# भर्खरै
Namaste Icon
Ad
Ad

शिक्षा मन्त्री श्रेष्ठको निर्देशन : ‘साउन १ गतेदेखि बजेट कार्यन्वयन गर्ने विषयमा अघि बढ्नुस

शिक्षा मन्त्री श्रेष्ठको निर्देशन : ‘साउन १ गतेदेखि बजेट कार्यन्वयन गर्ने विषयमा अघि बढ्नुस

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालय अन्तर्गत आगामी आर्थिक वर्ष २०७८÷२०७९ को बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन । मन्त्री श्रेष्ठले तत्काल देखिनेगरी सबै काम अघि बढाउन विभागीय प्रमुखलाई निर्देशन दिएका हुन । बजेटमा समेटिएको विषयलाई तत्काल कार्यान्वयन गर्न कार्यबिध योजना तयार गर्न ढिला गर्न नहुने बताउदै मन्त्री श्रेष्ठले भने, ‘साउन १ गतेदेखि बजेट कार्यन्वयन गर्ने विषयमा अघि बढ्नुस । बजेटको विषयमा कुनै कसर बाँकी राख्नु हँुदैन कार्यान्वयनमा हुनेगरी काम अघि बढाउनुस ।’ उनले वैकल्पिक विधि प्रयोग गरी असार १ गतेबाट कक्षा सञ्चालन गर्न आग्रह गरे । उनले भने, ‘असार १ गतेबाट भर्ना प्रकृया शुरु गर्नेछौ , त्यसको निम्ति सबै कार्यक्र कार्यान्वयन गर्नुस ।’

कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले वैकल्पिक सिकाइ कार्यबिधि कर्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्नुपर्ने बताए । उनले मन्त्रालयले साउन १ गतेबाट बजेट कार्यन्वयनमा लैजान सबै प्रकृया अघि बढाइएको जानकारी गराए । उनले भने, ‘बजेट तत्काल कार्यान्वयन गर्नुपर्छ ।’

छलफल कार्यक्रममा बजेट तथा योजना महाशाखाका सहसचिव डा. तुल्सी थपलियाले राष्ट्रपति शैक्षिक सुधार कार्याक्रम कार्यान्वयन गर्न तत्काल कार्यविधि निर्माण गनेर्् बताए । आगामी आर्थिक वर्षको बजेटमा देशभरका १ हजार ५ सय विद्यालय र क्याम्पस पुननिर्माण हुने बताउर्दै त्यसको लागि योजना निर्माण भइरहेको जानकारी गराए । उनका अनुसार विद्यार्थीलाई ल्यापटप उपलब्ध गराउने , सहुलियत दरमा २५ लाख रुपिया सम्म ऋण दिने, कक्षा ९ सम्म रंगिन पाठ्यपुस्तक उपलब्ध गराउने लगायतका महत्वपुर्ण योजना कार्यन्वयउन गर्न मन्त्रालयले योजना तयारी गरिरहेको बताए ।

छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले बजेटमा उल्लेख भएका सबै तोकिएकै समयमा कार्यान्वयन गर्न निर्देशन दिए । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले केही दिनपछि बोर्डको बैठक बसेर एसईई परीक्षाको मिति तय गरिने बताए । उनले भने, ‘गत वर्षकै आधारमा एसइईईको परीक्षाफल प्रकाशित गर्नेछौ ।’

सचिव थपलियाले बजेटमा उल्लेख भए अनुसार करिब १३ हजार विद्यालयमा स्काउट निर्माण गर्ने, विद्यार्थीलाई खेलकुद गतिविधिमा अघि बढाउने विषलाई लागु गरिने जानकारी दिए । बैठकमा मन्त्री श्रेष्ठले सबै शिक्षक र कर्मचारीलाई को्रोना विरुद्धको खोप उपलब्ध गराउन स्वाथ्य मन्त्रालयलाई पुनः आग्रह गर्ने बताए । मन्त्री श्रेष्ठले मन्त्रालयका अधिकारीलाई निर्देशन दिदै करिब एक महिना अघि तत्कालिन स्वाथ्य मन्त्री हृदयश त्रिपाठी समक्ष अग्रपंतीमा खटिने शिक्षकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन आग्रह सहितको पत्र दिएको बताए । सो पत्र कार्यान्वयन गर्न पुनः मन्त्रालयलाई आग्रह गर्दै पत्र पठाउन मन्त्री श्रेष्ठले निर्देशन दिए ।


बैठकमा जनक शिक्षा सामाग्री संस्थान लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाले शैक्षिक सत्र अगाबै पुस्तक ढुवानीगर्न खुला गर्न आग्रह गरेका थिए । लगत्तै मन्त्री श्रेष्ठले सो विषयमा सिसिएमसीमा पत्रचार गर्ने बताए । शिक्षा, तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुष्ठ अर्यालले असार १ गतेबाट भर्ना प्रकृया अघि बढाउने, शैक्षिकसत्र अगाबै सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तथक पु¥याउने व्यवस्था गर्र्न प्रकृया अघि बढाउनुपर्ने बताए ।

बैठकमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले बजेटमा उल्लेख भएको विषय कार्यान्वयन गर्ने विषयमा मन्त्रालयले कार्ययोजना निर्माण गर्नुपर्ने बताए । उनले मन्त्रालले सबै निकायको सहयोगमा बजेट कार्यान्वयन गर्न योजना तयार पार्नुपर्ने उल्लेख गरे । मन्त्री श्रेष्ठले अन्य मन्त्रालयको तुलनामा शिक्षा मन्त्रालयले बजेट कार्यान्वयन गर्न अघि बढ्न निर्देशन दिए ।

Ad

सम्बन्धित समाचारहरु

विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता (नामसहित)

काठमाडाैं । सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ नीजि अस्पतालको प्रयोगशालाको परिक्षण रिपोर्टलाई मान्यता दिने भएको हो ।

कक्षा १२ को परीक्षा भदौमा

कक्षा १२ को परीक्षा भदौमा

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा फरक मोडालिटीमा गर्ने भएको छ । तर कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आई नसकेका कारण अबको केही समय स्थितिको मूल्याङ्कन गरेर परीक्षाबारे निर्णय गरिने बोर्डले जनाएको छ । परीक्षा गत वर्षभन्दा फरक मोडालिटीमा गर्न बोर्डले गृहकार्य समेत थालेको छ । बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले असारभर पर्ख र हेरकै अवस्थामा बोर्ड रहेको भन्दै त्यसपछि मात्र परीक्षाको तयारीका बारेमा छलफल थालिने जानकारी दिए। भदौसम्म परीक्षा हुने सम्भावना देखिएको र त्यो गत वर्षभन्दा फरक मोडालिटीमा हुने उनको भनाइ छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad