# भर्खरै
Namaste Icon
Ad
Ad

छोटो कपडा लगाएकी मोडललाई जहाजभित्र छिर्न नदिएपछि...

छोटो कपडा लगाएकी मोडललाई  जहाजभित्र छिर्न नदिएपछि...

काठमाडौं । आफ्नो जिन्दगी आफ्नो मर्जीले जिउन पाउनुपर्छ भन्ने सोँचले कहिलेकाँही मानिसलाई गम्भीर मोडमा पुर्‍याउँछ । अस्ट्रेलियाकी एक मोडललाई यस्तै भएको छ । उनले लगाएको छोटो कपडाका कारण एक फ्लाइटमा निकै अपमान सहनुपरेको छ । यात्राका बेला उनलाई पूरै शरीर छोप्नेगरी कपडा लगाउने निर्देशन दिइएको थियो । त्यसपछि मोडलले बाध्यवस क्रु मेम्बरको ज्याकेट लगाउनुपर्‍यो । मोडल तथा नायिका इजाबेल एलेनोरलाई जहाजमा प्रवेश गर्नेबित्तिकै फ्लाइटका सदस्यले उनलाई रोक लगाएका थिए ।

उनले लगाएको क्राउन टप निकै छोटो भएकाले यात्रा गर्न नसक्ने बताइयो । पछि उनले क्रु मेम्बरको हाई–विज ज्याकेट लगाएपछि मात्रै आफ्नो सिटमा बस्न पाइन् । घटना केही पुरानो भए पनि अहिले मोडल आफैंले उक्त जानकारी साझा गरेकी हुन् । उनले एक अन्तवार्ताका क्रममा भनेकी छन्, ‘जब म छाटो कपडा लगाएर जहाजमा प्रवेश गरेँ । तब फ्लाइटका क्रु मेम्बरले यति छाटो कपडामा यात्रा गर्न नसक्ने बताए । पछि उनीहरुको ज्याकेट लगाएपछि मात्रै मलाई सिटमा बस्न दिइयो ।’ - एजेन्सी

Ad

सम्बन्धित समाचारहरु

आर्थिक अवस्था नाजुक भएकी १४ वर्षीया शान्तिकुमारीको उपचारमा सहयोग गर्न अपिल

काठमाडौं । जन्मजात पिसाब थैली नभएकी महोत्तरीको बर्दीवासकी शान्तिकुमारी थापा मगरको उपचारमा सहयोग गर्न अपिल गरिएको छ । विगत १९ दिन देखि काठमाडौं शिक्षण अस्पत्तालमा उपचार गराइरहेकी १४ वर्षीया शान्तिकुमारीको खर्च अभावले ज्यान जोखिममै पर्ने देखिएको सहयोगको याचना गरिएको हो । काठमाडौ. कपन बस्ने समाजसेवी थोमस तामाङका अनुसार शान्तीको उपचारमा सहयोग वाफत आएको १ लाख १३ हजार ६८० रुपैयाँ खर्च भइसकेको छ । विरामीको स्वास्थ्य अवस्थामा केहि सुधार आएपनि अर्थ अभावले फेरि समस्या बढ्ने होकि भन्ने चिनता लागेको उनले बताए ।

'विप्लव’ निकट जनप्रगतिशील मोर्चा साउदीको पाँचौं अधिबेशन, अध्यक्षमा तोयराज भट्ट

काठमाडौं । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको बैदेशिक संगठन नेपाली जनप्रगतिशील मोर्चा साउदीको पाँचौं अधिबेशन सम्पन्न गरेको छ । २० जुलाई सम्पन्न भएको अधिबेशनले तोयाराज भट्टको नेतृत्वमा १५ सदसीय केन्द्रिय समिति चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा तोयराज भट्ट, उपाध्यक्षमा माधब घिमिरे, महासचिवमा कैलाश मैनाली, सचिवमा परसुराम घर्ती मगर, सांस्कृतिक बिभाग प्रमुख इन्द्र बिक हुनुहुन्छ भने अन्य सदस्यहरुमा आर जी मगर, मनोज पटेल, दलबहादुर, तिलक पुन, घमर मगर, हरिचन्द्र झाँक्री, कमल थापा, देबु तामाङ, सुभाष मगर रहेका छन।

Ad

प्रतिक्रिया दिनुहोस