# भर्खरै
Namaste Icon
Ad
Ad

दीपक मनाङेलाई भेट्न पोखरा पुगेका गणेश लामा पक्राउ

दीपक मनाङेलाई भेट्न पोखरा पुगेका गणेश लामा पक्राउ

काठमाडौं । गणेश लामा पोखरामा पक्राउ परेका छन् । उनलाई केही समय अगाडि पोखराको लेकसाइडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई अहिले वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ । ‘निषेधाज्ञाका बेला उहाँलाई यहाँ डुलिरहेको देखेपछि सोधपुछका लागि नियन्त्रणमा लिएका हौं’, प्रहरी श्रोतले भन्यो ।

उनी त्यहाँ प्रदेश मन्त्री समेत रहेका दीपक मनाङेलाई भेट्न त्यहाँ पुगेको बताइएको छ । गण्डकी प्रदेश सरकारले विश्वासको मत लिन लागेका बेला मनाङे सम्पर्क विहिन भएका थिए । तर प्रहरीले भने उनी त्यस्तो सम्पर्कविहिन नरहेको जनाएको छ।


‘उहाँ वेपत्ता होइन आफैं सम्पर्कमा आउन नचाहनु भएको देखिन्छ’, श्रोतले भन्यो। गण्डकी प्रदेशले बिहीबार विश्वासको मत लिँदा पनि उनी संसदमा उयपस्थित भएनन्।

विश्वासको मत नपाएपछि गण्डकी सरकार भने ढलेको छ । विजय गच्छदार नेतृत्वको फोरम लोकतन्त्रिक हुँदै राजनीतिमा प्रवेश गरेका गुण्डा नाइके पृष्ठभूमिका लामा पछिल्लो पटक नेपाली कांग्रेसमा आवद्ध छन् ।

Ad

सम्बन्धित समाचारहरु

मनसुनजन्य विपदमा परेर - १७ को मृत्यु, यस्ताे छ पछिल्लाे विवरण

काठमाडाैं । मनसुनजन्य विपद्मा परेर पछिल्लो एक सातामा १७ व्यक्तिको मृत्यु भएको छ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता १० पुरुष, ४ महिला, २ बालक र १ बालिकाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकका ३, डोटीका ३, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानका १/१ जना रहेका छन् ।

यस्ताे रहेछ मेलम्चीमा बाढी आउनुको कारण

यस्ताे रहेछ मेलम्चीमा बाढी आउनुको कारण

काठमाडौं । हेलम्बु गाउँपालिकाले मेलम्ची नदीमा बाढी आउनुको कारण जानकारी गराएको छ । शनिबार एक सूचना जारी गर्दै गाउँपालिकाले असार १ गते साँझ साढे ७ बजे मेलम्ची नदीमा आकस्मिक बाढी आउनुको कारण जानकारी गराएकाे हाे । गाउँपालिकाले वडा नम्बर १ स्थित सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोका कारण बाढी आएकाे जनाएको हाे ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad