# भर्खरै
Namaste Icon
Ad
Ad

आनन्दकुटी आइसोलेशनलाई चु जी फाउण्डेशनको सहयोग

आनन्दकुटी आइसोलेशनलाई चु जी फाउण्डेशनको सहयोग

काठमाडाैं । चु जी फाउण्डेसन, ताइवान (TZU CHI FOUNDATION) ले आनन्दकुटी बिद्यापीठ, स्वयम्भुलाई ब्गतय Auto clave machine एक थान, X– ray machine एक थान, भ्ऋन् ECG machine एक थान हस्तान्तरण गरेको छ । फाउण्डेशनको तर्फबाट मैत्री महास्थवीर र मुकुन्द बिष्टले आनन्दकुटी आईशोलेसन सेन्टरलाई उक्त सामग्री हस्तान्तरण गरेको हो भने सेन्टरको तर्फबाट सांसद जीवन राम श्रेष्ठले ग्रहण गरेका हुन्।

५० बेड क्षमताको आइसोलेशन सेन्टरमा हाल २३ जना उपचारका क्रममा छन् भने २५ जना कोभिड १९ जितेर स्वास्थ्य लाभ गरी डिस्चार्ज भइसकेका छन् । काठमाडौं क्षेत्र नं ८ का सांसद जीवनराम श्रेष्ठको संरक्षकत्वमा काठमाडौं महानगरपालिका १५ वडा तथा स्थानियवासीको सहयोगमा संचालन भइरहेको यस अक्सिजनसहितको आइसोलेशनका लागि आनन्दकुटी बिद्यापीठले स्थान उपलब्ध गराएको छ । मोडेल हस्पिटल नर्सिङ्ग कलेजबाट मेडिकल टिमले २४ सै घण्टा डाक्टर, नर्सको सेवा प्रदान गरिरहेको छ भने X-Ray, ECG, कोभिड बिरामीको सम्पुर्ण परिवारलाई PCR टेस्टको ब्यवस्था पौष्टिक खाजाखाना लगायत सम्पूर्ण सुबिधाहरु निःशुल्क रुपमा प्रदान गर्दै आइरहेको छ ।

यस आइसोलेशनबाट स्वास्थ्य लाभ गरी घर फर्कनेहरुलाई अक्सिमिटर, थर्मोमिटर, सेनिटाइजर, मास्क, कोभिड बुकलेट तथा आवश्यक औषधीहरु निःशुल्क प्रदान गर्दै आएकोे भन्दै सांसद श्रेष्ठले फाउण्डेशनको निरन्तर साथ र सहयोगका लागि कृतज्ञ रहेको बताए। । यसअघि पनि यसै फाउण्डेशनलेले ५ थान यहथनभल अयलअभलतचबतयच तथा विभिन्न सामग्री सहयोग हस्तान्तरण गरिसकेको छ ।

 

 

Ad

सम्बन्धित समाचारहरु

विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता (नामसहित)

काठमाडाैं । सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ नीजि अस्पतालको प्रयोगशालाको परिक्षण रिपोर्टलाई मान्यता दिने भएको हो ।

कक्षा १२ को परीक्षा भदौमा

कक्षा १२ को परीक्षा भदौमा

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा फरक मोडालिटीमा गर्ने भएको छ । तर कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आई नसकेका कारण अबको केही समय स्थितिको मूल्याङ्कन गरेर परीक्षाबारे निर्णय गरिने बोर्डले जनाएको छ । परीक्षा गत वर्षभन्दा फरक मोडालिटीमा गर्न बोर्डले गृहकार्य समेत थालेको छ । बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले असारभर पर्ख र हेरकै अवस्थामा बोर्ड रहेको भन्दै त्यसपछि मात्र परीक्षाको तयारीका बारेमा छलफल थालिने जानकारी दिए। भदौसम्म परीक्षा हुने सम्भावना देखिएको र त्यो गत वर्षभन्दा फरक मोडालिटीमा हुने उनको भनाइ छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad