# भर्खरै
Namaste Icon
Ad
Ad

'बृद्ध भत्ता लिन योग्य व्यक्तिले प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिनु आपत्तिजनक छ’ : एमाले सांसद

'बृद्ध भत्ता लिन योग्य व्यक्तिले प्रदेश प्रमुखको कार्यालय अगाडि  धर्ना दिनु आपत्तिजनक छ’ : एमाले सांसद

काठमाडाैं । गण्डकी प्रदेशमा नेकपा एमालेका सांसद कृष्णबहादुर थापाले बुद्धभत्ता खाने उमेरका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेश प्रमुखको कार्यालय अगाडि गएर धर्ना दिएको भन्दै आपत्ति जनाएका छन् । प्रदेश सभामा मुख्यमन्त्री पोखरेलले विश्वासको मत मागेपछि शुक्रवारको छलफलमा सांसद थापाले नयाँ सरकार गठन भएपछि अनिष्ट शुरु भएको समेत टिप्पणी गरेका हुन् ।

‘हाम्रो मुख्यमन्त्रीको कपाल सेताम्मे कपाल फुलेको छ, मनमोहन अधिकारीले १०० बाट शुरु गरेको वृद्धभत्ता अहिले ४ हजार पुगेको छ । बृद्ध भत्ता लिन योग्य व्यक्तिले प्रदेश प्रमुखको कार्यालय अगाडी देखाइएको तमासाले उहाँ असक्षम रहेको पुष्टि हुन्छ’ थापाले भने । यसअघि मुख्यमन्त्री नियुक्तिको माग गर्दै विपक्षी गठबन्धन पोखरेलको नेतृत्वमा प्रदेश प्रमुखको कार्यालय अगाडि धर्नामा बसेका थिए ।

सांसद् थापाले सरकार गठनका लागि निर्णायक मानिएका दीपक मनाङे प्रतिपनि कटाक्ष गरे । ‘सन् ८० को दशकमा विहारमा गुण्डाका नाइके सांसद भएपछि कवि धु्रवीरले कतिवा लेखेका थिए, न कुनै प्रजा न तन्त्र, मान्छेले मान्छे विरुद्ध गर्ने षडयन्त्र हो । यहाँ अहिले त्यस्तै भएको छ’ थापाले भने । सांसद थापाले सपनामा पनि यो सरकारलाई समर्थन गर्न नसक्ने बताए ।

विश्वासको मत माग्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सभाको स्थायित्वका लागि आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । ‘सदनलाई विघटन तर्फ जान नदिनको लागि र सदनको स्थायित्वको लागि हाम्रो गठबन्धनका साथीहरुले त मलाई विश्वासको मत दिनुहुन्छ, देव्रेतिर बस्ने –विपक्षी एमाले) साथीहरुसँग पनि समर्थनको लागि आग्रह गर्छु’ पोखरेलले भने ।

Ad

सम्बन्धित समाचारहरु

कांग्रेस युवा नेता सुवन गिरीको संयोजनमा दर्जनबढि युवा कांग्रेस प्रवेश

नुवाकोट । जिल्लाको सूर्यगढी गाँउपालकिा वडा न. ४ हल्देकालिकामा विभिन्न पार्टी परित्याग गरि दर्जनबढि युवा नेपाली कांग्रेस प्रवेश गरेका छन । नवप्रवेशी नेता कार्यकर्ताहरु लाई नेपाली कांग्रेसका नेता, पूर्व अर्थमन्त्री तथा केन्द्रिय सदश्य डा. रामशरण महतले स्वागत गरे । कार्यक्रममा क्षेत्रीय सभापति धु्रव श्रेष्ठ, क्षेत्रीय सचिव रामजी पौडेल, महाधिवेशन प्रतिनिधी कृष्ण मिश्र, सूर्यगढी गाँउपालिकाका कांग्रेस संयोजक एवंम गाँउपािलका अध्यक्ष सन्तबहादुर घले, इकाइ सभापति रामचन्द्र वोगटी, इकाई सभापति प्रकाश पण्डित, तरुण दलका नेता प्रदिप थापा, हरी पौडेल, शंकर थापा लगायतको उपस्थिति रहेको थियो ।

डडेल्धुरामा ९० प्रतिशत बजेट खर्च हुँदा पनि ३६ करोड रकम फ्रिज

डडेलधुरा । डडेल्धुरामा गत आर्थिक वर्षमा ३६ करोड रकम फ्रिज भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा संघिय र प्रदेश सरकारको गरी ३६ करोड रकम फ्रिज गएको हो । चालु तर्फ १० करोड र पुँजीगत तर्फ २६ करोड गरी ३६ करोड रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय डडेल्धुराले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस