# भर्खरै
Namaste Icon
Ad
Ad

कप्पल फोटो प्रतियोगिताको लागि गुल्मिको संयोजकमा सुजन न्यौपाने

कप्पल फोटो प्रतियोगिताको लागि गुल्मिको संयोजकमा सुजन न्यौपाने

काठमाडौं । १८२औं विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजना गर्न लागेको कप्पल फोटो प्रतियोगिताको लागि गुल्मि जिल्लाको संयोजकमा सुजन न्यौपाने चयन भएका छन । फोटोग्राफीको क्षेत्रमा अग्रणी भुमिका खेल्दै आएको फोटो पसल प्रालिले आयोजना गर्न लागेको उक्त प्रतियोगिताको लागि ए वान एचडि डिजिटल स्टुडियो कका सञ्चालक तथा स्थानीय पत्रकार सुजन न्यौपाने चयन भएका हुन ।

विद्यालय जीवन देखि नै फोटोग्राफीमा रूचि राख्ने सुजन हाल मिहेनेती फोटोग्राफरको रुपमा चिनिदै आएका छन । फोटोग्राफीको विषयमा चाख पूर्वक जान्ने इच्छन राख्ने न्यौपानेले गत वर्ष आयोजना गरिएको कोभिड १९ प्रतियोगितामा पनि प्रत्यक्ष सहभागी जनाएका थिए ।

सुजनले फोटो पसलको स्वरोजगार मुलक अनलाइ फोटोग्राफी कक्षामा पनि पूर्ण सहभागिता जनाएको फोटो पसलले जानकारी दिएको छ । उनले भने, ‘विश्व फोटो दिवसको अवसरमा हुने प्रतियोगिता एवं यस कार्यक्रमको प्रचार प्रसारमा सहयोग गर्न लगाएत गुल्मि जिल्लाका फोटोग्राफरहरूको समस्या, सम्मान एवं सीपमा टेवा पुर्याउन काम गर्ने छु ।’

प्रतियोगिता मुल आयोजक समितिका संयोजक तथा फोटो पसलका निर्देशक हरि पाण्डेले आगामी दिनमा फोटो पसलललाई उहाँजस्ता जुझारु फोटो ग्राफरहरुको खाँचो रहेको बताए । उनले देशभरबाट जिल्ला संयोजक चयन गरेर वयावसयिक फोटोग्राफीमा जोड दिने जानकारी गराए ।

पाण्डेले आफूले खिचेको डिजिटल फोटो फोटो पसलको वेवसाइड https://www.photopasal.com/award मा गइ नियम पढेर त्यसै भित्र रहेको मेल मार्फत प्रतियोगिको आफ्नो सामान्य जानकारि पठाएर सहभागी हुन पाउने बताए । उनले भने, ‘यो निशुल्क नै हुनेछ, भने यस प्रतियोगितामा दक्षिण नेपाल, अमेरिका र भारतबाट वरिष्ठ फोटोग्राफरहरूको निर्णायक मण्डल चयन गरिएको छ ।’

Ad

सम्बन्धित समाचारहरु

जलमग्न बागलुङ बजार

जलमग्न बागलुङ बजार

निरन्तरको वर्षापछि जलमग्न भएको बागलुङ बजार । बागलुङ बजार माथिको हाडेपाखा, शिवधाराचोक तथा रातामाटाको पानीको भल सोझै बागलुङ बजारमा आउँदा जलमग्न भएको हो । तस्वीर : खेमराज गौतम, रासस

साना तथा मझौला व्यवसाय लक्षित कर्जा बारे अन्र्तक्रिया सम्पन्न  ?,  फोटो व्यावसायीले पनि ऋण पाउछन ? (हेर्नुहोस भिडियो)

काठमाडौं । फोटो पसलले साना तथा मझौला व्यवसायीलाई लक्षित सरकारको कर्जा नीतिको विषयमा अन्र्तक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक राजन विक्रम थापा र राष्ट्रिय वाणिज्य बैंकका अपरेसन हेड सरोज बस्नेतले सहुलियत कर्जा तथा साना व्यावसायीले पाउने कर्जाको विषयमा जानकारी दिए । फोटो पसलका अध्यक्ष योगेन्द्रजंग बस्नेत सहजीकरण गरेको कार्यक्रममा बैंक तथा वित्तिय संस्थाले प्रवाह गर्न सक्ने ऋण र ऋण दिनसक्ने आधारहरु तथा नीतिको विषयमा छलफल तथा जानकारी दिइएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad