# भर्खरै
Namaste Icon
Ad
Ad

'म सबैभन्दा बढी कर तिर्ने अभिनेत्री हुँ'

'म सबैभन्दा बढी कर तिर्ने अभिनेत्री हुँ'

मुम्बई । बलिउड अभिनेत्री कंगना रनौतले आफू भारतमा सबैभन्दा बढी कर तिर्ने अभिनेत्री भएको दाबी गरेकी छिन् । तर, पछिल्लो समय कर तिर्न नसकेको दुखेसो पनि पोखेकी छिन् । अघिल्लो आधा वर्षदेखिको कर तिर्न कंगना असमर्थ रहेको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ । यद्यपि, बाँकी करमा सरकारले ब्याज लगाए पनि कुनै आपत्ति नभएको उनले बताएकी छिन् ।

इन्स्टाग्राम स्टोरीमा कंगना लेख्छिन्, ‘म मेरो कमाइको अधिकतम ४५ प्रतिशत कर तिर्छु र म सबैभन्दा धेरै कर तिर्ने अभिनेत्री हुँ । तर, कामहरु ठप्प भएका कारण गत वर्षको आधा कर तिर्न सकिरहेको छैन । मेरो जीवनमा पहिलोपटक यस्तो भएको छ ।'

कंगना अगाडि लेख्छिन्, ‘कर तिर्न म ढिला भइसकेँ, तर सरकारले मेरो बाँकी करमा ब्याज लिइरहेको छ, यो कदमलाई पनि म स्वागत गर्दछु ।’ कंगना बायोपिक चलचित्र ‘थालावी’ रिलिजको प्रतीक्षामा छिन् । यसका साथै ‘तेजस’, ‘मणिकर्णिका रिटन्स ः द लिजेन्ड अफ डिडा’ र ‘धाकड’लगायत चलचित्र उनको पेन्डिङ लिस्टमा छन् ।

Ad

सम्बन्धित समाचारहरु

नायिका काजल अग्रवाल आज ३६औं जन्मदिन मनाउँदै

नायिका काजल अग्रवाल आज ३६औं जन्मदिन मनाउँदै

साउथ चलचित्रदेखि बलिउडमा समेत लोकप्रियता हासिल गरिसकेकी नायिका काजल अग्रवाल आज आफ्नो ३६औं जन्मदिन मनाउँदैछिन् । काजलले गतबर्ष मात्र बिबाह गरेकी थिइन् । साउथदेखि बलिउड चलचित्रमा लोकप्रियता हासिल गरेकी यी नायिकाले करिअरको सुरुवात भने संघर्षपूर्ण तरिकाले गरेकी थिइन् ।

गायक आर के गोम्बाको 'ए गाँठे झ्याप्पै फसायो’ (भिडियो)

काठमाडौं । गायक आर के गोम्बाको 'ए गाँठे झ्याप्पै फसायो’ बोलको गीत बजारमा आएको छ । चक्र बमको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत आरके गोम्बा र मनु पुरिको आवाज रहेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad