# भर्खरै
Namaste Icon
Ad
Ad

आउनुहोस ! भत्केको घर पोतौं, बाँझिएको जमिन जोतौं

आउनुहोस ! भत्केको घर पोतौं, बाँझिएको जमिन जोतौं
निरु आचार्य 'नवरश्मी'

निरु आचार्य 'नवरश्मी'

पछिल्लो समय विश्वब्यापी रुपमा कोरोना भाइरसले सन्त्रास छाइरहेको बेला यसको प्रत्यक्ष अप्रत्यक्ष प्रभाव नेपालमा पनि परिरहेको छ । यसै सन्दर्भमा सहरी क्षेत्रबाट गाउँ फर्क अभियान सुरु भएको छ । स्कुल कलेजहरु लामो समयका लागी बन्द हुनु, खाद्यान्न अभावको संकेत देखिनु,आर्थिक मन्दिको अवस्था सिर्जना हुनुले मानिसलाइ गाउँ फर्क अभियान सिर्जना गरेको छ । कोरोना भाइरसको प्रभाब देखिनु आफैमा खराब भएपनी दु:खद र अप्ठ्यारो अवस्थामा आफ्नो मातृभुमी सम्झेर फर्किनु केहि हदसम्म सकारात्मक लिन सकिन्छ ।

मानिसहरुले ब्यवस्थापन गर्न नसकेको अवस्थामा प्रकृतिले ब्यवस्थापन गर्न बाध्य हुने प्राकृतिक नियमलाइ कोहि कसैले चाहेर पनि रोक्न र छेक्न सकिदैन । समय समयमा हुने प्राकृतिक विपत्तिहरु जस्तैः भुकम्प, बाढि, डेङ्गु जस्ता माहामारिले बस्नको लागी योग्री ठाँउ पहाड र हिमाल हुन भन्ने सन्देश प्रवाह गरेको छ ।उपत्यका र तराई क्षेत्र कृषि उत्पादनको हिसाबले उपर्युक्त तथा हिमाल र पहाड मानव बसोबासको हिसाबले उपर्युक्त ठाउ हो भन्ने सन्देस नेपाल एकीकरणको समयमै पृथ्वीनारायण शाहले बताइसकेका थिए । भुइचालो आए गाउँ, कुनै मन्दी लागे गाउँ, माहामारी लागे गाउँ, चाडपर्व आए गाउँ फेरी किन ? घमण्ड गर्छ्न मानिसहरु...? शहरमा यति तले घर यति आना जग्गा छ भन्दै...? खुशी अनि आपत विपतमा सम्झिने त गाउँ नै रहेछ!

मनमोहन अधिकारिले सन्चालन गरेको 'आफ्नो गाउँ आफै बनाउ भन्ने अभियान' आजको दिनमा पनि समय सान्दर्भिक बनेको छ । हामी बाल्यकाल जिवन बिताइरहेको बेला तराई, मधेस खेतीपातीको लागी योग्य ठाउ हो, त्यसैले आवासिय हिसाबले पहाडनै उपर्युक्त छ भन्ने प्रचलन आज ठिक विपरीत दिशातर्फ लम्किरकेको छ तर आज मानिसहरु क्षणिक भौतिक सेवा तथा सुबिधाको लागी हिमाल र पहाडलाइ खाली बनाएर खेतियोग्य जमिन बझाएर तराई र उपत्यकामा बसाई सरिरहेका छन् । यो आफैमा प्राकृतिक नियम विपरीतको कार्य हो जस्तो लाग्दछ त्यसैले जतिपनी दाजुभाइ तथा दिदिबहिनीहरु गाउँ फर्किसक्नु भएको छ । फर्किने सुरमा हुनुहुन्छ भने गाउँमै स्वरोजगार कसरी बन्ने ?  हाम्रा बाँझिएका जमिनहरुको कसरी ब्यबस्थापन गर्ने ?  भन्ने बिसयमा बहस चलाउनु आवस्यक छ भन्ने लाग्दछ ।

स्यालको खेदाइमा चल्लाहरुले माउको पखेटामा घुस्रिएर आफुलाइ सुरक्षित महसुस गरेजस्तै पुखाले जोरेको र हाल बाझिएको जग्गा र जन्मघरलाइ सम्झिएर गाउँघर फर्कनु , सुबिधा सम्पन्न अस्पताल भएको राजधानी र ठुला ठुला सहर छोडेर मातापिताको काख र जन्मघर सुरक्षित लाग्दो रहेछ अनि हामी सबैमा महसुस भएको छ र व्यबहारमा सबैको परिवर्तन आएको छ, हात खुट्टा धुने, सफा हुने, भिडभाडमा नजाने, धेरै मानिस जम्मा नहुने, माक्स लगाउने जस्ता राम्रा बानिहरु पनि एहि माहामारिले सिकाएको छ यसले गर्दा दिनहु जम्मा भइ गफ गर्ने ,एक जनाले कुनै काम गर्दा मानिसहरु जम्मा भइ हेरेरै दिन बिताउने हामी नेपालिहरुको बानी सुधार्न पनि पक्कै यो माहामारिले ठुलो भुमिका खेलेको छ । साथै कमाइको केहि हिस्साले जन्मस्थान सिगार्ने प्रण गरौं, भत्केको घर पोतौं, बाझिएको जमिन जोतौं भन्ने सन्देश पनि यहि माहामारिले दिएको छ ।

Ad

सम्बन्धित समाचारहरु

सरकारको शासन भाषणमै सिमित : कार्यान्वयन कहिले ?

सरकारको शासन भाषणमै सिमित : कार्यान्वयन कहिले ?

सरकारले बजेट भाषण ल्याएको मिति : २०७८।२।१५ । सरकारले २०७८।७९ को बजेट भाषणमा ल्याएको महत्बपूर्ण निर्णय : २०८८ सालभित्र सम्पूर्ण डिजेल र पेट्रोलबाट चल्ने सार्बजनिक सबारी साधन बिस्थापन गरि बिधुतबाट चल्ने सबारी साधन सञ्चालनमा ल्याउने । चाहे त्यो निजी सबारी साधन होस् चाहे त्यो सार्बजनिक सबारी साधन होस् । चाहे त्यो सरकारी गाडी होस् चाहे त्यो सँस्थाको गाडी होस् । २०८८ सालसम्म सरकारले सम्पृर्ण डिजेल र पे्रट्रेलबाट चल्ने गाडी बिस्थापन गरि बिधृतबाट चल्ने सबारी साधन सञ्चालनमा ल्याउने भनि राजपत्रमा निकालको थियो भने रातो किताबमा छापेको थियो । नेपाल एक यस्तो राष्ट्र हो जहाँ कुनै पनि डिजेल र पे्रट्रोलको खानी छैन् । डिजेल र पेट्रोल बाहिर राष्ट्रबाट आयात गर्नुपर्छ । जसले गर्दा हामी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले खाईनखाई कमाएको पैसा अरु राष्ट्रमा पुगेको छ । यदि सरकारले बिधुतबाट चल्ने सबारी साधन सञ्चालनमा ल्याउने हो भने हाम्रो राष्ट्रको मृद्रा हाम्रो राष्ट्रमै रहन्थ्यो । २०७२।६।३ गते नेपालको अन्तरिम सँबिधान २०७२ जारी भएको भयो ।

यसकारण धन्यवाद छ, केपी ओलीलाई !

यसकारण धन्यवाद छ, केपी ओलीलाई !

दीपेन्द्र ओली  । देशमा कोरोना भाइरस (कोभिड १९) को महामारी चलिरहेको छ । यो महामारीको बेला राजनितिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल हर कोहिको ध्यान महामारी नियन्त्रणसँगै समृद्धी र विकास हुनुपर्नेमा दुःखद् पक्ष राजनितिक दलहरु सत्ताको खेलमा निरन्तर लागिरहे २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनयता । प्रदेश सरकारहरु खलबल खलबल भइरहेका बेला नेपालको संघीय सरकार पनि परिवर्तन भएको छ, जनादेशले होइन सर्वोच्च अदालतको परमादेशले । यसका कारक आफूलाई कम्यूनिष्ट पार्टी भनिरहेको अर्को दल नेकपा माओवादी (केन्द्र) र नेकपा एमालेका केहि विद्रोही नेताहरु हुन् ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले गरेका कामहरुको अव समिक्षा गर्ने बेला भएको छ । उहाँको नेतृत्वमा भएका अविस्मरणीय कार्यहरु तल उल्लेख गरिएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस