# भर्खरै
Namaste Icon
Ad
Ad

कप्पल फोटो प्रतियोगिताको लागि दाङको संयोजकमा दुर्गाप्रसाद चौधरी

कप्पल फोटो प्रतियोगिताको लागि दाङको संयोजकमा दुर्गाप्रसाद चौधरी

काठमाडौं । फोटोग्राफीको क्षेत्रमा अग्रणी भुमिका खेल्दै आएको फोटो पसल प्रालिले १८२औं विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजना गर्न लागेको कप्पल फोटो प्रतियोगिताको लागि तयारी तिव्र पारेको छ । विभिन्न जिल्लाबाट संयोजक चयन तथा फाटो कलेक्सनको कार्य भइरहेको छ । यसैक्रममा दाङ जिल्लाबाट सत्य सार्इ डिजिटल ग्राफिक फोटो स्टुडियो एवं फ्रेमिङ्ग सेन्टरका सञ्चालक तथा फोटोग्राफर दुर्गा प्रसाद चौधरीलार्इ जील्ला संयोजक चयन गरेको छ ।

१८२औं विश्व फोटोग्राफी दिवस अर्थात आगामी भाद्र ३ गतेलाइ मध्ये नजर गरेर फोटोग्राफरहरूलाइ हौसाउन फोटो पसलले आयोजना गरेको कप्पल फोटो प्रतियोगितामा दाङ्ग जील्लाबाट  सत्य साइ डिजिटल ग्राफिक फोटो स्टुडियो एवं फ्रेमिङ्ग सेन्टर का संञ्चालक तथा फोटोग्राफर दुर्गा प्रसाद चौधरीलाइ जील्ला संयोजक चयन गरेको छ । विगत लामो समयदेखि फोटोग्रफीमा सक्रिय रुपमा लागेका चौधरी सन २०१७ देखि जिल्ला फोटोग्राफर संघ दाङमा आवद्ध छन । संयोजक चौधरीले विश्व फोटोदिवसमा फोटो पठाउनको लागि सवैमा अनुरोध गरे ।

सत्य साइ डिजिटल ग्राफिक फोटो स्टुडियो एवं फ्रेमिङ्ग सेन्टर का संञ्चालक तथा फोटोग्राफर दुर्गा प्रसाद चौधरी

 

फोटोग्राफर चौधरीले यो प्रतियोगिता तथा अरु समयमा पनि महत्वपूर्ण खेल्ने विश्वास रहेको प्रतियोगिता मुल आयोजक समितिका संयोजक तथा फोटो पसलका निर्देशक हरि पाण्डेले बताए । उनले भने, ‘आगामी दिनमा फोटो पसलललाई उहाँजस्ता जुझारु फोटो ग्राफरहरुको खाँचो रहेको छ । हामी देशभरबाट जिल्ला संयोजक चयन गरेर वयावसयिक फोटोग्राफीमा जोड दिने छौं ।’

हरि पाण्डेले आफूले खिचेको डिजिटल फोटो फोटो पसलको वेवसाइड https://www.photopasal.com/award मा गइ नियम पढेर त्यसै भित्र रहेको मेल मार्फत प्रतियोगिको आफ्नो सामान्य जानकारि पठाएर सहभागी हुन पाउने बताए । उनले भने, ‘यो निशुल्क नै हुनेछ, भने यस प्रतियोगितामा दक्षिण नेपाल, अमेरिका र भारतबाट वरिष्ठ फोटोग्राफरहरूको निर्णायक मण्डल चयन गरिएको छ ।’

मुल आयोजक समितिका संयोजक तथा फोटो पसलका निर्देशक हरि पाण्डे

 

यस्तो प्रतियोगीताले फोटोग्राफिको क्षमता विकास गर्दै अन्तराष्ट्यि रूपमा नेपाली फोटोग्राफरको पहिचान समेत गराउने लक्ष्य लिएको पाण्डेले बताए । उनले भने, ‘यस प्रतियोगिताले व्यवसायी फोटोग्राफरलाइ मात्र नभएर समग्र फोटो उपभोक्तालाइ पनि फाइदा मिल्नेमा दुइ मत छैन ।’

Ad

सम्बन्धित समाचारहरु

जलमग्न बागलुङ बजार

जलमग्न बागलुङ बजार

निरन्तरको वर्षापछि जलमग्न भएको बागलुङ बजार । बागलुङ बजार माथिको हाडेपाखा, शिवधाराचोक तथा रातामाटाको पानीको भल सोझै बागलुङ बजारमा आउँदा जलमग्न भएको हो । तस्वीर : खेमराज गौतम, रासस

साना तथा मझौला व्यवसाय लक्षित कर्जा बारे अन्र्तक्रिया सम्पन्न  ?,  फोटो व्यावसायीले पनि ऋण पाउछन ? (हेर्नुहोस भिडियो)

काठमाडौं । फोटो पसलले साना तथा मझौला व्यवसायीलाई लक्षित सरकारको कर्जा नीतिको विषयमा अन्र्तक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक राजन विक्रम थापा र राष्ट्रिय वाणिज्य बैंकका अपरेसन हेड सरोज बस्नेतले सहुलियत कर्जा तथा साना व्यावसायीले पाउने कर्जाको विषयमा जानकारी दिए । फोटो पसलका अध्यक्ष योगेन्द्रजंग बस्नेत सहजीकरण गरेको कार्यक्रममा बैंक तथा वित्तिय संस्थाले प्रवाह गर्न सक्ने ऋण र ऋण दिनसक्ने आधारहरु तथा नीतिको विषयमा छलफल तथा जानकारी दिइएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad