# भर्खरै
Namaste Icon
Ad
Ad

शिक्षक र निजामति कर्मचारीबीच विभेद नगर्न माग

शिक्षक र निजामति कर्मचारीबीच विभेद नगर्न माग

काठमाडौं । अखिल नेपाल शिक्षक संघले शिक्षक र निजामति कर्मचारीमाझ विभेद नगर्न माग गरेको छ । आगामी आव २०७८÷७९ को बजेटमा शिक्षक र निजामति कर्मचारीमाझ विभेद गरिएपछि शिक्षक संघले यस्तो आवाज उठाएको हो । महासचिव चक्रपाणि पौडेलको हस्ताक्षरमा २०७८ जेठ २३ गते प्रेसविज्ञप्ति जारी गर्दै शिक्षक संघले यस्तो माग गरेको हो । ‘नेपालमा सामुदायिक विद्यालय शिक्षालाई प्राथमिकता दिनुपर्नेमा आफैले गठन गरेको उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन विपरीत शिक्षक र कर्मचारीबिच गम्भीर विभेद गरिएको छ’ प्रेसविज्ञप्तिमा अगाडि भनिएको छ, ’राष्ट्रसेवक कर्मचारीलाई १० लाख दुर्घटना बिमा, उनका सन्ततिलाई अलग विद्यालय र छात्रवृत्ति, एक लाख स्वास्थ्य बिमा तथा १० दिने पर्यटन काजजस्ता सुविधाको प्रबन्ध गर्दा शिक्षाकर्मीहरूको हकमा त्यस्तो सुविधा दिइएन ।’

केन्द्रीय समितिको जेठ २१ गते सम्पन्न भर्चुअल बैठकको निर्णय सार्वजनिक गर्न जारी गरिएको उक्त प्रेसविज्ञप्तिमा कामचलाउ सरकारको शिक्षा र शिक्षाप्रेमीप्रतिको गैरजिम्मेवार, उदासिन, अवहेलना, उपेक्षा र विभेदपूर्ण नीतिले समग्र शैक्षिक क्षेत्र अझ बढी अस्तव्यस्त हुने ठहर गरिएको छ । बजेटमा सरकारले अन्तर्राष्ट्रिय मञ्चमा गरेको प्रतिबद्धता विपरीत २० प्रतिशतको आधा मात्र रकम विनियोजन गरी शिक्षाक्षेत्रप्रति नकारात्मक पूर्वाग्रही रवैया अपनाइएको आरोप लगाइएको छ । विद्यालय कर्मचारी र बालशिक्षकलाई १५ हजार मासिक पारिश्रमिक तोकिए पनि व्यवहारमा ७ हजार रुपियाँ मात्र दिइएकोमा आपत्ति जनाउँदै प्रेसविज्ञप्तिमा त्यसलाई छलछामपूर्ण गतिविधि बताइएको छ ।

कोभिड महामारीको कारण एसइई परीक्षा आन्तरिक मूल्याङ्कनबाट गरिने भएपछि राष्ट्रिय परीक्षा बोर्डमा जम्मा गरिएको गत वर्ष र यस वर्षको परीक्षा शुल्कबापतको करोडौँ रकम विद्यालयमार्फत विद्यार्थीलाई फिर्ता गर्न पनि आग्रह गरिएको छ । कोभिड विरुद्धको खोप उपलब्ध गराई शैक्षिक वातावरण तयार पार्न आग्रह गरिएको उक्त प्रेसविज्ञप्तिमा नेपाल शिक्षक महासंघले नेपाल सरकारसित गरेको विभिन्न सहमति, सम्झौतानुसारका माग तत्कालै कार्यान्वयन गर्नमा समेत जोड दिइएको छ ।

यस्तो छ, प्रेसविज्ञप्ति

Ad

सम्बन्धित समाचारहरु

विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता (नामसहित)

काठमाडाैं । सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ नीजि अस्पतालको प्रयोगशालाको परिक्षण रिपोर्टलाई मान्यता दिने भएको हो ।

कक्षा १२ को परीक्षा भदौमा

कक्षा १२ को परीक्षा भदौमा

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा फरक मोडालिटीमा गर्ने भएको छ । तर कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आई नसकेका कारण अबको केही समय स्थितिको मूल्याङ्कन गरेर परीक्षाबारे निर्णय गरिने बोर्डले जनाएको छ । परीक्षा गत वर्षभन्दा फरक मोडालिटीमा गर्न बोर्डले गृहकार्य समेत थालेको छ । बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले असारभर पर्ख र हेरकै अवस्थामा बोर्ड रहेको भन्दै त्यसपछि मात्र परीक्षाको तयारीका बारेमा छलफल थालिने जानकारी दिए। भदौसम्म परीक्षा हुने सम्भावना देखिएको र त्यो गत वर्षभन्दा फरक मोडालिटीमा हुने उनको भनाइ छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad