# भर्खरै
Namaste Icon
Ad
Ad

सन्दीपले टि२० ब्लास्ट गुमाउने, कारण यस्ताे

सन्दीपले टि२० ब्लास्ट गुमाउने, कारण यस्ताे

काठमाडौं । नेपाली लेगस्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना अर्को सातादेखि सुरु हुने टि२० ब्लास्ट गुमाउने भएका छन् । सन्दीप टि२० ब्लास्टमा पहिलो पटक वोर्सेस्टरशायरबाट खेल्ने तयारी गरि रहेका थिए । तर नेपालमा दोस्रो चरणको कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय उडानमा रोक र भिषा आउन ढिलाईको कारण टि२० ब्लास्ट गुमाउने लगभग निश्चित जस्तै भएको सन्दीपका मेनेजर रमण शिवाकोटीले जानकारी दिएका छन् ।

टि२० ब्लास्ट जुन ९ देखि सेप्टेम्बर १८ सम्म चल्ने कार्यक्रम छ । तर नेपालमा दोस्रो लहरको कोरोना महामारीको कारण सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । ठूलो प्रयास र प्रतीक्षापछि शुक्रबार भिषा आएपनि धेरै ढिलो भई सकेको छ । १४ दिन क्वारेनटाइनमा बस्दा सन्दीपले आधा भन्दा बढी खेल गुमाउने छन् । वोर्सेस्टरशायरले सन्दीपको स्थानमा अर्को खेलाडी ल्याउने तयारी गरि रहेको बुझिएको छ ।

‘भिषा शुक्रबारनै आएको हो । तर जान धेरै ढिलाइनै भईसक्यो । टि२० ब्लास्ट पुरैनै छुट्ला जस्तोनै भयो । उताबाट पनि अव लगभग पुरै छुट्नी तरिकाले कुरा गरि रहेको छ’, शिवाकोटीले भने । ‘पाँच छ खेल छुट्ने भएपछि उनिहरुले अर्को खेलाडीलाई राख्छ नै । पर्खने कुरा पनि हुँदैन’, उनले भने, ‘भिसा पनि उताबाट सिधैं कुरा गरेर झिकाएको हो । टि२० ब्लास्ट छुटेपनि द हन्ड्रेड खेल्न जाने तयारी हुने छ ।’

नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाएको रोक अझै खुलाएको छैन । जसले सन्दीपलाई झनै समस्या परेको छ । सन्दीपले द हन्ड्रेड प्रतियोगिता ओभल इन्भीनसिभल्सबाट खेल्ने छन् । द हन्ड्रेड प्रतियोगिता जुलाई २१ देखि सुरु हुने छ । उक्त प्रतियोगिता जुलाईमा हुने हुँदा त्यो समय सम्म उडान रोक खुल्ने पनि सम्भावना छ । सन्दीपले टि२० ब्लास्ट गुमाउने भएपछि शुक्रबार ट्विटरमा एक पोष्ट गरेका छन् । ‘अब धेरै ढिलो’ ट्विटरमा लेखेका छन् । सन्दीपले टि२० ब्लास्ट खेल्न ढिलो हुँदा छुट्ने डर हुँदा समयमानै भिसा दिन आग्रह गर्दै आएका थिए ।

Ad

सम्बन्धित समाचारहरु

आजबाट ५ दिन मनाईदैं ओलम्पिक डे, खेलकुद मन्त्री गरे उद्घाटन

काठमाडाैं । आधुनिक ओलम्पिक गतिबिधीको जन्मदिनलाई सम्झना गर्दै ओलम्पिक संग आवद्ध बिश्वभरिका राष्ट्रहरुले बिविध कार्यक्रमको आयोजना गर्दै मनाईने कार्यक्रम ओलम्पिक डेको नेपालमा पनि आजबाट ५ दिन मनाईने भएको छ । उक्त कार्यक्रमको युवा तथा खेलकुद मन्त्री एकवाल मियाँले आज एक कार्यक्रमका विच नेपाल ओलम्पिकको सातदोवाटोस्थित कार्यालयमा नेपालको झण्डोत्तोलनका साथ पानसमा दीप प्रज्वलन गरि उद्घाटन गरे । यस्तै नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिकको झण्डोत्तोलन गरे ।

उरुग्वेलाई १–० ले पराजित गर्दै अर्जेन्टिना शीर्षस्थानमा

एजेन्सी । दक्षिण अमेरिकी कोपा अमेरिका कपमा उपाधि दावेदार अर्जेन्टिनाले समूह चरणमा पहिलो जित निकालेको छ । अर्जेन्टिनाले अर्काे उपाधि दावेदार उरुग्वेलाई १–० ले पराजित गरेको हो । ब्रासिलियामा शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाको जितमा गुइडो रोड्रिग्वेजले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । १३औं मिनेटमा गुइडो रोड्रिग्वेजले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाए । रोड्रिगो डि पउलको छोटो कर्नर किकमा मेस्सीले एक डिफेन्डरलाई बिट गर्दै दिएको क्रसलाई रोड्रिग्वेजले गरेको हेडर फार पोस्टको बारमा लाग्दै गोलमा परिणत भएको थियो । उनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । २७ वर्षीय रोड्रिग्वेजले अर्जेन्टिनाका लागि २०१७ देखि ११ खेल खेलेका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad