# भर्खरै
Namaste Icon
Ad
Ad

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि आज (बिहीबार) नीति तथा कार्यक्रम ल्याउँदै छ । दिउँसो बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले सरकारले तयार पारेको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रदेशले आगामी आवको नीति तथा कार्यक्रममा अधिकांश पुराना योजना समेटेको बताइएको छ । बागमती सरकारले यसअघि ल्याएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) अर्थात् प्रि–बजेटमाथि १७ जेठ सोमबार प्रदेश सभामा छलफल गरेर बैठक स्थगित गरेको थियो ।

बिहीबार प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत र छलफलपछि १ असारमा आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहेको छ । यता प्रतिपक्षी दलहरू भने नीति तथा कार्यक्रम र बजेट संसद्बाट पारित गर्न नदिने रणनीतिमा लागेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

एमाले सुर्खेतको बैठकमा ४८ जनाको सहभागीता, यी हुन निर्णयहरु

खगेन्द्र हमाल, सुर्खेत । नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको आज बसेको बैठक सकिएको छ । सुर्खेत जिल्ला पार्टी अध्यक्ष धुर्वकुमार शाहीको उपस्थितिमा बसेको उक्त बैठकमा ४८ जना जिल्ला कमिटी सदस्यहरुको सहभागीता रहेको जिल्ला कमिटी सदस्य नेत्र केसीले जानकारी दिए । उक्त बैठकमा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता तथा प्रदेश ईन्चार्ज यामलाल कंडेल, निवर्तमान राज्यमन्त्री नवराज रावत, पद्मा खड्का लगायत सुर्खेत जिल्लाका अगुवाइ नेतहरुको उपस्थिति रहेको केसीले जानकारी दिए ।

परोपकार युवा समाजको पहिलो काम : बिपन्न समुदायमा स्वास्थ्य सामाग्री बितरण

सुर्खेत । परोपकार युवा समाज, नेपाल अर्घाखाँचीले अति बिपन्न समुदायमा स्वास्थ्य सामाग्री बितरण गरेको छ । विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना (कोभिड-१९ ) लाई मध्यनजर गर्दै सन्धिखर्क नगरपालिका ०२ भद्रीखोलामा रहेको अति बिपन्न समुदायको बस्तिलाइ मास्क तथा सेनिटाइजर बितरण गरेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad