# भर्खरै
Namaste Icon
Ad
Ad

भेरी नदीमा हराइरहेकी १६ वर्षीया दीपाको भेटियो शव

भेरी नदीमा हराइरहेकी १६ वर्षीया दीपाको भेटियो शव

पश्चिम रूकुम । भेरी नदीमा बगेर बेपत्ता भएकी रूकुम पश्चिमको चौरजहारी नगरपालिका- १२ दुरनेटाकी १६ वर्षीया दीपा डाँगीको शव फेला परेको छ । चौरजहारी नगरपालिका-३ स्थित भेरी नदीमा बिहीबार बिहान साढे ८ बजेतिर उनको शव फेला परेको जाजरकोटका डिएसपी मधुकुमार थापाले जानकारी दिए। मंगलबार दिउँसो भेरीमा रामबहादुर डाँगी बगेपछि दीपा र उनकी बहिनी गीता दाइलाई बचाउन नदीमा हेलिएका थिए ।

केहीबेरमा रामबहादुर र गीताको उद्धार गरिए पनि दीपा बेपत्ता भएकी थिइन् । उद्धार गरिएकी गीताको जाजरकोट जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भइसकेको छ । रामबहादुरको उपचार जारी छ।

Ad

सम्बन्धित समाचारहरु

एमाले सुर्खेतको बैठकमा ४८ जनाको सहभागीता, यी हुन निर्णयहरु

खगेन्द्र हमाल, सुर्खेत । नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको आज बसेको बैठक सकिएको छ । सुर्खेत जिल्ला पार्टी अध्यक्ष धुर्वकुमार शाहीको उपस्थितिमा बसेको उक्त बैठकमा ४८ जना जिल्ला कमिटी सदस्यहरुको सहभागीता रहेको जिल्ला कमिटी सदस्य नेत्र केसीले जानकारी दिए । उक्त बैठकमा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता तथा प्रदेश ईन्चार्ज यामलाल कंडेल, निवर्तमान राज्यमन्त्री नवराज रावत, पद्मा खड्का लगायत सुर्खेत जिल्लाका अगुवाइ नेतहरुको उपस्थिति रहेको केसीले जानकारी दिए ।

परोपकार युवा समाजको पहिलो काम : बिपन्न समुदायमा स्वास्थ्य सामाग्री बितरण

सुर्खेत । परोपकार युवा समाज, नेपाल अर्घाखाँचीले अति बिपन्न समुदायमा स्वास्थ्य सामाग्री बितरण गरेको छ । विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना (कोभिड-१९ ) लाई मध्यनजर गर्दै सन्धिखर्क नगरपालिका ०२ भद्रीखोलामा रहेको अति बिपन्न समुदायको बस्तिलाइ मास्क तथा सेनिटाइजर बितरण गरेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad