# भर्खरै
Namaste Icon
Ad
Ad

नेपाल-खनाल समूह एमाले एकताको पक्षमा छैन : विष्णु पाैडेल

नेपाल-खनाल समूह एमाले एकताको पक्षमा छैन : विष्णु पाैडेल

काठमाडौं । नेकपा (एमाले)का नेता एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले माधवकुमार नेपाल-झलनाथ खनाल समूह एकताको पक्षमा नहरेको बताएका छन्। उनले नेपाल-खनाल समूहले पठाएको पत्र अत्यन्त गम्भीर प्रकृतिको रहेको बताए।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उदार र खुला विचारका साथ गरेको आव्हानलाई नेपाल-खनाल समूहले अस्वीकार गर्नु भनेको उनीहरू पार्टी एकताको पक्षमा नरहेको बुझ्न बाध्य बनाएको पाैडेलले बताए । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अर्थमन्त्री पौडेलले आफ्नो पार्टीको प्रधानमन्त्री हटाएर विपक्षी दलको व्यक्तिलाई प्रधानमन्त्री बनाउने खेल सफल नहुने बताए ।

पार्टीका आम कार्यकर्ता एकताको पक्षमा रहेको अवस्थामा नेपाल–खनाल पक्ष कुनैपनि हालतमा विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्नु, आफ्नो अडानबाट पछि हट्न नखोज्नु, पार्टी एकताको लागि घातक भएको पाैडेलको ठहर छ ।

यसरी घातक खेलमा लागेका व्यक्तिहरु अलग हुनसक्ने तर, पार्टी विभाजन हुन नसक्ने उनले जिकिर गरे। संस्थापन पक्षले पार्टी एकताको लागि अन्तिमसम्म कोसिस गर्ने उनको भनाइ छ । नेता, कार्यकर्ता अहिले पनि एकताको पक्षमा रहेकोले विभाजनमा जाने नेताहरुलाई कसैले साथ नदिने पाैडेलले तर्क गरे ।

Ad

सम्बन्धित समाचारहरु

पार्टीमा धेरै काम गर्न बाँकी रहेकाले फेरि सभापतिमा दोहोरिन्छु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो महाधिवेशनपछि आफू फेरि पनि सभापतिमा दोहोरिने बताएका छन । आफू निकटका केही नेताहरुसँगको छलफलमा सभापति देउवाले संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुने र आफू फेरि पनि सभापतिमा लड्ने बताएका हुन । आफ्नै कार्यकालमा ३ तहको चुनाव भएको र प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाएको भए पनि कम जितेको भन्दै उनले आफूले सभापति उठेर जित्ने बताएका हुन ।

'कुन राप्रपा हामी सबैको राप्रपा हो ?' : रेखा थापा

'कुन राप्रपा हामी सबैको राप्रपा हो ?' : रेखा थापा

काठमाडौं । नेपाली सिनेमाकी अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले पार्टीको निर्णयप्रति असहमति जनाएकी छन् । केन्द्रीय विशेष समिति गठनको विषयमा प्रश्न उठाउँदै थापालेअसहमति जनाएकी हुन् । राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाले गरेको निर्णयप्रति थापाले विमत्ति जनाएकी छन् । शनिबार बसेको राप्रपा बैठकले यसअघि गठन गरिएको सचिवालय कार्य व्यवस्था समिति खारेज गरेको थियो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad