# भर्खरै
Namaste Icon
Ad
Ad

कर्णाली प्रदेश-सभामा नेकपा एमाले सत्ता पक्ष हो कि प्रतिपक्ष हो ?

कर्णाली प्रदेश-सभामा नेकपा एमाले सत्ता पक्ष हो कि प्रतिपक्ष हो ?
प्रेम खड्का, कर्णाली प्रदेश

सभामुख ज्यु

सभामुख महोदय, कर्णाली प्रदेश सुर्खेत ।
ध्यानाकर्षण सम्बन्धमा !
कतै नभएको जात्रा हाडी गाउमा भन्ने प्रचलित उखान कर्णाली प्रदेश-सभामा चरितार्थ भएन र ?
सभामुख महोदय, कर्णाली प्रदेश-सभामा नेकपा एमाले पार्टी सत्ता पक्ष हो कि प्रतिपक्ष हो ? प्रतिपक्ष भनौं भने एमाले पार्टीका ३ जना माननीय सदस्यहरू सरकारका सहभागी भै मन्त्री हुनुहुन्छ, सत्ता पक्ष भनौ भने एमाले पार्टी संसदीय दलले सरकारलाई समर्थन गरेको छैन र प्रतिपक्षमा बस्ने गरेको निर्णय सार्वजनिक भएको थियो, नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कडेल, प्रमुख सचेतक गुलाबजंग शाह लगाएत दलका १५ जना सांसद सभाको प्रतिपक्ष रोहमा बस्नु भएको छ, यसले आम नागरिकमा अन्यौलता सृजना गरेकोछ सभामुख महोदय, यसर्थ कर्णाली प्रदेश-सभाको आगामी बैठक अगावै यस बिषयमा निर्णय होस सभामुख महोदय, यदि नेकपा एमाले पार्टी कर्णाली प्रदेशको सत्तासीन पार्टी हो भने १५ जना सांसदहरू लाई सत्ता पक्षको रोहमा बस्ने ब्यबस्था गरियोस् र प्रतिपक्षमा राप्रपा का सांसद लाई मात्र बस्ने ब्यबस्था मिलाइयोस, होइन नेकपा एमाले पार्टी प्रतिपक्षी पार्टी हो भने सरकारमा सहभागी भै मन्त्री हुनु भएका दलका माननीय ३ जना सदस्यहरू लाई प्रतिपक्षको रोहमा बस्ने ब्यबस्था मिलाइयोस सभामुख महोदय, बिश्वको इतिहासमै कतै नभएको दृश्य कर्णाली प्रदेश-सभामा देखिनु आफैमा संसदीय ब्यबस्थाको ठाडो उल्लंघन कर्णाली-सभा र माननीय सभामुख महोदय बाट भएको देखिन्छ सभामुख महोदय, संसदको गरिमा बचाउने सभामुख महोदय बाटै यस्तो गैरसंवैधानिक कार्य हुनु लज्जित र संविधानको धज्जी उडाएको बिषय भएन र सभामुख महोदय ? सभामुख महोदय बाटै संसदको नियम उल्लंघन हुन्छ भने संसदको गरिमा कस्ले बचाइदिने हो सभामुख महोदय ? आज आम नागरिकमा संसद र सभामुख महोदय माथी व्यापक प्रश्न उठेको छ सभामुख महोदय, यसर्थ प्रदेश-सभाको आगामी बैठक अगावै संविधानको रक्षा गरि यस बिषयमा टुङ्गो लगाएर मात्र संसद बैठक संचालन गर्न सभामुख महोदयको ध्यानाकर्षण सहित जोडदार माग गर्दछु । अन्यथा सभामुख ज्युको यस असंवैधानिक कार्यप्रती सम्मानित अदालतमा जाने व्यहोरा अवगत गराउदछु सभामुख महोदय ।

जय कर्णाली, जय नागरिक
प्रेम खड्का
कर्णाली प्रदेशको सुर्खेत (नागरिक)

Ad

सम्बन्धित समाचारहरु

सरकारको शासन भाषणमै सिमित : कार्यान्वयन कहिले ?

सरकारको शासन भाषणमै सिमित : कार्यान्वयन कहिले ?

सरकारले बजेट भाषण ल्याएको मिति : २०७८।२।१५ । सरकारले २०७८।७९ को बजेट भाषणमा ल्याएको महत्बपूर्ण निर्णय : २०८८ सालभित्र सम्पूर्ण डिजेल र पेट्रोलबाट चल्ने सार्बजनिक सबारी साधन बिस्थापन गरि बिधुतबाट चल्ने सबारी साधन सञ्चालनमा ल्याउने । चाहे त्यो निजी सबारी साधन होस् चाहे त्यो सार्बजनिक सबारी साधन होस् । चाहे त्यो सरकारी गाडी होस् चाहे त्यो सँस्थाको गाडी होस् । २०८८ सालसम्म सरकारले सम्पृर्ण डिजेल र पे्रट्रेलबाट चल्ने गाडी बिस्थापन गरि बिधृतबाट चल्ने सबारी साधन सञ्चालनमा ल्याउने भनि राजपत्रमा निकालको थियो भने रातो किताबमा छापेको थियो । नेपाल एक यस्तो राष्ट्र हो जहाँ कुनै पनि डिजेल र पे्रट्रोलको खानी छैन् । डिजेल र पेट्रोल बाहिर राष्ट्रबाट आयात गर्नुपर्छ । जसले गर्दा हामी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले खाईनखाई कमाएको पैसा अरु राष्ट्रमा पुगेको छ । यदि सरकारले बिधुतबाट चल्ने सबारी साधन सञ्चालनमा ल्याउने हो भने हाम्रो राष्ट्रको मृद्रा हाम्रो राष्ट्रमै रहन्थ्यो । २०७२।६।३ गते नेपालको अन्तरिम सँबिधान २०७२ जारी भएको भयो ।

यसकारण धन्यवाद छ, केपी ओलीलाई !

यसकारण धन्यवाद छ, केपी ओलीलाई !

दीपेन्द्र ओली  । देशमा कोरोना भाइरस (कोभिड १९) को महामारी चलिरहेको छ । यो महामारीको बेला राजनितिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल हर कोहिको ध्यान महामारी नियन्त्रणसँगै समृद्धी र विकास हुनुपर्नेमा दुःखद् पक्ष राजनितिक दलहरु सत्ताको खेलमा निरन्तर लागिरहे २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनयता । प्रदेश सरकारहरु खलबल खलबल भइरहेका बेला नेपालको संघीय सरकार पनि परिवर्तन भएको छ, जनादेशले होइन सर्वोच्च अदालतको परमादेशले । यसका कारक आफूलाई कम्यूनिष्ट पार्टी भनिरहेको अर्को दल नेकपा माओवादी (केन्द्र) र नेकपा एमालेका केहि विद्रोही नेताहरु हुन् ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले गरेका कामहरुको अव समिक्षा गर्ने बेला भएको छ । उहाँको नेतृत्वमा भएका अविस्मरणीय कार्यहरु तल उल्लेख गरिएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस