# भर्खरै
Namaste Icon
Ad
Ad

थारु चलचित्र ‘निपुत्र’ सार्वजनिक (भिडियाेसहित)

थारु चलचित्र ‘निपुत्र’ सार्वजनिक (भिडियाेसहित)

काठमाडौंँ । राजु राजदेव चौधरीले निर्देशन गरेको छोटो चलचित्र ‘निपुत्र’ सार्वजनिक भएको छ । चलचित्रमा थारु समाजमा एक निःसन्तान महिलाले भोगेको विषयलाई चित्रण गरिएको छ । निसन्तान महिलाले भोगिरहेको सामाजिक र पारिवारिक कथालाई चलचित्रमा उठान गरिएको छ । चलचित्रमा ऋषिका चौधरी, शोभानन्द चौधरी, आकाश बिक, आरके पाण्डे, एमडी आलम, शोभाकान्त चौधरी लगायतका कलाकारको अभिनय छ ।

राजु राजदेव चौधरीको कथा रहेको चलचित्रलाई लोकेन्द्रराज चौधरीले निर्माण गरेका हुन् । अनिल शाहको छायांंकन रहेको यस चलचित्रको सम्पादन निरज कुमार चौधरीले गरेका छन् । निर्देशक चौधरीले थारु समुदायमा जनचेतना फैल्याउने लक्ष्य राखेर थारु भाषामै चलचित्र निर्माण गरिएको बताए ।

Ad

सम्बन्धित समाचारहरु

नायिका काजल अग्रवाल आज ३६औं जन्मदिन मनाउँदै

नायिका काजल अग्रवाल आज ३६औं जन्मदिन मनाउँदै

साउथ चलचित्रदेखि बलिउडमा समेत लोकप्रियता हासिल गरिसकेकी नायिका काजल अग्रवाल आज आफ्नो ३६औं जन्मदिन मनाउँदैछिन् । काजलले गतबर्ष मात्र बिबाह गरेकी थिइन् । साउथदेखि बलिउड चलचित्रमा लोकप्रियता हासिल गरेकी यी नायिकाले करिअरको सुरुवात भने संघर्षपूर्ण तरिकाले गरेकी थिइन् ।

गायक आर के गोम्बाको 'ए गाँठे झ्याप्पै फसायो’ (भिडियो)

काठमाडौं । गायक आर के गोम्बाको 'ए गाँठे झ्याप्पै फसायो’ बोलको गीत बजारमा आएको छ । चक्र बमको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत आरके गोम्बा र मनु पुरिको आवाज रहेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad