# भर्खरै
Namaste Icon
Ad
Ad

कप्पल फोटो प्रतियोगितामा सहभागी हुन चितवन फोटोग्राफर संघको अपिल

कप्पल फोटो प्रतियोगितामा सहभागी हुन चितवन फोटोग्राफर संघको अपिल

काठमाडौं । १८२औं विश्व फोटो दिवसलाइ केन्द्रित गरि फोटो पसलले गरेको कप्पल फोटो प्रतियोगितामा सहभागी हुन चितवन फोटोग्राफर संघले अपिल गरेको छ । कप्पल फोटो प्रतियोगितामा भाग लिएर आफ्नो प्रतिभा देखाउदै आफ्नो सीप श्रृजनालाइ परिस्कृत गर्न संघको पेज मार्फत अपिल गरिएको छ । बि.सं २०३७ सालमा स्थापना भएको चितवन फोटोग्राफर संघ नेपालको एक पुरानो संघ हो । संघले आफ्नो जिल्लाका फोटोग्राफरको हक हितमा धेरै रचनात्मक काम गरेर गरिसको छ । संघले आफ्ना सदस्यहरूलाइ सीप बिकासमा समयानुकुल लागिपर्ने चितवन फोटोग्राफर संघका अध्यक्ष लक्ष्मण गुरूङ्गले जानकारी दिए।

चितवन फोटोग्राफर संघका अध्यक्ष लक्ष्मण गुरूङ्ग

 

विश्व फोटो दिवसलाइ केन्द्रित गरि फोटो पसलले आयोजना गरेको कप्पल फोटो प्रतियोगितामा भाग लिएर आफ्नो प्रतिभा देखाउदै आफ्नो सीप श्रृजनालाई परिस्कृत गर्ने सुवर्ण अवसरको सहि सदुपयोग होस भनि संघको आधिकारीक पेज मार्फत अपिल गरिएको चितवन फोटोग्राफर संघका सचिव कृष्णप्रसाद सापकोटाले जानकारी दिए । व्यवसायी फोटोग्राफर बीच भावनात्मक सम्वन्ध बलियो बनाउदै लगेको चितवन फोटोग्राफर संघले, अवलोकन भ्रमण, वनभोज, सिपमुलक तालिम एवं संधको वार्षिक क्यालेन्डर प्रकाशित लगाएत विभिद कार्यक्रम गर्दै आइरहेको छ ।

कप्पल फोटो प्रतियोगिता २०२१ मा सहभागी हुन सबै फोटोग्राफरलाइ फोटोपसलको वेभसाइड  https://www.photopasal.com/award मा गएर एक फोटोग्राफरले २ वटा फोटो पठाएर फोटोग्राफरको सम्मान कार्यक्रममा लाग्न अपिल पनि अपिल गरिएको छ।

 चितवन फोटोग्राफर संघका कोषाध्यक्ष तथा कप्पल फोटो प्रतियोगिताको जिल्ला संयोजक  बिपिन खतिवडा

 

प्रतियोगिताको जिल्ला संयोजकको रूपमा चितवन फोटोग्राफर संघका कोषाध्यक्ष बिपिन खतिवडालाई चयन गरिएकोमा संघ निक्कै खुसि भएको बताइएको छ । उनको भुमिकाले समग्र फोटोग्राफरलाइ उकास्न थप योगदान पुग्ने भन्दै सबैलाइ प्रतियोगितामा हातेमालो गर्ने आफ्नो स्थानबाट लाग्न प्रेरणा दायि भुमिका निभाउदै अगाडि संघले अनुरोध गरेको छ । संघको ३८औं साधारण सभा तथा १३औं अधिवेशनबाट अध्यक्ष लक्ष्मण गुरूङ्ग, उपाध्यक्ष हरिचन्द्र पन्त, सचिव कृष्णप्रसाद सापकोटा, कोषाध्यक्ष बिपिन खतिवडा, सह–सचिवमा निरञ्जन भण्डारि चयन भएका थिए ।

Ad

सम्बन्धित समाचारहरु

जलमग्न बागलुङ बजार

जलमग्न बागलुङ बजार

निरन्तरको वर्षापछि जलमग्न भएको बागलुङ बजार । बागलुङ बजार माथिको हाडेपाखा, शिवधाराचोक तथा रातामाटाको पानीको भल सोझै बागलुङ बजारमा आउँदा जलमग्न भएको हो । तस्वीर : खेमराज गौतम, रासस

साना तथा मझौला व्यवसाय लक्षित कर्जा बारे अन्र्तक्रिया सम्पन्न  ?,  फोटो व्यावसायीले पनि ऋण पाउछन ? (हेर्नुहोस भिडियो)

काठमाडौं । फोटो पसलले साना तथा मझौला व्यवसायीलाई लक्षित सरकारको कर्जा नीतिको विषयमा अन्र्तक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक राजन विक्रम थापा र राष्ट्रिय वाणिज्य बैंकका अपरेसन हेड सरोज बस्नेतले सहुलियत कर्जा तथा साना व्यावसायीले पाउने कर्जाको विषयमा जानकारी दिए । फोटो पसलका अध्यक्ष योगेन्द्रजंग बस्नेत सहजीकरण गरेको कार्यक्रममा बैंक तथा वित्तिय संस्थाले प्रवाह गर्न सक्ने ऋण र ऋण दिनसक्ने आधारहरु तथा नीतिको विषयमा छलफल तथा जानकारी दिइएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad