# भर्खरै
Namaste Icon
Ad
Ad

८ जिबी र्‍याम र १२८ जिबी स्टोरेज भएको रियलमी–८ बजारमा, मुल्य कति ?

८ जिबी र्‍याम र १२८ जिबी स्टोरेज भएको रियलमी–८ बजारमा, मुल्य कति ?

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड रियलमीले रियलमी–८ सार्वजनिक गरेको छ । यो सिरिज कम्पनीको मध्यम श्रेणी अन्तर्गत पर्दछ। रियलमी–८ को मुख्य क्यामराको ६४ एमपीको छ। त्यस्तै, ८ एमपीको वाइड एङ्गगल, २ एमपी म्याक्रो र २ एमपी डेप्थ लेन्स दिइएको छ । फोनमा १६ एमपी सेल्फ क्यामरा छ। सेल्फी प्रोट्रेट क्यामेरामा एआई ब्युटि, प्रोट्रेट मोड र सुपर नाइटस्केप मोड छन्।

यसमा भएको दोहोरो दृश्य भिडियो फिचरले प्रयोगकर्ताका लागि रमाइलो र आकर्षक भिडियो लिन सहयोग गर्छ । फोनमा ६.४ इन्च सुपर एमोलेड डिस्प्ले दिइएको छ। त्यस्तै, ५ हजार एमएएच ब्याट्रीका साथ ३० वाट फास्ट चार्ज सुविधा दिइएको छ ।

यसले ब्याट्रीलाई मात्र ६५ मिनेटमा पूर्ण रुपले चार्ज गर्न सघाउँछ । यसको ब्याट्री ४० दिन स्ट्यान्डवाइमा र निरन्तर खेल खेल्दा १० घण्टा सम्म टिक्ने कम्पनीले बताएको छ ।

यसमा रहेको सुपर पावर सेभिङ्ग मोडले ५ प्रतिशत मात्र रहँदा पनि २ दिनसम्म टिकाउन सक्छ। रियलमी–८ मा विभिन्न एप जस्तैः क्विक फ्रिज, स्लिप स्ट्यान्डवाइ अप्टिमाइजेसन र अन्य ब्याट्री अप्टिमाइजेसन फिचर्सहरु छन् । यो ८ जिबी र्‍याम र १२८ जिबी स्टोरेजमा उपलब्ध छ। यसको बजार मूल्य ३५ हजार ९ सय ९० छ।

Ad

सम्बन्धित समाचारहरु

टिकटकमा थपियाे नयाँ फिचर

टिकटकमा थपियाे नयाँ फिचर

काठमाडौं । चिनियाँ भिडियो एप टिकटकमा अब तीन मिनेटको भिडियो अपलोड गर्न सकिने भएको छ । १५ सेकेन्डको भिडियो अपलोड गर्न मिल्ने गरी सुरु भएको एपमा ६० सेकेण्ड हुँदै ३ मिनेटसम्मको भिडियो अपलोड गर्न सक्ने नयाँ फिचर ल्याएको छ । संसारभर पछिल्लो समय लोकप्रिय हुँदै गएको यो एप नेपालमा पनि लोकप्रिय छ ।

टेलिकमले ल्यायाे ‘एफटिटिएच डबल मज्जा अफर’

टेलिकमले ल्यायाे ‘एफटिटिएच डबल मज्जा अफर’

काठमाडाैं । नेपाल टेलिकमले ‘एफटिटिएच डबल मज्जा अफर’ सार्वजनिक गरेको छ । घरमा पनि इन्टरनेट, मोबाइलमा पनि इन्टरनेट नारासहित एफटिटिएच डबल मज्जा अफर ल्याइएको हो । यस अफर अन्तर्गत वार्षिक १३ हजार रूपैयाँमा २० एमबीपीएस वा सोभन्दा बढीको एफटिटिएच सेवा लिई आफ्नो मोबाइलमा हरेक दिन ३०० एमबी डेटा निःशुल्कपाउन सकिने छ । एफटिटिएच सेवा लिँदा राउटर निःशुल्क पाइने छ भने १०० मिटर ड्रप फाइबर पनि निःशुल्क पाइने छ । मोबाइलमा निःशुल्क डेटा पाउन एफटिटिएचको सेवा लिँदा आफ्नो मोबाइल नम्बर रजिष्टर गर्नुपर्ने हुन्छ । टेलिकमको यो योजना आउँदो असारसम्म मात्रै लागु हुनेछ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad