# भर्खरै
Namaste Icon
Ad
Ad

पूर्वगृहमन्त्री बादल पत्‍नीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी

पूर्वगृहमन्त्री बादल पत्‍नीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी

काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी नैनकला थापा सञ्चारमन्त्री बन्ने भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी समूहबाट दुई जनालाई मन्त्री बनाउने भएका हुन्।जसमध्ये बादल पत्नी नैनकलाले सञ्चार र ज्वाला कुमारी शाह कृषिमन्त्री बन्ने भएकी हुन्।

प्रधानमन्त्री ओलीले जसपाका राजकिशोर यादवसहित सात जना मन्त्री र एक जना राज्यमन्त्रीसहित मन्त्रिमण्डल विस्तार गरेका हुन्। जसमा गृहमा खगराज अधिकारी, वनमा नारदमुनी राना, सञ्चारमा नैनकला थापा, सामान्य प्रशासनमा गणेश पहाडी, मोहन बानियाँलाई विना विमागीय र आशा विकलाई वन राज्यमन्त्रीको जिम्मेवारी दिइएको बताइएको छ।

Ad

सम्बन्धित समाचारहरु

पार्टीमा धेरै काम गर्न बाँकी रहेकाले फेरि सभापतिमा दोहोरिन्छु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो महाधिवेशनपछि आफू फेरि पनि सभापतिमा दोहोरिने बताएका छन । आफू निकटका केही नेताहरुसँगको छलफलमा सभापति देउवाले संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुने र आफू फेरि पनि सभापतिमा लड्ने बताएका हुन । आफ्नै कार्यकालमा ३ तहको चुनाव भएको र प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाएको भए पनि कम जितेको भन्दै उनले आफूले सभापति उठेर जित्ने बताएका हुन ।

'कुन राप्रपा हामी सबैको राप्रपा हो ?' : रेखा थापा

'कुन राप्रपा हामी सबैको राप्रपा हो ?' : रेखा थापा

काठमाडौं । नेपाली सिनेमाकी अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले पार्टीको निर्णयप्रति असहमति जनाएकी छन् । केन्द्रीय विशेष समिति गठनको विषयमा प्रश्न उठाउँदै थापालेअसहमति जनाएकी हुन् । राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाले गरेको निर्णयप्रति थापाले विमत्ति जनाएकी छन् । शनिबार बसेको राप्रपा बैठकले यसअघि गठन गरिएको सचिवालय कार्य व्यवस्था समिति खारेज गरेको थियो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad