# भर्खरै
Namaste Icon
Ad
Ad

'पद नपाउँदैमा विचलित हुन्न'

'पद नपाउँदैमा विचलित हुन्न'

काठमाडौं । एमालेका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले पद नपाउँदैमा विचलित हुने आफ्नो स्वभाव नरहेको बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले राजनीतिक जीवनमा कहिल्यै पद प्राप्तिलाई ठुलो बिषय नबनाएको दावी बताएक हुन । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुअघि महेश बस्नेतको नाम निकै चर्चामा थियो । उनलाई ओलीले गृहमन्त्री दिनलागेको भनेर केही मिडियाले समाचारसमेत लेखे । तर, प्रधानमन्त्री ओलीले गृहमन्त्रीमा खगराज अधिकारीलाई नियुक्त गरेका छन् । बस्नेतले मन्त्रिपरिषद्मा स्थान पाएनन् । त्यसपछि फेरि अर्को चर्चा सुरु भएको छ, मन्त्री नपाएपछि बस्नेत असन्तुष्ट भन्नेदेखि गुट फेर्ने तयारी भन्ने सम्मका ।

‘कतिपय मिडियाले मेरो नाम जोडेर म आक्रोसमा छु, गुट फेर्दैछु जस्ता समाचार लेखिरहेका छन् । त्यस्तो भ्रममा कोही नपरौ । म जहाँ छु त्यहीँ रहनेछु र म जे छु त्यही छु । पद नपाउँदा बिचलनमा आउने मेरो कुनै अबसरबादी चरित्र छैन र हुने पनि छैन ।’ उनले लेखेका छनु । आफू अझै जोस, जाँगर र उर्जाका साथ लाग्ने बस्नेतको भनाइ छ ।

उनी लेख्छन्, ‘मेरो राजनीतिक जीवनमा मैले विकास गर्न खोजेको नयाँ अभ्यास र संस्कार समय क्रममा थप पुष्टी हुने नै छ । पटक–पटक अग्निपरिक्षामा होमिन तयार छु । आफ्नो राजनीतिक जीवनमा कहिल्यै पद प्राप्तिलाई ठुलो बिषय नबनाएको महेशको दावी छ । पार्टी नीति नेतृत्व र निर्देशन पालना गरेर अगाडि बढेको उनी बताउँछन् ।

‘पटक–पटकको मन्त्रीमण्डल पुनर्गठनमा मेरो नाम ब्यापक चर्चा हुने गर्दछ । मेरो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउनै हुँदैन भन्ने पक्षमा ब्यापक लाग्नु हुन्छ । हो, मेरो सफलतामा कोही आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन् । मेरो बिरोधि साथीहरुलाई म झन् धेरै धन्यवाद दिन चाहन्छु, जसको कारण म हरेक पलमा सचेत भएर कदम चाल्दछु ।’

 

Ad

सम्बन्धित समाचारहरु

पार्टीमा धेरै काम गर्न बाँकी रहेकाले फेरि सभापतिमा दोहोरिन्छु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो महाधिवेशनपछि आफू फेरि पनि सभापतिमा दोहोरिने बताएका छन । आफू निकटका केही नेताहरुसँगको छलफलमा सभापति देउवाले संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुने र आफू फेरि पनि सभापतिमा लड्ने बताएका हुन । आफ्नै कार्यकालमा ३ तहको चुनाव भएको र प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाएको भए पनि कम जितेको भन्दै उनले आफूले सभापति उठेर जित्ने बताएका हुन ।

'कुन राप्रपा हामी सबैको राप्रपा हो ?' : रेखा थापा

'कुन राप्रपा हामी सबैको राप्रपा हो ?' : रेखा थापा

काठमाडौं । नेपाली सिनेमाकी अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले पार्टीको निर्णयप्रति असहमति जनाएकी छन् । केन्द्रीय विशेष समिति गठनको विषयमा प्रश्न उठाउँदै थापालेअसहमति जनाएकी हुन् । राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाले गरेको निर्णयप्रति थापाले विमत्ति जनाएकी छन् । शनिबार बसेको राप्रपा बैठकले यसअघि गठन गरिएको सचिवालय कार्य व्यवस्था समिति खारेज गरेको थियो ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad