# भर्खरै
Namaste Icon
Ad
Ad

विश्वको आर्थिक वृद्धि साढे ५ प्रतिशत रहने प्रक्षेपण

विश्वको आर्थिक वृद्धि साढे ५ प्रतिशत रहने प्रक्षेपण

वासिङटन । विश्व बैंकले सन २०२१ को विश्वको आर्थिक वृद्धि दर ५ दशलमव ६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । बैंकका अनुसार यो वृद्धि विगत पाँच दशकयताकै सबैभन्दा बढी हुनेछ । मंगलबार सार्वजनिक ‘विश्व आर्थिक परिदृश्य’ प्रतिवेदनमा सन २०२१ मा विश्वको आर्थिक वृद्धि ५.६ प्रतिशत हुने एवं गत जनवरीमा बैंकले यो वर्ष ४ दशलमव १ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । गत वर्ष विश्वको अर्थतन्त्र ३ दशलमव ५ प्रतिशतले खुम्चिएको थियो । कोरोना भाइरस महामारीले व्यापारमा पु–याएको अवरोध, व्यवसाय बन्द र मानिसलाई घरभित्रै बस्न बाध्य पारेका कारण आर्थिक वृद्धिमा नकारात्मक असर परेको आकलन गरिएको छ ।


बैंकले गरेको यो प्रक्षेपण सन् १९७३ पछि सबैभन्दा बढी हो । सन् १९७३ मा विश्वको आर्थिक वृद्धि ६ दशलमव ६ प्रतिशत रहेको थियो । तर सन् २०२१ को आर्थिक वृद्धि विश्वका सबैजसो मुलुक एवं क्षेत्रमा समान किसिमको नहुने बैंकको भनाई छ । संयुक्तराज्य अमेरिका जस्ता धनी राष्ट्रले आफ्नो अर्थतन्त्रलाई चलायमान बनाउन करदाताले बुझाएको ठूलो राजश्व रकम आर्थिक पुनरुद्धारमा खर्च गरेका छन् । सोही कारण ठूला अर्थतन्त्र भएका ९० प्रतिशत मुलुकले अर्को वर्षभित्रै कोभिड–१९ महामारीको पूर्व अवस्थामा आफ्ना मुलुकलाई पु–याउने सम्भावना रहेको छ । तर विकासशील मुलुकका लागि परिस्थिति त्यति सहज हुने देखिएको छैन ।


विश्व बैंकले कोभिड विरुद्धको खोप न्यून आय भएका मुलुकलाई व्यापक स्तरमा उपलब्ध गराउन पनि आग्रह गरेको छ । यी मुलुकमा खोप अभियान सुस्त रहेको छ । बैंकले सन २०२१ मा अमेरिकी अर्थतन्त्र ६ दशलमव ८ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । जनवरीमा अमेरिकी अर्थतन्त्र ३ दशलमव ५ प्रतिशतले मात्र वृद्धि हुने प्रक्षेपण गरिएको थियो । कोभिडका कारण विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक अमेरिकाको गत वर्षको आर्थिक वृद्धि ३ दशलमव ५ प्रतिशतले गिरावट आएको थियो । तर खोप अभियान तिब्र बनाएसँगै अमेरिकी अर्थतन्त्र उकालो लागेको छ ।


विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनको अर्थतन्त्र सन २०२१ मा ८ दशलमव ५ प्रतिशतले वृद्धि हुने बैंकको अनुमान छ । कोरोना भाइरसलाई चाँडै नियन्त्रण गरी अर्थतन्त्र खुला गरेको चीनको गत वर्ष पनि अर्थतन्त्र २ दशलमव ३ प्रतिशतले वृद्धि भएको थियो । युरो मुद्रा प्रयोग गर्ने युरोपका १९ वटा मुलुकको अर्थतन्त्र ४ दशलमव २ प्रतिशतले वृद्धि हुनेछ । गत वर्ष यी मुलुकको अर्थतन्त्रमा ६ दशलमव ६ प्रतिशतको गिरावट आएको थियो । जापानको अर्थतन्त्र पनि गत वर्ष ४ दशलमव ७ प्रतिशतले गिरावट आए पनि यो वर्ष २ दशलमव ९ प्रतिशतले वृद्धि हुने विश्व बैंकको भनाई छ ।

Ad

सम्बन्धित समाचारहरु

देउराली यातायात प्रालि अर्घाखाँचीले ७३ लाख बराबरको राहत वितरण गर्ने

अर्घाखाँची । देउराली यातायात प्राली अर्घाखाँचीको बैठकले संस्थामा सम्बद्ध व्यवसायी, यातायात मजदुर तथा कर्मचारीहरुलाइ करिब ७३ लाख राहत वितरण गर्ने निर्णय गरेको छ । कोरोना भाईरस (कोभिड १९) को दोस्रो भेरिरन्टको महामारीका कारण लकडाउनमा परेका यातायात व्यवसायी ताथ मजदुरलाई पर्न गएको कठिन समस्यालाई मध्यनजर गरि प्रालीले कुल ७३ लाख राहत वितरण गर्ने निर्णय गरेको हो ।

मेगा बैंकमा अब फोनबाटै २ लाख सम्मको कर्जा सुविधा

मेगा बैंकमा अब फोनबाटै २ लाख सम्मको कर्जा सुविधा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ । आफ्ना ग्राहकहरुलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने हेतुले मेगा बैंकले एफ वन सफ्ट इन्टरनेसनल प्रा.लि. सँगको सहकार्यमा यो कर्जा सुविधा ल्याएको हो । यस सुविधामार्फत मेगा बैंक नेपाल लिमिटेडमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघ संस्था तथा कम्पनीका कर्मचारीहरुले ३० दिनसम्मका लागि अधिकतम २ लाख रुपैंया उपभोग गर्न सक्नेछन् ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad