# भर्खरै
Namaste Icon
Ad
Ad

अर्घाखाँचीको छत्रदेव चिदिकामा ठाँउ ठाँउमा पहिरो

अर्घाखाँचीको छत्रदेव चिदिकामा ठाँउ ठाँउमा पहिरो

अर्घाखाँची । केही दिन यताको लगातार अविरल वर्षाका कारण छत्रदेब ०१ को चिदिका लामीडाडाका विभिन्न स्थानमा पहिरोले क्षति पुर्‍याएको दिनेश ज्ञवालीले जानकारी दिएका छन । पहिरोले बारिमा भएका खेतिबाली तथा फलफूल को पुर्ण क्षेति भएको समेत बताएका छन ।

थप पहिरोको डरले आफ्नो घर गोठ नै लग्ने डर ले कतिपय ब्यक्ती रातभरि सुत्न समेत नसक्ने अबस्था सृजना भएको छ । यस ठाउमा पहिरोको उच्च जोखिम समेत रहेको छ । हिउदको समयमा जथाभावी डाेजर सन्चालन गरेको कारण यो अबस्थामा आइपुगेको स्थानीय बुद्धिजीवी बताउँछन् ।

अत्यधिक वर्षा हुँदै गएको र त्यसले ठाउँठाउँमा असहज अववस्था निम्त्याएको भन्दै त्यस्ता ठाउँहरुमा सबै मिलेर मानवता पर्दर्शन गर्नुपर्नेमा चिदिका काठमाडौं सम्पर्क समाजका सचिब समेत रहेका सुभाष ज्ञवालीले जोड दिएका छन । साथै आफ्नो फेसबुक मार्फत प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिन सबैलाई आग्रह समेत गरेका छन ।

‘बाढीपहिरोबाट सचेत रहन र अरुलाई पनि सचेत गराउन, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्धार र राहत वितरण कार्यमा जुट्ने हामी सबैको कर्तव्य भएको कुरा उल्लेख गरेको निरु आचार्यले बताइन ।

Ad

सम्बन्धित समाचारहरु

कांग्रेस युवा नेता सुवन गिरीको संयोजनमा दर्जनबढि युवा कांग्रेस प्रवेश

नुवाकोट । जिल्लाको सूर्यगढी गाँउपालकिा वडा न. ४ हल्देकालिकामा विभिन्न पार्टी परित्याग गरि दर्जनबढि युवा नेपाली कांग्रेस प्रवेश गरेका छन । नवप्रवेशी नेता कार्यकर्ताहरु लाई नेपाली कांग्रेसका नेता, पूर्व अर्थमन्त्री तथा केन्द्रिय सदश्य डा. रामशरण महतले स्वागत गरे । कार्यक्रममा क्षेत्रीय सभापति धु्रव श्रेष्ठ, क्षेत्रीय सचिव रामजी पौडेल, महाधिवेशन प्रतिनिधी कृष्ण मिश्र, सूर्यगढी गाँउपालिकाका कांग्रेस संयोजक एवंम गाँउपािलका अध्यक्ष सन्तबहादुर घले, इकाइ सभापति रामचन्द्र वोगटी, इकाई सभापति प्रकाश पण्डित, तरुण दलका नेता प्रदिप थापा, हरी पौडेल, शंकर थापा लगायतको उपस्थिति रहेको थियो ।

डडेल्धुरामा ९० प्रतिशत बजेट खर्च हुँदा पनि ३६ करोड रकम फ्रिज

डडेलधुरा । डडेल्धुरामा गत आर्थिक वर्षमा ३६ करोड रकम फ्रिज भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा संघिय र प्रदेश सरकारको गरी ३६ करोड रकम फ्रिज गएको हो । चालु तर्फ १० करोड र पुँजीगत तर्फ २६ करोड गरी ३६ करोड रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय डडेल्धुराले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस