# भर्खरै
Namaste Icon
Ad
Ad

अधिनायकवादको अभ्यास गर्दै सरकार !

अधिनायकवादको अभ्यास गर्दै सरकार !
शंकर भण्डारी, नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख

गएको शुक्रबार नेपाली कांग्रेसको तर्फबाट बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा प्रधानमन्त्रीको विरुद्धमा व्यक्त गरेको आपत्तिजनक अभिव्यक्तिको निकै चर्चा भयो । वैद्यले दिएको अभिव्यक्ति सभ्य समाजमा कदापी स्वीकार्य हुन सक्दैन । नेपाली कांग्रेसले उक्त अभिव्यक्तिलाई कुनै पनि हालतमा स्वीकार्न नसक्ने जनाउँदै तत्काल आत्मालोचना गरी उक्त अभिव्यक्ति फिर्ता लिननिर्देशन दियो । शान्ति, अहिंसा र लोकतन्त्रप्रति प्रतिवद्ध नेपाली कांग्रेसबाट दिक्षित इमान्दार कार्यकर्ता भएकाले उनले पार्टीको निर्देशन बमोजिम तत्काल विना संकोच आफ्नो गल्तीलाई स्वीकार गरी प्रदेश सभामा स्वयंले आत्म आलोचना गरेको र उक्त गलत विचार रेकर्डबाट हटाउन सभामुख समक्ष अनुरोध गरेका थिए। भावनात्मक उत्तेजनामा आएर दिएको अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गरेपछि पनि उनका विरुद्धमा कारबाहीको लागि किटानी जाहेरी दिनु भनेको अनावश्यक प्रतिशोध साँध्नखोज्नु वा संयमता गुमाएका अनुदार जमातको अतिवाद भन्दा केही हुन सक्दैन । नरोत्तम वैद्यले गल्ती स्वीकार गर्दा पनि किटानी जाहेरी दिन सक्रिय हुने साथीहरुको दोहोरो मापदण्डका प्रति मेरो ध्यानआकर्षित भएको छ ।


वैद्यको अभिव्यक्तिको चर्चा हुँदै गर्दा प्रधानमन्त्रीले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीलाई बालुवाटारमा दिएको धम्की तथा दबाबको समीक्षा कसरी गर्ने हो ?कानुनत अनुमति दिन नसक्ने अवस्थाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन कम्मर कसेर लाग्नुलाई कुन रुपमा लिने हो ?प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको व्यक्तिले सारा विधि र पद्धतिलाई तिलाञ्जली दिएर केही व्यवसायीको व्यक्तिगत लाभका लागि मरिहत्ते गर्नुको पछाडिको रहस्य के हो ?प्रधानमन्त्रीले एक स्वायत्त र व्यवसायिकनिकायलाई सहजताका साथ काम गर्ने वातावरण दिनुको साटो समितिका पदाधिकारीलाई धम्काएर, थर्काएर तथा बाध्यबनाएर गैरकानुनी कार्य गर्न दुरुत्साहन गर्ने कार्यलाई के भन्ने हो ?शिक्षामन्त्री र स्वास्थ्यमन्त्री समेत प्रधानमन्त्रीको गलत कदमलाई पूर्णता दिन लाग्नुलाई कुन रुप मालिने हो ?वैद्यलाई माफि समेत नदिनेहरु विधि, पद्धति र कानुन मिच्न बाध्य पार्न खोज्ने प्रधानमन्त्री र मन्त्रीहरुका विरुद्धमा कारबाहीको लागिजान सक्लान? वैद्यको विरुद्ध लाग्नेहरुको विवेकले प्रधानमन्त्री र मन्त्रीहरुले गरेका गम्भीर गल्तीमा आत्म आलोचना गर्ने माग गर्न सक्छन्?नरोत्तम वैद्य कांग्रस समर्थित भएकाले मात्र धम्काउन खोजिएको हो भने त्यस्तो दुश्साहसन गर्न र विवेक नगुमाउन सरकार समर्थित मित्रहरुलाई हामी विनम्र अनुरोध गर्दछौ ।


यस्तो दोहारो चरित्र प्रस्तुत हुनुले सरकार र सरकारका समर्थकहरुको अधिनायकवादी चरित्र छताछुल्ल भएको छ । देशको प्रधानमन्त्री जस्तो व्यक्ति सबैभन्दा बढी जिम्मेवार र नैतिकवान हुनुपर्नेमा विडम्बना नै भनांै वहाँ कुनै नियम कानुन नमान्ने संविधान भन्दा माथि भएको जस्तो गरी प्रस्तुतहुने र वहाँका समर्थकले त्यस्ता कार्यलाई पुरुषार्थ ठान्ने प्रवृति कानुनी शासनका लागि घातक सिद्ध हुनेछ ।कुनै व्यक्तिको फाइदाका लागि चिकित्सा शिक्षा आयोगका पदाधिकारी माथि भएको ज्यादतीलाई तरुण विभागल गम्भीरताका साथ लिँदै र त्यस्ता कार्यप्रति असहमति जाहेर गर्दछ । यस्ता अराजक गतिविधि तत्काल बन्द गर्न समेत तरुण विभाग आव्हन गर्दछ ।

शंकर भण्डारी, नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख

Ad

सम्बन्धित समाचारहरु

सरकारको शासन भाषणमै सिमित : कार्यान्वयन कहिले ?

सरकारको शासन भाषणमै सिमित : कार्यान्वयन कहिले ?

सरकारले बजेट भाषण ल्याएको मिति : २०७८।२।१५ । सरकारले २०७८।७९ को बजेट भाषणमा ल्याएको महत्बपूर्ण निर्णय : २०८८ सालभित्र सम्पूर्ण डिजेल र पेट्रोलबाट चल्ने सार्बजनिक सबारी साधन बिस्थापन गरि बिधुतबाट चल्ने सबारी साधन सञ्चालनमा ल्याउने । चाहे त्यो निजी सबारी साधन होस् चाहे त्यो सार्बजनिक सबारी साधन होस् । चाहे त्यो सरकारी गाडी होस् चाहे त्यो सँस्थाको गाडी होस् । २०८८ सालसम्म सरकारले सम्पृर्ण डिजेल र पे्रट्रेलबाट चल्ने गाडी बिस्थापन गरि बिधृतबाट चल्ने सबारी साधन सञ्चालनमा ल्याउने भनि राजपत्रमा निकालको थियो भने रातो किताबमा छापेको थियो । नेपाल एक यस्तो राष्ट्र हो जहाँ कुनै पनि डिजेल र पे्रट्रोलको खानी छैन् । डिजेल र पेट्रोल बाहिर राष्ट्रबाट आयात गर्नुपर्छ । जसले गर्दा हामी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले खाईनखाई कमाएको पैसा अरु राष्ट्रमा पुगेको छ । यदि सरकारले बिधुतबाट चल्ने सबारी साधन सञ्चालनमा ल्याउने हो भने हाम्रो राष्ट्रको मृद्रा हाम्रो राष्ट्रमै रहन्थ्यो । २०७२।६।३ गते नेपालको अन्तरिम सँबिधान २०७२ जारी भएको भयो ।

यसकारण धन्यवाद छ, केपी ओलीलाई !

यसकारण धन्यवाद छ, केपी ओलीलाई !

दीपेन्द्र ओली  । देशमा कोरोना भाइरस (कोभिड १९) को महामारी चलिरहेको छ । यो महामारीको बेला राजनितिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल हर कोहिको ध्यान महामारी नियन्त्रणसँगै समृद्धी र विकास हुनुपर्नेमा दुःखद् पक्ष राजनितिक दलहरु सत्ताको खेलमा निरन्तर लागिरहे २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनयता । प्रदेश सरकारहरु खलबल खलबल भइरहेका बेला नेपालको संघीय सरकार पनि परिवर्तन भएको छ, जनादेशले होइन सर्वोच्च अदालतको परमादेशले । यसका कारक आफूलाई कम्यूनिष्ट पार्टी भनिरहेको अर्को दल नेकपा माओवादी (केन्द्र) र नेकपा एमालेका केहि विद्रोही नेताहरु हुन् ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले गरेका कामहरुको अव समिक्षा गर्ने बेला भएको छ । उहाँको नेतृत्वमा भएका अविस्मरणीय कार्यहरु तल उल्लेख गरिएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस