# भर्खरै
Namaste Icon
Ad
Ad

खाने तेलको मूल्य बढ्यो

खाने तेलको मूल्य बढ्यो

काठमाडौं। नेपालमा खाने तेलको मूल्य बढ्दै गइरहेको छ । कोरोना महामारी शुरु भएयता खाने तेलको मूल्य बढ्दै गइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकोले खाने तेलको मूल्य बढ्दै गएको जनाइएको छ । कोरोना महमामारीअघि खानेतोलको मूल्य प्रतिलिटर २ सय रुपैयासम्म रहेको थियो । तर दुई महिनाअघिदेखि तेलको मूल्य लगातार बढ्दै गइको छ ।

अहिले बजारमा तेलको मूल्य बढेर लिटरको ३ सय रुपैयाँसम्म पुगेको छ। अहिले बजारमा सूर्यमूखी तेलको मूल्य प्रतिलिटर ३ सय रुपैयासम्म पुगेको छ भने भटमासको तेल प्रतिलिटर २३५ रुपैयासम्म पुगेको खुद्रा व्यापार संघले जनाएको छ । यस्तै तोरीको तेलको मूल्य भने निकै उच्च छ । अहिले तोरीको तेलको मूल्य ३३० रुपैयाँसम्म पुगेको संघले जनाएको छ ।

Ad

सम्बन्धित समाचारहरु

देउराली यातायात प्रालि अर्घाखाँचीले ७३ लाख बराबरको राहत वितरण गर्ने

अर्घाखाँची । देउराली यातायात प्राली अर्घाखाँचीको बैठकले संस्थामा सम्बद्ध व्यवसायी, यातायात मजदुर तथा कर्मचारीहरुलाइ करिब ७३ लाख राहत वितरण गर्ने निर्णय गरेको छ । कोरोना भाईरस (कोभिड १९) को दोस्रो भेरिरन्टको महामारीका कारण लकडाउनमा परेका यातायात व्यवसायी ताथ मजदुरलाई पर्न गएको कठिन समस्यालाई मध्यनजर गरि प्रालीले कुल ७३ लाख राहत वितरण गर्ने निर्णय गरेको हो ।

मेगा बैंकमा अब फोनबाटै २ लाख सम्मको कर्जा सुविधा

मेगा बैंकमा अब फोनबाटै २ लाख सम्मको कर्जा सुविधा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ । आफ्ना ग्राहकहरुलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने हेतुले मेगा बैंकले एफ वन सफ्ट इन्टरनेसनल प्रा.लि. सँगको सहकार्यमा यो कर्जा सुविधा ल्याएको हो । यस सुविधामार्फत मेगा बैंक नेपाल लिमिटेडमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघ संस्था तथा कम्पनीका कर्मचारीहरुले ३० दिनसम्मका लागि अधिकतम २ लाख रुपैंया उपभोग गर्न सक्नेछन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad