# भर्खरै
Namaste Icon
Ad
Ad

बाग्मतीमा जन्मियो वाग्मिता साहित्य प्रतिष्ठान

बाग्मतीमा जन्मियो वाग्मिता साहित्य प्रतिष्ठान

ललितपुर। भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकाससम्बन्धी स्थानीयस्तरको नीति, कानुन, मापदण्ड निर्माण र योजना कार्यान्वयन र नियमन, पुरातत्व, प्राचीन स्मारक र सङ्ग्रहालयको संरक्षण स्थानीय तहबाटै हुने व्यवस्था स्थानीय तह सन्चालन ऐनमा उल्लेख गरिएबमोजिम ललितपुरको बाग्मती गाउँपालिका साहित्य सम्बन्धी काम गर्न पालिका भित्रका प्रतिनिधिमूलक साहित्यकर्मीको उपस्तिथिमा वाग्मिता साहित्य प्रतिष्ठान गठन गरिएको छ।

वाग्मती गाउँपालिका ललितपुर भित्र साहित्य ,भाषामा आगामी यात्रा तय गर्न प्रारम्भिक छलफल सुरु गरी आगामी तीन महिना भित्र वृहत् साहित्यकार भेला गर्न वाग्मती गीतका रचनाकार एवं गजलकार नवराज सञ्जेलको अध्यक्षतामा वाग्मिता साहित्य प्रतिष्ठान तदर्थ समिति गठन गरिएको हो।प्रतिष्ठानमा पालिका अध्यक्ष वीरबहादुर लोप्चन,उपाध्यक्ष रन्जना घिमिरे प्रमुख पदेन सल्लाहकार तथा सामाजिक विकास समिति संयोजक विजयकुमार लो र अग्रज साहित्यकार गोपाल सञ्जेल सल्लाहकार रहेका छन् ।

प्रतिष्ठानमा गिम्दीका कृष्ण बल उपाध्यक्ष ,वाग्मती शिक्षामा कार्यरत रोशन दाहाल सचिव ,गजलकार नवीन तिमल्सिना सहसचिव ,प्युटारका सिकारु राम कोषाध्यक्ष रहेका छन् भने कार्यसमिति सदस्यहरुमा अर्जुन दाहाल मिलन,शकुन्तला धिमाल ,बिशाल दुलाल,सन्तोष दाहाल ,बुद्धराम थिङ ,वसन्ती थापा ,अन्जना दाहाल , बाबुलाल स्याङ्तान चयन भएका छन् ।प्रतिष्ठानले वाग्मती भित्रका साहित्य कलालाई अगाडि बढाउने छ।साथै सम्पूर्ण वाग्मतीका साहित्यकारलाई आगामी दिन सदस्यता आह्वान गरि साधारण सभा गरिने अध्यक्ष सञ्जेलले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित समाचारहरु

श्रीमान ह्यारी र दुई वर्षीय छोरा आर्चीप्रति समर्पण गरिएको  मेगनकाे पुस्तक ‘द बेन्च’

न्युयोर्क । मेगन मर्केलद्वारा लिखित पुस्तक ‘द बेन्च’ सार्वजनिक भएको छ । मेगनको पहिलो पुस्तक बालबालिकाका लागि निकै उपयोगी हुने बताइएको छ । अमेरिकी साप्ताहिक पत्रिका पिपल म्यागजिनका अनुसार मेगनको पुस्तक चित्र रहेको छ । पुस्तकमा कलाकार क्रिस्टिन रोबिन्सनले चित्र बनाएका छन् ।

कविता - यसरी त तिमीले मलाइ चिन्नै सक्तैनौ

कविता - यसरी त तिमीले मलाइ चिन्नै सक्तैनौ

यसरी त तिमीले मलाइ चिन्नै सक्तैनौमैले तिमीलाइ हेरीरहन पनि त मसित समय छैन तिमी मतिर हेर्दा पनिमैले मुखरी लाएको हुन्छु आफ्ना नमिलेका दातहरु र कालो ओठलाइ छोपेको हुन्छु

Ad

प्रतिक्रिया दिनुहोस

Ad