# भर्खरै
Namaste Icon
Ad
Ad

आन्तरिक मुल्याङ्कनमार्फत विद्यार्थीको नतिजा सार्बजनिक गर्दै बाग्मती गाउँपालिका

आन्तरिक मुल्याङ्कनमार्फत विद्यार्थीको नतिजा सार्बजनिक गर्दै बाग्मती गाउँपालिका

ललितपुर। जिल्लाको बाग्मती गाउँपालिकाका विद्यालयले कोभिड महामारी र निषेधाज्ञाका कारण वार्षिक परीक्षा सञ्चालनमा समस्या भएपछि आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गर्न थालेका छन् । गएको वैशाख महिनामा वार्षिक परीक्षा गर्ने तयारीमा रहेका विद्यालयमा कोरोना भाइरस संक्रमण समुदायमा फैलिएपछि परीक्षा स्थगित भएका थिए ।

लामो समयको बन्द र विद्यालय खोल्ने वातावरण नभएपछि गाउँपालिकाले आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गर्न विद्यालयलाई निर्देशन दिएका छन् । पालिकाको निर्णयपछि बागमती गाऊ पालिकाले अब कक्षा एकदेखि नौसम्मका विद्यार्थीको नतिजा आन्तरिक मूल्यांकनबाट सार्वजनिक गर्न थालेका छन् ।

गाउँपालिकामा बसेको शिक्षा समितिको बैठकले विद्यालयमा लिइएका विभिन्न आन्तरिक परीक्षा, हाजिरी, गृहकार्य, अनुशासन र अतिरिक्त क्रियाकलापका आधारमा मूल्यांकनबाट गर्न सकिने निर्णय गरेको छ । कोभिडका कारण परीक्षा सञ्चालन गर्न नसकेपछि गाउँ शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारको निर्णयानुसार आगामी असारदेखि नयाँ शैक्षिक सत्र सुरु गर्नुपर्ने भएकाले गाऊ शिक्षा समितिको बैठक बसी यस्तो निर्णय गरिएको पालिकाका शिक्षा अधिकृत मोहन पाैडेल ले जानकारी दिए । ‘विद्यालय को प्रअ हरूसँग छलफल गर्दा पनि यही विकल्प भन्नुभएको छ, यस्तो बेला परीक्षा गर्न सम्भव पनि छैन’, पाैडेल ले भने, ‘नयाँ शैक्षिक सत्र सुरु हुने समयमा हामीले यही विकल्प दिएका छौं।

‘यहाँका विद्यार्थी अनलाइनको पहुँचमा छैनन्, त्यसैले अबको विकल्प यही हुन्छ’, पाैडेलले भने, ‘दोस्रो त्रैमासिक परीक्षा र अन्य विभिन्न मापदण्डलाई आधार मानेर नतिजा सार्वजनिक गर्ने तयारी भएको हो ।’

‘महामारी फैलिएपछि परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई थप तयारी गर्नुस् भनेर बिदा दियौँ’, पाैडेल भन्छन्, ‘महामारी नियन्त्रणमा आएको देखिएन, समुदायमा भयाभह स्थिति छ । यस्तो बेलामा परीक्षा पनि सम्भव छैन, नतिजा रोकेर काम छैन ।’ बागमती मात्र होइन ललितपुरका सबैजसो पालिकाले यसरी नै नतिजा सार्वजनिक थालेका छन् ।

शिक्षक सिताराम चाैरेल अब विद्यार्थी नयाँ शैक्षिक सत्रको तयारी र माथिल्लो कक्षाका पाठ्यपुस्तक अध्ययनमा लाग्ने वातावरण अभिभावकले बनाउन आवश्यक रहेको बताउँछन् । ‘निषेधाज्ञा खुकुलो भए नानीबाबुका किताब उपलब्ध गराउनतर्फ ध्यान दिनुपर्छ’, उनी भन्छिन, ‘फुर्सदमा रहेका बालबालिकालाई घरमा समेत पढ्ने वातावरण अभिभावकले बनाउन जरुरी छ ।’

Ad

सम्बन्धित समाचारहरु

विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता (नामसहित)

काठमाडाैं । सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ नीजि अस्पतालको प्रयोगशालाको परिक्षण रिपोर्टलाई मान्यता दिने भएको हो ।

कक्षा १२ को परीक्षा भदौमा

कक्षा १२ को परीक्षा भदौमा

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा फरक मोडालिटीमा गर्ने भएको छ । तर कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आई नसकेका कारण अबको केही समय स्थितिको मूल्याङ्कन गरेर परीक्षाबारे निर्णय गरिने बोर्डले जनाएको छ । परीक्षा गत वर्षभन्दा फरक मोडालिटीमा गर्न बोर्डले गृहकार्य समेत थालेको छ । बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले असारभर पर्ख र हेरकै अवस्थामा बोर्ड रहेको भन्दै त्यसपछि मात्र परीक्षाको तयारीका बारेमा छलफल थालिने जानकारी दिए। भदौसम्म परीक्षा हुने सम्भावना देखिएको र त्यो गत वर्षभन्दा फरक मोडालिटीमा हुने उनको भनाइ छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad