# भर्खरै
Namaste Icon
Ad
Ad

‘प्रतिगमन त ओलीको नसा नसामा बग्दैछ’

‘प्रतिगमन त ओलीको नसा नसामा बग्दैछ’
रामप्रसाद रिजाल

एक समय केपी ओली र राष्ट्रवाद पर्यायवाची झै मानिन्थ्यो तर अहिले ओली र राष्ट्रघात पर्यायवाची बनेको छ । प्रतिगमन त ओलीको नसा नसामा बग्दैछ । संसद र संविधान शब्दसँग ओलीलाई एलर्जी छ । त्यसैले त संविधान मिच्दै दुई पटक संसदको हत्या गर्ने ओलीले प्रयास गरे । जोक सुनाउने कलाले ओली वेस्ट कमेडीयन हुन । ओलीको तिकडमले देश दुनिया संकटमा फस्यो । तर सकुनीहरुको सत्यानाश त्यो महाभारत युग र यो युगमा उस्तै तरिकाले हुनेछ । महाभारतको रणसग्राममा जसरी सकुनी ग्याङका कौरवहरु पतन भए त्यसरीनै संविधान रक्षाको संग्राम मा बा ग्याङका कौरवहरु पतन हुने दिन अब टाढा छैंन ।

प्रधानमन्त्री ओलीले दुईतिहाई बहुमतको सरकारको नेतृत्व गरिरहेको बेलामा पार्टी अध्यक्ष र प्रधानमंत्री मध्ये एक पद त्याग नगर्दा आजको दिन सम्म आउंदा नेकपा विभाजन भयो । भएको एमाले पनि विभाजन को संघारमा छ । ६ वटा प्रदेशः सरकार हरु मध्ये २ वटामा एमाले चिरा परिसकेको छ । ४ वटा सरकार पनि संकट मा छन गण्डकी सरकार पनि ढलीसक्यो प्रदेश १ बाग्मती र लुम्विनी प्रदेश सरकार पनि ढल्ने अवस्था मा छन । ओलीको अंहकारलाई एकै दिन ४ झड्का लागीसकेको छ ३ वटा झड्का उनलाई सर्वोच्च अदालत को आदेशले दिएको छ ।

भारतलाई रिझाउन नागरिकता बाड्ने योजनामा सर्वोच्च अदालतले रोक लगाईदिएको छ । जसपालाई पनि ओली सरकारमा रहन नैतिक संकट परेको छ । कर्णाली प्रदेश का ४ सांसद लाई पनि पुनर्वाहली गर्न सर्वोच्चले आदेश दिएको छ । त्यसैगरी चौंथो झट्का एमाले को दशौं महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्चले मान्यता दिएन ।

रिजाल नेकपा एमाले माधव समुहमा नेता हुन । यी उनका निजि विचार हुन ।

Ad

सम्बन्धित समाचारहरु

सरकारको शासन भाषणमै सिमित : कार्यान्वयन कहिले ?

सरकारको शासन भाषणमै सिमित : कार्यान्वयन कहिले ?

सरकारले बजेट भाषण ल्याएको मिति : २०७८।२।१५ । सरकारले २०७८।७९ को बजेट भाषणमा ल्याएको महत्बपूर्ण निर्णय : २०८८ सालभित्र सम्पूर्ण डिजेल र पेट्रोलबाट चल्ने सार्बजनिक सबारी साधन बिस्थापन गरि बिधुतबाट चल्ने सबारी साधन सञ्चालनमा ल्याउने । चाहे त्यो निजी सबारी साधन होस् चाहे त्यो सार्बजनिक सबारी साधन होस् । चाहे त्यो सरकारी गाडी होस् चाहे त्यो सँस्थाको गाडी होस् । २०८८ सालसम्म सरकारले सम्पृर्ण डिजेल र पे्रट्रेलबाट चल्ने गाडी बिस्थापन गरि बिधृतबाट चल्ने सबारी साधन सञ्चालनमा ल्याउने भनि राजपत्रमा निकालको थियो भने रातो किताबमा छापेको थियो । नेपाल एक यस्तो राष्ट्र हो जहाँ कुनै पनि डिजेल र पे्रट्रोलको खानी छैन् । डिजेल र पेट्रोल बाहिर राष्ट्रबाट आयात गर्नुपर्छ । जसले गर्दा हामी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले खाईनखाई कमाएको पैसा अरु राष्ट्रमा पुगेको छ । यदि सरकारले बिधुतबाट चल्ने सबारी साधन सञ्चालनमा ल्याउने हो भने हाम्रो राष्ट्रको मृद्रा हाम्रो राष्ट्रमै रहन्थ्यो । २०७२।६।३ गते नेपालको अन्तरिम सँबिधान २०७२ जारी भएको भयो ।

यसकारण धन्यवाद छ, केपी ओलीलाई !

यसकारण धन्यवाद छ, केपी ओलीलाई !

दीपेन्द्र ओली  । देशमा कोरोना भाइरस (कोभिड १९) को महामारी चलिरहेको छ । यो महामारीको बेला राजनितिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल हर कोहिको ध्यान महामारी नियन्त्रणसँगै समृद्धी र विकास हुनुपर्नेमा दुःखद् पक्ष राजनितिक दलहरु सत्ताको खेलमा निरन्तर लागिरहे २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनयता । प्रदेश सरकारहरु खलबल खलबल भइरहेका बेला नेपालको संघीय सरकार पनि परिवर्तन भएको छ, जनादेशले होइन सर्वोच्च अदालतको परमादेशले । यसका कारक आफूलाई कम्यूनिष्ट पार्टी भनिरहेको अर्को दल नेकपा माओवादी (केन्द्र) र नेकपा एमालेका केहि विद्रोही नेताहरु हुन् ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले गरेका कामहरुको अव समिक्षा गर्ने बेला भएको छ । उहाँको नेतृत्वमा भएका अविस्मरणीय कार्यहरु तल उल्लेख गरिएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस