# भर्खरै
Namaste Icon
Ad
Ad

मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्चद्वारा राहत वितरण

मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्चद्वारा राहत वितरण

काठमाडौं । मानव अधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपालले राहत वितरण गरेको छ । कोरोना कहरको कारण निषेधाज्ञा लम्बिदैं जादाँ दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका व्यक्ति तथा परिवारलाई उक्त संस्थाले राहत वितरण गरेको हो । टोखा नगरपालिका १ झोरमा देशका विभिन्न जिल्लाबाट आएर बसोबास गर्दै आएका व्यक्ति तथा परिवारलाई दाल, चामल, तेल, नुन लगायतको राहत प्याकेज वितरण गरेको संस्थाकी अध्यक्ष कोकिला पुनले बताइन । उनले ले भनिन, ‘उपत्यका भित्रका पनि विकट ठाउँतिर बसोबास गर्ने बासिन्दाहरुप्रति राज्य तथा संघसंस्थाको नजर नपुग्ने भएकोले हामीले यस ठाउँमा बस्ने गरीब, दुखी, असहाय, अपांग तथा आर्थिक हिसाबले पिछडिएका वर्गलाई राहत वितरण गरेका हौँ ।’

संस्थाले कोभिड१९ बाट बच्न मास्क, सेनिटाईजर लगायत स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने काम गर्दै आएको छ । त्यस्तै आगामी दिनमा पनि अप्ठ्यारोमा परेका व्यक्तिलाई यो संस्थाले सकेको राहत दिने योजनामा रहेको अध्यक्ष पुनले बताइएन । उनले भनिन, ‘विभिन्न कारणले जेलमा परेका व्यक्तिलाई न्याय दिलाउने, उनीहरुलाई कानुनी उपचारका लागि सहारा दिने काम गरिरहेका छौं ।’

जानेर वा नजानेर वा कुनै पनि प्रकारका आरोप लागेर जेल परेका व्यक्तिलाई कानुनी सल्लाह, भौतिक, नैतिक सहयोग गर्ने गरेको सो संस्थाका सचिव भोला विश्वकर्माले जानकारी दिए । विश्वकर्माले भने, आमाबाबु जेलमा परेर व्यवारिसे अवस्थामा रहेका बच्चाहरुलाई सम्बन्धित संस्थासम्म लगेर राखिदिने काम पनि हाम्रो संस्थाले गर्दै आएको छ ।’

उद्योगिहरु, व्यवसायीहरु लगायत मनकारीहरु व्यक्तिहरुबाट केही रकम संकलन गरेर राहत वितरण गरेको मानव अधिकार एवं कैदिबन्दी न्यायिक सरोकार मञ्च नेपालका सदस्य धनबहादुर लामाले दर्पण दैनिकलाई जानकारी दिए । त्यस्तै, टोखा नगरपालिका १ झोरका स्थानीयबासी तथा मानव अधिकार एवं कैदिबन्दी न्यायिक सरोकार मञ्चका महासचिव सुदाम दुलालले आफ्नै क्षेत्रमा दैनिक जीविकोपार्जनमै समस्या परेका व्यक्तिलाई राहत वितरण गर्न पाँउदा खुसी लागेको बताए ।

कोरोना कहरको कारण अप्ठ्यारोमा परेको बेला केही मात्रामा भए पनि राहत पाउँदा अत्यन्तै खुसी भएको र मानव अधिकार एवं कैदिबन्दी न्यायिक सरोकार मञ्च नेपाल नामक संस्था भगवान बनेर आएको राहत पाउने व्यक्तिहरुले बताए ।

Ad

सम्बन्धित समाचारहरु

छोटो कपडा लगाएकी मोडललाई  जहाजभित्र छिर्न नदिएपछि...

काठमाडौं । आफ्नो जिन्दगी आफ्नो मर्जीले जिउन पाउनुपर्छ भन्ने सोँचले कहिलेकाँही मानिसलाई गम्भीर मोडमा पुर्‍याउँछ । अस्ट्रेलियाकी एक मोडललाई यस्तै भएको छ । उनले लगाएको छोटो कपडाका कारण एक फ्लाइटमा निकै अपमान सहनुपरेको छ । यात्राका बेला उनलाई पूरै शरीर छोप्नेगरी कपडा लगाउने निर्देशन दिइएको थियो । त्यसपछि मोडलले बाध्यवस क्रु मेम्बरको ज्याकेट लगाउनुपर्‍यो । मोडल तथा नायिका इजाबेल एलेनोरलाई जहाजमा प्रवेश गर्नेबित्तिकै फ्लाइटका सदस्यले उनलाई रोक लगाएका थिए ।

बिहेपछि सुहागरातकै दिन शारीरिक सम्पर्कको क्रममा १८ वर्षीय बेहुलीको ज्यान गयो

काठमाडौं। बिहेपछि नवविवाहित जोडीको जीवनमा पहिलो रात निकै महत्वपूर्ण मानिन्छ । तर, यो रातमै भयंकर दुर्घटना भयो भने त्यसले जीवनमा पछिसम्म तर्साइरहन्छ । ब्राजिलमा एक नवविवाहित जोडीको जीवनमा यस्तै भएको छ । बिहेपछि यो जोडी निकै खुसी थिए तर पहिलो रातमै उनीहरुको खुसी उजाडिएको छ । द सनको रिपोर्टअनुसार पहिलो रात शारीरिक सम्बन्धको क्रममा बेहुलीको मृत्यु भएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad