# भर्खरै
Namaste Icon
Ad
Ad

स्टार्ट अप व्यवसाय र तालिम तथा रोजगारी कार्यक्रमकाे लागि  कार्यदल गठन

स्टार्ट अप व्यवसाय र तालिम तथा रोजगारी कार्यक्रमकाे लागि  कार्यदल गठन

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेटमा उल्लेखित निजी क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरूको कार्यान्वयनको तयारीका लागि अर्थ मन्त्रालयले निजी क्षेत्रसँग छलफल गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल बैङ्कर्स एशोशियसनका पदाधिकारीहरूसँगको छलफलबाट स्टार्टअप व्यवसाय र कार्यस्थलमा आधारित तालिम तथा रोजगारी कार्यक्रम सम्बन्धी गृहकार्य गर्न कार्यदल गठन गरिएको छ ।

अर्थ मन्त्रालयका सह-सचिव महेश भट्टराई संयोजक रहेको कार्यदलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय योजना आयोगकासाथै नेपाल उद्योग वाणिज्य महासंघ र  नेपाल उद्योग परिसंघका प्रतिनिधि रहेका थिए । संयोजक भट्टराईले कार्यदलले आर्थिक वर्ष २०७८/७९ सुरु भएसँगै कार्यक्रमहरू कार्यान्वयन गर्ने गरी असार मसान्तभित्रै कार्यक्रम सम्बन्धी आवश्यक कार्यविधि र कार्ययोजना बनाउने बताए ।

आर्थिक वर्ष २०७८/७९ को बजेटमा युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन उत्प्रेरित गर्ने उद्देश्यले परियोजना धितो राखी एक प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म बीउ पुँजीकर्जा उपलब्ध गराइने र यसका लागि १ अर्ब रुपैयाँको च्यालेन्ज फण्ड स्थापना लगायत उल्लेख गरिएको थियो । यस्तै गरी स्वदेशी उद्योगको आवश्यकता अनुरुपको सीपयुक्त जनशक्तिको विकास गर्न निजी क्षेत्रको साझेदारीमा उत्पादन तथा सेवा मुलुक उद्योगमा प्रशिक्षार्थी कामदारलाई तीन महिनाको न्यूनतम पारिश्रमिक बराबरको अनुदान उपलब्ध गराइ कार्यस्थलमा आधारित तालिम सञ्चालन गर्न १ अर्ब रुपैयाँ छुट्याएको, तालिम प्राप्त गर्ने प्रशिक्षार्थी कामदारलाई आधारभूत तालिम दिई सोही उद्योगमा न्यूनमत २ वर्षको रोजगारी सुनिश्चित  गर्ने व्यवस्था मिलाइने लगागत उल्लेख गरिएको थियो ।

Ad

सम्बन्धित समाचारहरु

देउराली यातायात प्रालि अर्घाखाँचीले ७३ लाख बराबरको राहत वितरण गर्ने

अर्घाखाँची । देउराली यातायात प्राली अर्घाखाँचीको बैठकले संस्थामा सम्बद्ध व्यवसायी, यातायात मजदुर तथा कर्मचारीहरुलाइ करिब ७३ लाख राहत वितरण गर्ने निर्णय गरेको छ । कोरोना भाईरस (कोभिड १९) को दोस्रो भेरिरन्टको महामारीका कारण लकडाउनमा परेका यातायात व्यवसायी ताथ मजदुरलाई पर्न गएको कठिन समस्यालाई मध्यनजर गरि प्रालीले कुल ७३ लाख राहत वितरण गर्ने निर्णय गरेको हो ।

मेगा बैंकमा अब फोनबाटै २ लाख सम्मको कर्जा सुविधा

मेगा बैंकमा अब फोनबाटै २ लाख सम्मको कर्जा सुविधा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ । आफ्ना ग्राहकहरुलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने हेतुले मेगा बैंकले एफ वन सफ्ट इन्टरनेसनल प्रा.लि. सँगको सहकार्यमा यो कर्जा सुविधा ल्याएको हो । यस सुविधामार्फत मेगा बैंक नेपाल लिमिटेडमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघ संस्था तथा कम्पनीका कर्मचारीहरुले ३० दिनसम्मका लागि अधिकतम २ लाख रुपैंया उपभोग गर्न सक्नेछन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad