# भर्खरै
Namaste Icon
Ad
Ad

नुहाउन गएका ५ बालिकाको पोखरीमा डुबेर मृत्यु, २ बालिका बेपत्ता

नुहाउन गएका ५ बालिकाको  पोखरीमा डुबेर मृत्यु, २ बालिका बेपत्ता

धनुषा । जिल्लाको मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । शुक्रबार दिउँसो पाँच बालिकाको पोखरीमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार घाँस काट्न गएका बालिकाहरु गर्मी भएपछि दिउँसो १२ः०० बजेको समयमा नजिकैको खेतमा माछा पालनका लागि बनाइएको पोखरीमा नुहाउन गएका थिए । नुहाउन गएका बालिकाहरुको पानीमा डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ। दुई बालिका अझै हराइरहेको प्रहरीको भनाइ छ।

मृत्यु हुनेमा स्थानीयवासी पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया छोरी ललिताको मृत्यु भएको प्रहरीले जनाएको छ।

Ad

सम्बन्धित समाचारहरु

कांग्रेस युवा नेता सुवन गिरीको संयोजनमा दर्जनबढि युवा कांग्रेस प्रवेश

नुवाकोट । जिल्लाको सूर्यगढी गाँउपालकिा वडा न. ४ हल्देकालिकामा विभिन्न पार्टी परित्याग गरि दर्जनबढि युवा नेपाली कांग्रेस प्रवेश गरेका छन । नवप्रवेशी नेता कार्यकर्ताहरु लाई नेपाली कांग्रेसका नेता, पूर्व अर्थमन्त्री तथा केन्द्रिय सदश्य डा. रामशरण महतले स्वागत गरे । कार्यक्रममा क्षेत्रीय सभापति धु्रव श्रेष्ठ, क्षेत्रीय सचिव रामजी पौडेल, महाधिवेशन प्रतिनिधी कृष्ण मिश्र, सूर्यगढी गाँउपालिकाका कांग्रेस संयोजक एवंम गाँउपािलका अध्यक्ष सन्तबहादुर घले, इकाइ सभापति रामचन्द्र वोगटी, इकाई सभापति प्रकाश पण्डित, तरुण दलका नेता प्रदिप थापा, हरी पौडेल, शंकर थापा लगायतको उपस्थिति रहेको थियो ।

डडेल्धुरामा ९० प्रतिशत बजेट खर्च हुँदा पनि ३६ करोड रकम फ्रिज

डडेलधुरा । डडेल्धुरामा गत आर्थिक वर्षमा ३६ करोड रकम फ्रिज भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा संघिय र प्रदेश सरकारको गरी ३६ करोड रकम फ्रिज गएको हो । चालु तर्फ १० करोड र पुँजीगत तर्फ २६ करोड गरी ३६ करोड रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय डडेल्धुराले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस