# भर्खरै
Namaste Icon
Ad
Ad

विश्व फोटो दिवसकाे अवसरमा कप्पल (जोडि) फोटो प्रतियोगिता गर्दै फोटो पसल

विश्व फोटो दिवसकाे अवसरमा कप्पल (जोडि) फोटो प्रतियोगिता गर्दै फोटो पसल

काठमाडौं । हरेक वर्ष विश्व फोटो दिवसलाई फोटो पसलले आफ्नो स्थापनाकालदेखि नै केही नयाँ गर्दै आईरहेको छ । यसवर्ष १८२औं फोटोग्राफी दिवशको अवसरमा फोटो पसलले कप्पल (जोडि) फोटो प्रतियोगिता २०२१ घोषण गरेको फोटो पसलका प्रवन्ध निर्देशक बिक्रम न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार प्रतियोगितामा सहभागी हुनेहरुको लागि स्पेसल फोटोग्राफी कक्षाको व्यवस्था गरिएको छ । त्यस्तै, सहभागी नोमिनि फोटाग्राफरहरूको वारेमा फोटो पसल नेपालको पहिलो फोटोग्राफि ईकमर्स वेवसाईट www.photopasal.com मा समेत फोटोग्राफरहरूको सेवाहरू निशुल्क स्थापित गराइने छ ।

उनले भने, ‘व्यावसायी फोटोग्राफरको सेवाहरूको बारेमा जानकारी दिंदै अनलाइनमा समेत पहुच पुर्‍याउदै ग्राहक संग सिधा समन्वय पनि गराउदै आएका छौं, यसलाई अझैं निरन्तरता दिइन्छ ।’ एकजनाले काम लिने र प्रारिश्रमिक कम दिने गलत प्रवृत्तिलाई चिर्दै नयाँ तथा पुराना पहुँच नपुगेका पेशाकर्मीको हक अधिकार सुनिश्चित गर्नु प्रतियोगिताको उद्देश्य भएको प्रवन्ध निर्देशक न्यौपानेले बताए । उनले भन, ‘ प्रतियोगितामा सहभागी भई थप अन्य विभिध लाभ लिन सबै व्यवसायी फोटोग्राफरहरु अनुरोध गरेका छौं ।’

Ad

सम्बन्धित समाचारहरु

जलमग्न बागलुङ बजार

जलमग्न बागलुङ बजार

निरन्तरको वर्षापछि जलमग्न भएको बागलुङ बजार । बागलुङ बजार माथिको हाडेपाखा, शिवधाराचोक तथा रातामाटाको पानीको भल सोझै बागलुङ बजारमा आउँदा जलमग्न भएको हो । तस्वीर : खेमराज गौतम, रासस

साना तथा मझौला व्यवसाय लक्षित कर्जा बारे अन्र्तक्रिया सम्पन्न  ?,  फोटो व्यावसायीले पनि ऋण पाउछन ? (हेर्नुहोस भिडियो)

काठमाडौं । फोटो पसलले साना तथा मझौला व्यवसायीलाई लक्षित सरकारको कर्जा नीतिको विषयमा अन्र्तक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक राजन विक्रम थापा र राष्ट्रिय वाणिज्य बैंकका अपरेसन हेड सरोज बस्नेतले सहुलियत कर्जा तथा साना व्यावसायीले पाउने कर्जाको विषयमा जानकारी दिए । फोटो पसलका अध्यक्ष योगेन्द्रजंग बस्नेत सहजीकरण गरेको कार्यक्रममा बैंक तथा वित्तिय संस्थाले प्रवाह गर्न सक्ने ऋण र ऋण दिनसक्ने आधारहरु तथा नीतिको विषयमा छलफल तथा जानकारी दिइएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad