# भर्खरै
Namaste Icon
Ad
Ad

कराँतेकी ब्ल्याक बेल्ट समेत रहेकी शिल्पा कति वर्ष पुगिन ?

कराँतेकी ब्ल्याक बेल्ट समेत रहेकी  शिल्पा  कति वर्ष पुगिन ?

मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टीको ४६ वर्ष लागेकी छन् । भारतीय चलचित्र उद्योगमा फिटनेस र सुन्दरताका लागि चिनिएकी शिल्पाको ८ जुन, १९७५ मा मंगलौरमा जन्म भएको हो । अभिनय र नृत्यमा कुशल शिल्पाले मुम्बईबाट पढाई पूरा गरेकी हुन् । उनले भरतनाट्यम डान्समा प्रोफेसनल तालिम समेत लिएकी थिइन् ।
उनी विद्यालय पढ्दा भलिबल टिमको कप्तान थिइन् । यस्तै शिल्पा कराँतेकी ब्ल्याक बेल्ट समेत हुन् । उनले बलिउड अभिनेता शाहरुख खानको चलचित्र ‘बाजिगर’ बाट बलिउडमा पाइला टेकेकी हुन् । उक्त चलचित्रमा उनको विशिष्ट भूमिका रहे पनि उत्कृष्ट अभिनयका कारण नै सबैको ध्यान खिच्न सफल भएकी थिइन् ।


उनी चलचित्र क्षेत्रमा आउनुअघिसम्म मोडलिङ पेसामा आबद्ध थिइन् । उनी सन् १९९१ मा लिम्माको विज्ञापनमा देखिएकी थिइन् । त्यसपछि शिल्पाले दर्जनौं विज्ञापनमा देखिइन् । त्यसपछि मात्रै उनले चलचित्र ‘बाजिगर’ मा काम गर्ने अवसर पाइन् । अक्षय कुमारसँग प्रेमसम्बन्धमा रहेकी उनले सन् २००९ मा व्यापारी राज कुन्द्रासँग विवाह गरेकी थिइन् । दुवैको भेटघाट लण्डनमा भएको थियो । अहिले उनीहरुका एक छोरा वियान र छोरी समीक्षा छन् । पछिल्लो समय उनी चलचित्रमा कम र रियालिटी सो बढी देखिँदै आएकी छन् । चलचित्रबाट टाढै भए पनि उनको चर्चा बलिउडमा भइरहन्छ । उनले आफ्नो योगा क्षमतामा नयाँपन दिएसँगै यसै विषयमा डिभिटी लञ्च समेत गरेकी छन् । स्वस्थ खानाका बारेमा पुस्तक लेखेकी उनले आफ्नै युट्युब च्यानलमार्फत फरक–फरक स्वस्थ खानेकुराको रेसेपी सेयर गर्दै आएकी छन् ।


बलिउडकी फिटनेस अभिनेत्रीको परिचय बनाएकी शिल्पाले मंगलबार ४६ औं जन्मदिन मनाइन् । उनले सन् १९९२ मा चलचित्र ‘गाता रहे मेरा दिल’ मा काम गरे पनि त्यो चलचित्र प्रदर्शनमा आउन सकेन । त्यसपछि अभिनेत्री शिल्पाले ‘बाजीगर’ मा काम गरेकी हुन् । यो चलचित्र निकै सफल भयो । यसपछि उनको करिअरले गति लिन थाल्यो । उनले करिअरको सुरुवाती दिनमा ‘आग, खिलाडी तु अनाडी’ लगायतका चर्चित चलचित्रमा काम गरिन् । त्यहीवेलादेखि उनको प्रेमकथा पनि सुरु भयो ।


अभिनेता अक्षय कुमारसँग शिल्पाको गहिरो प्रेम भए पनि अधुरै रहन गयो । उनीहरुलेसन् १९९४ मा प्रदर्शनमा आएको चलचित्र ‘खिलाडी तु अनाडी’ मा एकसाथ देखिएका थिए । यसपछि यी दुईको जोडी प्रेममा डुबेको थियो । अभिनेता अक्षय कुमारले अभिनेत्री रविना टण्डनसँगको प्रेमसम्बन्ध तोडेर शिल्पासँग सम्बन्ध जोडेका थिए । अक्षयसँग शिल्पा जोडिएपछि रविनासँगको सम्बन्धमा अक्षयले पूर्णविराम लगाएका थिए । केही समयपछि अक्षयको जीवनमा अभिनेत्री ट्विंकल खन्नाको प्रवेश भयो । ट्विंकलको प्रवेशसँगै उनले शिल्पासँगको सम्बन्धलाई तोडेका थिए ।


ट्विंकलसँग ‘चलचित्रफेयर म्यागेजिन’ का लागि एकसाथ फोटोसुट गरेपछि अक्षय उनीसँग नजिकिएका थिए । चलचित्र ‘मे खिलाडी तु अनाडी र इन्साफ’ लगायतका सँगै काम गरेका अक्षय र शिल्पाको अन्तिम चलचित्र ‘धड्कन’ सन् २००० मा प्रदर्शनमा आएको थियो । अक्षयले धोका दिएपछि शिल्पाले उनीसँगको सम्बन्ध तोड्दै कहिल्यै माफ नगर्ने बताएकी थिइन् । उनले एक अन्तर्वार्तामा भनेकी छन्, ‘मैले कहिले पनि सोचेको थिइनँ कि अक्षयले मेरो साथमा यस्तो गर्नेछन् । म ट्विंकललाई यो कुरामा दोषी मान्दिनँ । जब मेरो पार्टनरले नै मलाई धोका दिएका छन् भने अरुसँग म किन गुनासो गर्नु ?’


अरु कोही पाएपछि आफूलाई अक्षयले किनारा लगाएको बताउँदै शिल्पाले उनले आफूलाई प्रयोग गरेको आरोप समेत लगाएकी थिइन् । उनले भनेकी छन्, ‘म खुसी यसकारण छु कि मैले आफूलाई यो घटनाबाट बाहिर निकाल्न सकेँ । म अक्षयलाई कहिले पनि माफी दिन्नँ र उनीसँग कहिले पनि काम गर्दिनँ ।’ शिल्पाले अक्षयलाई युवतीको भरोसा जित्नका लागि उनीहरुसँग बिहेको नाटक रच्ने गरेको आरोप समेत लगाएकी थिइन् । अभिनेता अक्षय कुमारले अभिनेता राजेश खन्नाकी पुत्री ट्विंकलसँग सन् २००१ मा बिहे गरेका थिए । त्यस्तै शिल्पाले व्यापारी राज कुन्द्रासँग सन् २००९ मा बिहे गरेकी थिइन् ।

 

Ad

सम्बन्धित समाचारहरु

नायिका काजल अग्रवाल आज ३६औं जन्मदिन मनाउँदै

नायिका काजल अग्रवाल आज ३६औं जन्मदिन मनाउँदै

साउथ चलचित्रदेखि बलिउडमा समेत लोकप्रियता हासिल गरिसकेकी नायिका काजल अग्रवाल आज आफ्नो ३६औं जन्मदिन मनाउँदैछिन् । काजलले गतबर्ष मात्र बिबाह गरेकी थिइन् । साउथदेखि बलिउड चलचित्रमा लोकप्रियता हासिल गरेकी यी नायिकाले करिअरको सुरुवात भने संघर्षपूर्ण तरिकाले गरेकी थिइन् ।

गायक आर के गोम्बाको 'ए गाँठे झ्याप्पै फसायो’ (भिडियो)

काठमाडौं । गायक आर के गोम्बाको 'ए गाँठे झ्याप्पै फसायो’ बोलको गीत बजारमा आएको छ । चक्र बमको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत आरके गोम्बा र मनु पुरिको आवाज रहेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad