# भर्खरै
Namaste Icon
Ad
Ad

जोर्डनसँग नेपाल पराजित

जोर्डनसँग नेपाल पराजित

काठमाडाैं । विश्वकप तथा एसियन कप छनोटको खेलमा जोर्डनसँग नेपाली राष्ट्रिय फुटबल टोली ३–० ले पराजित भएको छ । कुवेतमा भएको एकपक्षीय खेलमा जोर्डनले खेलको २४औ मिनेटमा सुरुवाती अग्रता बनाएको थियो । नेपालका रोहित चन्दले जोर्डनका मौसा मोहमद सुलेमानलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो ।

जसलाई फैजलले सदुपयोग गर्दै टिमलाई अग्रता दिलाए। पहिलो हाफमा १–० ले पछि परेको टोलीले दोश्रो हाफमा थप २ गोल व्यर्होन पुग्यो। ४९ औ मिनेटमा फैजलले अग्रता दोब्बर बनाए । नेपाली डिफेन्डर अनन्त तामाङले जोर्डनी खेलाडीलाई फाउल गरेपछि पाएको फ्रिकिक गोलरक्षक किरणलाई बिट गर्दै गोल भएको थियो। ६८ औं मिनेटमा जोर्डनले ३–० को अग्रता लियो ।

दायाँ विंगबाट आएको क्रसलाई याजान अलअरबले सहजै हेडरमार्फत गोल गरेका थिए। यस जितसँगै जोर्डनको ६ खेलमा १३ अंक जोडदै दोश्रो स्थानमा उक्लिएको छ । समान खेलमा १० अंक सहित कुवेत तेस्रो स्थानमा छ । आज हुने अर्को खेलमा ५ खेलमा १५ अंकसहित शीर्षस्थानमा रहेको अष्ट्रेलियाले अंकविहिन चाइनिज ताइपेइसँग खेल्नेछ । नेपाल ६ अंकसहित चौथो स्थानमा नै छ ।

नेपालले अब एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने हो भने कम्तिमा अष्ट्रेलिया विरुद्ध जित निकाल्दै समुहका अन्य टोलीको नतिजा पर्खनुपर्ने हुन्छ। हार बेहोरे पनि नेपालले प्लेअफको बाटोबाट एसियन कप छनोटमा स्थान बनाउन भने सक्नेछ । नेपालले अब अर्को खेलमा शुक्रबार अष्ट्रेलियाको सामना गर्नेछ। खेल नेपाली समयअनुसार रातको ९ः४५ सुरु हुनेछ ।

Ad

सम्बन्धित समाचारहरु

आजबाट ५ दिन मनाईदैं ओलम्पिक डे, खेलकुद मन्त्री गरे उद्घाटन

काठमाडाैं । आधुनिक ओलम्पिक गतिबिधीको जन्मदिनलाई सम्झना गर्दै ओलम्पिक संग आवद्ध बिश्वभरिका राष्ट्रहरुले बिविध कार्यक्रमको आयोजना गर्दै मनाईने कार्यक्रम ओलम्पिक डेको नेपालमा पनि आजबाट ५ दिन मनाईने भएको छ । उक्त कार्यक्रमको युवा तथा खेलकुद मन्त्री एकवाल मियाँले आज एक कार्यक्रमका विच नेपाल ओलम्पिकको सातदोवाटोस्थित कार्यालयमा नेपालको झण्डोत्तोलनका साथ पानसमा दीप प्रज्वलन गरि उद्घाटन गरे । यस्तै नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिकको झण्डोत्तोलन गरे ।

उरुग्वेलाई १–० ले पराजित गर्दै अर्जेन्टिना शीर्षस्थानमा

एजेन्सी । दक्षिण अमेरिकी कोपा अमेरिका कपमा उपाधि दावेदार अर्जेन्टिनाले समूह चरणमा पहिलो जित निकालेको छ । अर्जेन्टिनाले अर्काे उपाधि दावेदार उरुग्वेलाई १–० ले पराजित गरेको हो । ब्रासिलियामा शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाको जितमा गुइडो रोड्रिग्वेजले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । १३औं मिनेटमा गुइडो रोड्रिग्वेजले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाए । रोड्रिगो डि पउलको छोटो कर्नर किकमा मेस्सीले एक डिफेन्डरलाई बिट गर्दै दिएको क्रसलाई रोड्रिग्वेजले गरेको हेडर फार पोस्टको बारमा लाग्दै गोलमा परिणत भएको थियो । उनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । २७ वर्षीय रोड्रिग्वेजले अर्जेन्टिनाका लागि २०१७ देखि ११ खेल खेलेका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad