# भर्खरै
Namaste Icon
Ad
Ad

पाकिस्तानमा रेल दुर्घटना, ३० जनाको मृत्यु

पाकिस्तानमा रेल दुर्घटना, ३० जनाको मृत्यु

काठमाडौं । पाकिस्तानमा सोमबार बिहान रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । कराँचीबाट सरगोधा जाँदै गरेको मिल्लत एक्सप्रेसको र रावलपिण्डीबाट कराँची जाँदै गरेको सैयद एक्सप्रेसको रेल सिन्ध प्रान्तको डहारकी क्षेत्रमा आपसमा ठोक्किएका हुन् । दुर्घटनास्थलमा उद्धारकार्य जारी छ । रेलका डिब्बामा फसेका यात्रुहरुलाई निकाल्ने प्रयास भइरहेको समाचार संस्था डनले जनाएको छ ।

Ad

सम्बन्धित समाचारहरु

भारतकाे उत्तर प्रदेशमा बस र अटो ठोक्किँदा १७ जनाको मृत्यु

काठमाडौं । भारत उत्तरप्रदेशको कानपुर–इलाहाबाद सडकखण्डमा बस र अटो ठोक्किंदा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर छ । भारतीय प्रहरीका आईजी मोहित अग्रवालले तीव्र गतिको बस कानपुरको सचेन्दी भन्ने ठाउँमा अटोसँग ठोक्किएर दुर्घटना भएको र १७ जनाको मृत्यु भएको जानकारी सामाचार एजेन्सी एएनआईले जनाएको छ ।

जम्मु-कश्मिरमा भाजपा नेता सोमनाथ पंडिताको गोली हानी हत्या

एजेन्सी । भारतको जम्मु-कश्मिरमा भारतीय जनता पार्टीका एक जना स्थानीय नेताको गोली हानी हत्या गरिएको छ । जम्मु-कश्मिरका प्रहरी प्रमुख विजयकुमारका अनुसार बुधबार राति भाजपा नेता तथा त्राल नगरका पार्षद राकेश सोमनाथ पंडितामाथि पुलवामामा गोली हानिएको थियो । उनी त्यतिबेला आफ्ना साथीसँग भेटघाट गरिरहेका थिए । तीन जना अज्ञात बन्दुकधारीले हानेको गोली लागेर घाइते भएका पंडिताको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । गोली लागेर उनकी साथीकी छोरी पनि घाइते भएकी छन् । गम्भीर अवस्थामा रहेकी उनको अस्पतालमा उपचार जारी छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad