# भर्खरै
Namaste Icon
Ad
Ad

ललितपुरका ५ स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेसर र मेडिकल सामग्री प्रदान

ललितपुरका ५ स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेसर र मेडिकल सामग्री प्रदान


ललितपुर। साविक शैंबु गाविसका अध्यक्ष तथा समाजसेवी श्री अमृत खडकाले आफ्नो जन्मदिनको अवसरमा आफ्नै कल्पना क्र्याफ्टको तर्फबाट गोदावरी नगरपालिकाको बज्रबाराही चापागाउँ अस्पताल सहित जिल्लाका ५ स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेसर सहित मास्क,ग्लोब्स लगायतका मेडिकल सामग्रीहरु प्रदान गरेका छन् ।

मंगलबार बाग्मती प्रदेश सांसद चेतनाथ सञ्जेल , बज्रबाराही चापागाउँ अस्पतालका अध्यक्ष चरसुन्दर महर्जन, निमित्त मेडिकल सुपरिटेन्डेन्ट हिरा बहादुर कार्की लगायतको उपस्थितिमा बज्रबाराही अस्पताललाई सो सामग्रीहरु उपलब्ध गराईएको हो । अन्य ४ थान उपकरणहरु बाग्मती गाउँपालिकाको भट्टेडाँडा स्वास्थ्य केन्द्र,प्युटारमा निर्मित गाउँपालिका स्तरीय अस्पताल,आश्राङ स्वास्थ्य चौकी तथा गिम्दी स्वास्थ्य केन्द्रमा पठाईनेछ ।

सामग्री ग्रहण गर्दै डाक्टर कार्कीले दातालाई धन्यवाद ज्ञापन गर्दै कोभिड महामारीको समयमा बिरामीको सेवाका लागि यो सहयोग महत्त्वपूर्ण हुने बताए। अस्पतालमा हालसम्म ४७ जना कोरोना संक्रमितलाई भर्ना गरी उपचार गरिएको र हाल २ जना मात्र रहेको भन्दै उनले गम्भीर र भेन्टिलेटर आवश्यक भएका बिरामीलाई अन्यत्र रिफर गर्ने गरिएको बताए। यद्यपि महामारीको समयमा अन्य प्रकृतिका बिरामीलाई भने अस्पताल बाट सेवा दिन गाह्रो भएको उनको भनाई छ।

बज्रबाराही चापागाउँ अस्पताललाई गत वर्षबाट बागमती प्रदेश सरकारले प्रदेश मातहतको जिल्ला अस्पतालको रुपमा घोषणा गरेको थियो। हाल कोरोना संक्रमण भयावह भएसंगै यस अस्पतालमा सेवा लिन आउने बिरामीको लागि पनि प्रदेश सांसद चेतनाथ संजेलको पहलमै प्रदेश सरकारबाट तत्काल १ करोड विनियोजन गरी आवश्यक स्वास्थ्य उपकरण खरिद गरी आइसोलेसन वार्ड संचालन गरिएको थियो। यससंगै अस्पतालमा उच्च सुविधासम्पन्न २० एचडीयु बेड कोभिड संक्रमित बिरामीको लागि संचालित छन् भने अस्पतालले संक्रमितलाई नि:शुल्क रुपमा उपचार सेवा दिएको छ।

Ad

सम्बन्धित समाचारहरु

विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता (नामसहित)

काठमाडाैं । सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ नीजि अस्पतालको प्रयोगशालाको परिक्षण रिपोर्टलाई मान्यता दिने भएको हो ।

कक्षा १२ को परीक्षा भदौमा

कक्षा १२ को परीक्षा भदौमा

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा फरक मोडालिटीमा गर्ने भएको छ । तर कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आई नसकेका कारण अबको केही समय स्थितिको मूल्याङ्कन गरेर परीक्षाबारे निर्णय गरिने बोर्डले जनाएको छ । परीक्षा गत वर्षभन्दा फरक मोडालिटीमा गर्न बोर्डले गृहकार्य समेत थालेको छ । बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले असारभर पर्ख र हेरकै अवस्थामा बोर्ड रहेको भन्दै त्यसपछि मात्र परीक्षाको तयारीका बारेमा छलफल थालिने जानकारी दिए। भदौसम्म परीक्षा हुने सम्भावना देखिएको र त्यो गत वर्षभन्दा फरक मोडालिटीमा हुने उनको भनाइ छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad