# भर्खरै
Namaste Icon
Ad
Ad

अभिनेत्री जुही चावलालाई २० लाख जरिवाना

अभिनेत्री जुही चावलालाई २० लाख जरिवाना

मुम्बई । बलिउड अभिनेत्री जुही चावलालाई २० लाख जरिवाना तिर्न भनिएको छ । ‘फाइभ जी’ प्रकरणमा दिल्ली उच्च अदालतले उनलाई यो जरिवाना तोकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अभिनेत्री जुहीले ‘फाइभ जी’ को विरुद्धमा दिल्ली उच्च अदालतमा एक याचिका दायर गरेकी थिइन् । जसमा उनले ‘फाइभ जी’ को रेडिएसनको प्रभाव नागरिक, जनावर, वनस्पति लगायतमा पर्ने सम्बन्धी मुद्दा उठाएकी थिइन् । जसको फैसला हालै दिल्ली उच्च अदालतले सुनाएको हो ।


अदालतले अभिनेत्री जुहीको विपक्षमा फैसला सुनाउँदै २० लाख जरिवाना तिर्न भनेको छ । साथै अदालतले जुहीको याचिका खारेज गरेको छ । अदालतले भनेको छ, ‘याचिका कर्ताले कानुनी प्रक्रियाको गलत प्रयोग गरेको छ । यस्तो लाग्छ यो प्रचार पाउन गरिएको हो । किनभने याचिका कर्ता जुहीलाई पनि थाहा छैन कि उनको याचिका तथ्यमा आधारित नभएर कानूनी सल्लाहमा आधारित रहेको छ ।


पब्लिसिटी पाउन र कोर्टको समय दुरुपयोग गरेको कारणले उनलाई जरिवाना गरिएको छ ।’ अभिनेत्री जुहीले अदालतमा याचिका कर्ताको तर्फबाट तिर्नुपर्ने कोर्टको पूरै डेढ लाखसमेत तिरेकी छैनन् । अदालतले एक साताभित्र उक्त शुल्क पनि तिर्न निर्देशन दिएको छ ।

Ad

सम्बन्धित समाचारहरु

नायिका काजल अग्रवाल आज ३६औं जन्मदिन मनाउँदै

नायिका काजल अग्रवाल आज ३६औं जन्मदिन मनाउँदै

साउथ चलचित्रदेखि बलिउडमा समेत लोकप्रियता हासिल गरिसकेकी नायिका काजल अग्रवाल आज आफ्नो ३६औं जन्मदिन मनाउँदैछिन् । काजलले गतबर्ष मात्र बिबाह गरेकी थिइन् । साउथदेखि बलिउड चलचित्रमा लोकप्रियता हासिल गरेकी यी नायिकाले करिअरको सुरुवात भने संघर्षपूर्ण तरिकाले गरेकी थिइन् ।

गायक आर के गोम्बाको 'ए गाँठे झ्याप्पै फसायो’ (भिडियो)

काठमाडौं । गायक आर के गोम्बाको 'ए गाँठे झ्याप्पै फसायो’ बोलको गीत बजारमा आएको छ । चक्र बमको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत आरके गोम्बा र मनु पुरिको आवाज रहेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad