# भर्खरै
Namaste Icon
Ad
Ad

अर्घाखाँचीको भुमिकास्थानमा जिप दुर्घटना चालकको मृत्यु

अर्घाखाँचीको भुमिकास्थानमा जिप दुर्घटना चालकको मृत्यु

अर्घाखाँची । जिल्लाको भुमिकास्थान नगरपालिका वाड नम्बर ९ च्यानडाडाँमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । भुमिकास्थानको ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु १ च ६१६८ नम्बरको डबल क्यापजिप दुर्घटना हुदाँ भुमिकास्थान ९ का जीप चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको ट्राफिक प्रमुख प्रहरी नायव निरिक्षक प्रविन आर्चायले जानकारी दिए । गाडीमा चालक मात्र रहेको र सडकबाट करिब ३ सय मिटर तल खसेको आर्चायले जानकारी दिए। गाडी ओभर स्पिडका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।

Ad

सम्बन्धित समाचारहरु

एमाले सुर्खेतको बैठकमा ४८ जनाको सहभागीता, यी हुन निर्णयहरु

खगेन्द्र हमाल, सुर्खेत । नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको आज बसेको बैठक सकिएको छ । सुर्खेत जिल्ला पार्टी अध्यक्ष धुर्वकुमार शाहीको उपस्थितिमा बसेको उक्त बैठकमा ४८ जना जिल्ला कमिटी सदस्यहरुको सहभागीता रहेको जिल्ला कमिटी सदस्य नेत्र केसीले जानकारी दिए । उक्त बैठकमा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता तथा प्रदेश ईन्चार्ज यामलाल कंडेल, निवर्तमान राज्यमन्त्री नवराज रावत, पद्मा खड्का लगायत सुर्खेत जिल्लाका अगुवाइ नेतहरुको उपस्थिति रहेको केसीले जानकारी दिए ।

परोपकार युवा समाजको पहिलो काम : बिपन्न समुदायमा स्वास्थ्य सामाग्री बितरण

सुर्खेत । परोपकार युवा समाज, नेपाल अर्घाखाँचीले अति बिपन्न समुदायमा स्वास्थ्य सामाग्री बितरण गरेको छ । विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना (कोभिड-१९ ) लाई मध्यनजर गर्दै सन्धिखर्क नगरपालिका ०२ भद्रीखोलामा रहेको अति बिपन्न समुदायको बस्तिलाइ मास्क तथा सेनिटाइजर बितरण गरेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad