# भर्खरै
Namaste Icon
Ad
Ad

सञ्चारमन्त्री थापाले गरिन पहिलो निर्णय, ‘साइबर सुरक्षा नीति–२०७८’ अध्ययन गर्न कार्यदल

सञ्चारमन्त्री थापाले गरिन पहिलो निर्णय, ‘साइबर सुरक्षा नीति–२०७८’ अध्ययन गर्न कार्यदल

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले ‘साइबर सुरक्षा नीति–२०७८’ अध्ययन गर्न मन्त्रालका सचिव हरिप्रसाद बस्यालको नेतृत्वमा कार्यदल बनाउने पहिलो निर्णय गरेकी छन । मन्त्रालयमा आज पदभार ग्रहण गर्दै मन्त्री थापाले सञ्चार र सूचना प्रविधिको विकासविना अन्य क्षेत्रको विकास गर्न समस्या हुने भएकाले यस क्षेत्रलाई गम्भीरतापूर्वक लिएर काम गर्न कर्मचारीलाई निर्देशन दिइन ।

एकार्कालाई सहयोग गर्दै कमजोरी सुधार गरेर सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने मन्त्री थापाको भनाइ थियो । उनले पूर्वसञ्चार मन्त्रीले बनाएका सही कार्ययोजनालाई लिएर अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरिन । उनले सरकार र सरकारका योजना सफल बनाउँदै नेपाललाई नयाँ युगमा लैजानका लागि ‘डिजिटल नेपाल’ को आकाङ्क्षा लिइएको बताउँदै भनिन, ‘आजको सूचना, सञ्चार, प्रविधिको दुनियाँमा सञ्चार मन्त्रालय अतिसंवेदनशील मन्त्रालयभित्र पर्छ, यसले सम्पूर्ण राष्ट्रिय सुरक्षाको गहन जिम्मेवारी लिएको हुन्छ, जनता र सरकारको बीचको संवाद, सूचना आदानप्रदान, सूचना प्रवाह गर्ने र सुसूचित गर्न, जनचेतना प्रवाह गर्न यसको महत्वपूर्ण भूमिका हुन्छ । ’

सो अवसरमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले डिजिटल नेपालको सपना पूरा गर्ने उद्देश्यले मन्त्रालयले नागरिक एप कार्यान्वयनमा ल्याउनाका साथै सबै स्थानीय तहमा इन्टरनेट सेवा पुर्याउने योजना कार्यान्वयन गरिरहेको मन्त्रीसमक्ष जानकारी गराए । उनले पत्रकारका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने, प्रेस पासलाई आधुनिकीकरण गर्ने र विज्ञापन प्रणालीलाई एकद्वार प्रणालीमा लैजानेलगायत मन्त्रालयका आगामी योजना सुनाए ।

रुपन्देही जिल्लामा जन्मिएकी मन्त्री थापा हाल चितवनमा बस्दैआएकी छन । पूर्वशिक्षिका थापा संगठित हुँदै २०३५÷०३६ को विद्यार्थी आन्दोलनमा सहभागी हुनुभएको थियो । विसं २०३८ मा नेकपा (चौम) पार्टी सदस्य र अनेमसंघका जिल्ला सचिव, २०४२ मा अनेमसंघका केन्द्रीय महासचिव, २०४७ मा अनेमसंघका केन्द्रीय संयोजक हुँदै २०५० सालमा एकीकृत अनेमसंघका केन्द्रीय महासचिव हुनुभएको थियो । विसं २०६४–२०६८ सम्म राष्ट्रिय महिला आयोगका अध्यक्ष भएकी थापा तत्कालीन माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार पनि थिइन। उनी पछिल्लो समय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको महिलासम्बन्धी विज्ञ समूहका सदस्यको रुपमा काम गर्दै आएकी थिइन । – रासस

Ad

सम्बन्धित समाचारहरु

मनसुनजन्य विपदमा परेर - १७ को मृत्यु, यस्ताे छ पछिल्लाे विवरण

काठमाडाैं । मनसुनजन्य विपद्मा परेर पछिल्लो एक सातामा १७ व्यक्तिको मृत्यु भएको छ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता १० पुरुष, ४ महिला, २ बालक र १ बालिकाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकका ३, डोटीका ३, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानका १/१ जना रहेका छन् ।

यस्ताे रहेछ मेलम्चीमा बाढी आउनुको कारण

यस्ताे रहेछ मेलम्चीमा बाढी आउनुको कारण

काठमाडौं । हेलम्बु गाउँपालिकाले मेलम्ची नदीमा बाढी आउनुको कारण जानकारी गराएको छ । शनिबार एक सूचना जारी गर्दै गाउँपालिकाले असार १ गते साँझ साढे ७ बजे मेलम्ची नदीमा आकस्मिक बाढी आउनुको कारण जानकारी गराएकाे हाे । गाउँपालिकाले वडा नम्बर १ स्थित सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ्ग चौरमा गएको पहिरोका कारण बाढी आएकाे जनाएको हाे ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad