# भर्खरै
Namaste Icon
Ad
Ad

चलचित्र ‘सीता’ का लागि  करिनाले मागिन् १२ करोड

चलचित्र ‘सीता’ का लागि  करिनाले मागिन् १२ करोड

मुम्बई । बलिउड अभिनेत्री करिना कपुरले चलचित्र ‘सीता’ का लागि भने १२ करोड पारिश्रमिक मागेकी छन् । चलचित्रको कथा पढेपछि उत्साहित भएकी उनले ‘रामायण’ की सीताको जीवनसँग प्रभावित करिनाका लागि यो भूमिका विशेष छ । यसैले पनि करिअर अझै पनि उचाइ रहेकी दुई सन्तानकी आमा करिनाको माग बलिउड उस्तै छ । अहिले पनि उनी निर्माताको पहिलो रोजाइमा पर्छिन् । उनले दर्जनौं चर्चित चलचित्रमा काम गरिसकेकी छन् । दोस्रो सन्तानलाई जन्म दिएपछि अभिनेत्री करिना अब ‘विरे दि विडिङ’ र हन्सल मेहत्ताको चलचित्रमा काम गर्ने तयारीमा जुटेकी छन् । यसैबीच करिनालाई चलचित्र ‘सीता’ मा काम गर्ने अफर आएको हो ।


यस चलचित्रका लागि उनले ८ देखि १० महिनाको समय छुट्याउनुपर्छ । साथै यो चलचित्रको कथाले आफूलाई तानेको करिनाले जिकिर गरेकी छन् । उनले यो चलचित्रमा काम गर्नका लागि महँगो रकम मागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । हुनत् उनले प्रायः चलचित्रबाट ६ देखि ८ करोड रुपैयाँ पारिश्रमिक लिँदै आएकी थिइन् । तर यस चलचित्रमा अभिनेत्री करिनाले १२ करोड पारिश्रमिक मागेको खबर बाहिरिएको छ । उनले महँगो पारिश्रमिक माग गरेपछि निर्माण पक्षले निर्णय दिन सकेको छैन । उनीहरुको पहिलो रोजाइ करिना भए पनि यस भूमिकाका लागि अन्य अभिनेत्रीसँग कुराकानी गरिरहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । तर, करिनाले महँगो पारिश्रमिक मागेपछि निर्माता समस्यामा परेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

नायिका काजल अग्रवाल आज ३६औं जन्मदिन मनाउँदै

नायिका काजल अग्रवाल आज ३६औं जन्मदिन मनाउँदै

साउथ चलचित्रदेखि बलिउडमा समेत लोकप्रियता हासिल गरिसकेकी नायिका काजल अग्रवाल आज आफ्नो ३६औं जन्मदिन मनाउँदैछिन् । काजलले गतबर्ष मात्र बिबाह गरेकी थिइन् । साउथदेखि बलिउड चलचित्रमा लोकप्रियता हासिल गरेकी यी नायिकाले करिअरको सुरुवात भने संघर्षपूर्ण तरिकाले गरेकी थिइन् ।

गायक आर के गोम्बाको 'ए गाँठे झ्याप्पै फसायो’ (भिडियो)

काठमाडौं । गायक आर के गोम्बाको 'ए गाँठे झ्याप्पै फसायो’ बोलको गीत बजारमा आएको छ । चक्र बमको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत आरके गोम्बा र मनु पुरिको आवाज रहेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad