# भर्खरै
Namaste Icon
Ad
Ad

बागमती प्रदेशका १३ वटै अस्पतालमा मृगौला रोगीलाई नि:शुल्क डायलासिस

बागमती प्रदेशका १३ वटै अस्पतालमा मृगौला रोगीलाई नि:शुल्क डायलासिस

 काठमाडौँ। बागमती प्रदेश सरकारले प्रदेश मातहत रहेका १३ वटा अस्पतालबाट मृगौला रोगीका लागि नि:शुल्क डायलासिस सेवा विस्तार गर्ने भएको छ। बिहीबार प्रदेश सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईंले उक्त घोषणा गरेका हुन्।

साथै कोभिड-19 महामारीको रोकथाम, नियन्त्रण र उपचारको सुनिश्चितता गरी प्रदेशका बासिन्दाहरूको जीवन रक्षा गर्न प्रदेश प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै नीति तथा कार्यक्रममा कोभिड-१९ लगायत महामारीजन्य रोगहरूको रोकथाम, उपचार र नियन्त्रणका कार्यहरूलाई थप प्रभावकारी बनाउन प्रदेशअन्तर्गत रहेका सबै अस्पताल लगायत स्वास्थ्य संस्थाको सेवा विस्तार तथा गुणस्तर अभिवृद्धिका लागि आवश्यक भौतिक पूर्वाधार, जनशक्ति तथा उपकरणको व्यवस्था गरी प्रणालीगत सुधार गरिने उल्लेख गरिएको छ।

यसका साथै कोभिड-१९ विरूद्धको खोपमा प्रदेशवासीको पहुँच पुर्‍याउन आवश्यकता अनुसार ‘प्रदेश प्रमुख कोभिड-१९ खोप कोष’ स्थापना गरी नेपाल सरकारसँगको समन्वय र सहकार्यमा प्रदेशका सबै बासिन्दाहरूलाई अनिवार्य रूपमा खोपको व्यवस्था गरिने कार्यक्रममा उल्लेख गरिएको छ।

Ad

सम्बन्धित समाचारहरु

एमाले सुर्खेतको बैठकमा ४८ जनाको सहभागीता, यी हुन निर्णयहरु

खगेन्द्र हमाल, सुर्खेत । नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको आज बसेको बैठक सकिएको छ । सुर्खेत जिल्ला पार्टी अध्यक्ष धुर्वकुमार शाहीको उपस्थितिमा बसेको उक्त बैठकमा ४८ जना जिल्ला कमिटी सदस्यहरुको सहभागीता रहेको जिल्ला कमिटी सदस्य नेत्र केसीले जानकारी दिए । उक्त बैठकमा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता तथा प्रदेश ईन्चार्ज यामलाल कंडेल, निवर्तमान राज्यमन्त्री नवराज रावत, पद्मा खड्का लगायत सुर्खेत जिल्लाका अगुवाइ नेतहरुको उपस्थिति रहेको केसीले जानकारी दिए ।

परोपकार युवा समाजको पहिलो काम : बिपन्न समुदायमा स्वास्थ्य सामाग्री बितरण

सुर्खेत । परोपकार युवा समाज, नेपाल अर्घाखाँचीले अति बिपन्न समुदायमा स्वास्थ्य सामाग्री बितरण गरेको छ । विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना (कोभिड-१९ ) लाई मध्यनजर गर्दै सन्धिखर्क नगरपालिका ०२ भद्रीखोलामा रहेको अति बिपन्न समुदायको बस्तिलाइ मास्क तथा सेनिटाइजर बितरण गरेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad