षभन्दा फरक मोडालिटीमा हुने उनको भनाइ छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad