# भर्खरै
Namaste Icon
Ad
Ad

बहुराष्ट्रीय राज्य बनाउने अभिव्यक्ति दिने राजेन्द्र महतोलाई बेलैमा नेपाल बाटै लखेटौं

बहुराष्ट्रीय राज्य बनाउने अभिव्यक्ति दिने राजेन्द्र महतोलाई बेलैमा नेपाल बाटै लखेटौं

मधेसवादी लगाएत केही जातीय मुद्दा उठाउदै आएका दलहरु तथा जातीय संस्थाहरुले बहुराष्ट्रीय राज्यको माग जोड्दार संग उठाईरहेको र यी मागहरु पुरा नभएको भन्दै हिजो संविधान जारी गरे पछि ती मधेसवादी जातीवादी तथा क्षेत्रीय दलहरूले संविधान नै जलाएका थिए । नेपाल बहुजातीय बहुभाषिक बहुधार्मिक देश हो भन्दै उनीहरुले बहुराष्ट्रीय राज्यको माग उठाउदै आएका छन । बहुराष्ट्रीय राज्यको अभ्यास संसारका कतिपय विकसित मुलुकहरुले गर्दै आएको पाईन्छ।तर ती देशहरुलाई आफ्नो राष्ट्रलाई एकताबद्ध बनाईराख्न कठिन परिरहेको छ ।

उप–प्रधानमन्त्रीको सपथ लिएपछि जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले बहुराष्ट्रीय राज्यको विषय उठाएर आफ्नो पार्टी सरकारमा आएको र त्यो मुक्ति आन्दोलन मार्फत नेपाललाई बहुराष्ट्रीय राज्यको रुपमा सरकार र सडक संघर्ष बाट प्राप्त गरेर छोड़ने संकेत गरे । वेलायत इथोपिया इराक श्रीलंका नाइजेरिया लगाएतका देशहरु बहुराष्ट्रीय राज्यको अभ्यास को क्रममा विभाजनको चुनौती झेलिरहेका छन।

उप–प्रधानमन्त्री महतोको बहुराष्ट्रीय राज्य बनाउने अठोट र सरकारले जारी गरेको नागरिकता सम्बन्धी अध्यादेश जुन भारतीय मुलका नागरिक लाई पनि सजिलै सलाई किने जस्तो तरिकाले नागरिकता दिने कुराले प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री को कुर्सी जोगाउन नेपाललाई बेच्न पनि पछि पर्दैनन, भन्ने कुराको संकेत दिन्छ ।

बहुराष्ट्रीय राज्यको अभ्यासको दौरानमा सोभियत संघ रुस चेकोस्लोभाकिया युगोस्लोभाकिया भारत लगाएतका देशहरू विभाजित भएका थिए ।यही बहुराष्ट्रीय राज्यको अभ्यासले हाम्रो छिमेकी राष्ट्र भारत विभाजित भएर पाकिस्तान र बंगलादेश बन्यो । रुस यति विशाल थियो कि उसको भूमि मा कहिल्यै सूर्यास्त हुदैन्थ्यो । युगोस्लाविया चेकोस्लोवाकिया पनि विशाल थिए तर बहुराष्ट्रीय राज्यको अभ्यास गर्दा गर्दै पृथकतावादी हावी हुदै चीरा चीरा परे ।

महतोले अहिले बहुराष्ट्रीय राज्य बनाउने मुख्य एजेन्डा भएको अभिव्यक्ति दिएपछि उनले भविष्यमा मधेश लाई नेपालबाट अलग गरेर छुट्टै अर्को देश वा राष्ट्र बनाउने संकेत गरेकोले महतोको अभिव्यक्तिको हामी सवै राष्ट्रप्रेमी नेपाली हरुले कड़ा विरोध तथा प्रतिकार गरौं र मोदीका कारिन्दाहरु महतो र ओलीलाई बेलैमा सरकार बाट मात्र होइन नेपाल बाटै लखेटौ ।

राम प्रसाद रिजाल नेकपा एमाले माधव समुहका नेता हुन ।

Ad

सम्बन्धित समाचारहरु

मानव विकास सभ्यतामा अगाडि खुसीकाे कमी

मानव विकास सभ्यतामा अगाडि खुसीकाे कमी

मुसो जस्तो प्रजातिबाट शुरूवात भएर आज करिब ८७ लाख प्रजातिलाई नेतृत्व गर्दै पृथ्वी र अन्तरीक्षमा पनि आफ्नो उपस्थिति देखाएको छ । २लाख ४०बर्ष अगाडि अस्तित्वमा देखापरे मानव आज यसरी सारा पृथ्वी माथि शासन गरेको छ । बौद्धिकता, आविष्कार र स्वयम शारीरिक सुन्दरतामा पनि आमूल परिवर्तन देखिएको छ तर प्रारम्भिक चरण भन्दा मान्छे झन् खुशी गुमेका छन् ।

आउनुहोस ! भत्केको घर पोतौं, बाँझिएको जमिन जोतौं

आउनुहोस ! भत्केको घर पोतौं, बाँझिएको जमिन जोतौं

निरु आचार्य 'नवरश्मी' पछिल्लो समय विश्वब्यापी रुपमा कोरोना भाइरसले सन्त्रास छाइरहेको बेला यसको प्रत्यक्ष अप्रत्यक्ष प्रभाव नेपालमा पनि परिरहेको छ । यसै सन्दर्भमा सहरी क्षेत्रबाट गाउँ फर्क अभियान सुरु भएको छ । स्कुल कलेजहरु लामो समयका लागी बन्द हुनु, खाद्यान्न अभावको संकेत देखिनु,आर्थिक मन्दिको अवस्था सिर्जना हुनुले मानिसलाइ गाउँ फर्क अभियान सिर्जना गरेको छ । कोरोना भाइरसको प्रभाब देखिनु आफैमा खराब भएपनी दु:खद र अप्ठ्यारो अवस्थामा आफ्नो मातृभुमी सम्झेर फर्किनु केहि हदसम्म सकारात्मक लिन सकिन्छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad