# भर्खरै
Namaste Icon
Ad
Ad

७ मन्त्री थपिए - गृहमन्त्रीमा अधिकारी, कोको छन् नयाँ अनुहार ?

७ मन्त्री थपिए - गृहमन्त्रीमा अधिकारी, कोको छन् नयाँ अनुहार ?

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रीपरिषद विस्तार गरेका छन्। ओलीले यसअघि गत शुक्रबार पनि जनता समाजवादी पार्टीका महन्थ राजेन्द्र पक्षका १० जनालाई मन्त्री बनाउदै मन्त्रीपरिषद विस्तार गरेका थिए।

अब बन्ने मन्त्रीहरु एमाले ओली पक्षबाटै रहने बुझिएको छ। रिक्त रहेका सात मन्त्रालयमा आज मन्त्री नियुक्तिको तयारी भएको प्रधानमन्त्रीनिकट नेताहरुले बताएका छन्।

श्रोतका अनुसार ओलीले गृहमन्त्रीमा खगराज अधिकारी र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापालाई नियुक्त गर्नलागेका छन् । थापा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती हुन्। त्यस्तै, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी शाह, उद्योगमा राजकिशोर यादव, सामान्य प्रशासनमा गणेश पहाडीलाई मन्त्री बनाउने भएका हुन्।

रक्षा मन्त्रालय भने प्रधानमन्त्री आफैँले राखेका छन्। त्यस्तै, प्रधानमन्त्री कार्यालय रहने गरी मोहन बाँनिया, र वन राज्यमन्त्रीमा आशा विक रहेका छन्। मन्त्रीहरुको आजै साँझ शपथ राखिएको छ ।

Ad

सम्बन्धित समाचारहरु

पार्टीमा धेरै काम गर्न बाँकी रहेकाले फेरि सभापतिमा दोहोरिन्छु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो महाधिवेशनपछि आफू फेरि पनि सभापतिमा दोहोरिने बताएका छन । आफू निकटका केही नेताहरुसँगको छलफलमा सभापति देउवाले संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुने र आफू फेरि पनि सभापतिमा लड्ने बताएका हुन । आफ्नै कार्यकालमा ३ तहको चुनाव भएको र प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाएको भए पनि कम जितेको भन्दै उनले आफूले सभापति उठेर जित्ने बताएका हुन ।

'कुन राप्रपा हामी सबैको राप्रपा हो ?' : रेखा थापा

'कुन राप्रपा हामी सबैको राप्रपा हो ?' : रेखा थापा

काठमाडौं । नेपाली सिनेमाकी अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले पार्टीको निर्णयप्रति असहमति जनाएकी छन् । केन्द्रीय विशेष समिति गठनको विषयमा प्रश्न उठाउँदै थापालेअसहमति जनाएकी हुन् । राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाले गरेको निर्णयप्रति थापाले विमत्ति जनाएकी छन् । शनिबार बसेको राप्रपा बैठकले यसअघि गठन गरिएको सचिवालय कार्य व्यवस्था समिति खारेज गरेको थियो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad