# भर्खरै
Namaste Icon
Ad
Ad

एमाले सुर्खेतको बैठकमा ४८ जनाको सहभागीता, यी हुन निर्णयहरु

एमाले सुर्खेतको बैठकमा ४८ जनाको सहभागीता, यी हुन निर्णयहरु

खगेन्द्र हमाल, सुर्खेत । नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको आज बसेको बैठक सकिएको छ । सुर्खेत जिल्ला पार्टी अध्यक्ष धुर्वकुमार शाहीको उपस्थितिमा बसेको उक्त बैठकमा ४८ जना जिल्ला कमिटी सदस्यहरुको सहभागीता रहेको जिल्ला कमिटी सदस्य नेत्र केसीले जानकारी दिए । उक्त बैठकमा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता तथा प्रदेश ईन्चार्ज यामलाल कंडेल, निवर्तमान राज्यमन्त्री नवराज रावत, पद्मा खड्का लगायत सुर्खेत जिल्लाका अगुवाइ नेतहरुको उपस्थिति रहेको केसीले जानकारी दिए ।

कोभिड–१९ र बाढी पहिरो तथा अन्य कारणले ज्यान गुमाउनु हुने नागरिकहरु प्रती श्रद्धाञ्जली व्यक्त गर्दै बैठकको शुरूवात गरेको थियो । बैठकले पुरानो सचिवालयको बैठकले गरेको निर्णयलाई अनुमोदन गर्ने र सचिवालय बैठक बसेर यस अघि नौं वटै तहमा प्रशिक्षण भेलाहरु आयोजना गर्ने भनिएको थियो ती कार्यक्रमहरुका बारेमा समिक्षा गरेको छ।

चिङ्गाड बाहेकका अन्य सबै स्थानहरूमा तोकिएको समय बमोजिम राम्रो कार्यक्रम भएको र चिङ्गाडमा समय मिलाएर पछी कार्यक्रम गर्ने निर्णय गरियो । नौं वटै तहका स्थानीय कमिटीहरुलाई कार्य योजना बनाएर वडा तहसम्म प्रशिक्षण भेलाहरु आयोजना गर्ने र कोभिड १९ र बाढी पहिरोका सम्बन्धमा प्रस्तावहरु पारित गरिएको नेता केसीले जानकारी दिए । माधव नेपाल निकटका जिल्ला पार्टी सचिव मोहन बढुवाल सहित ३३ जना सदस्य हरु आजको बैठकमा भने उपस्थित नभएको पार्टी सचीव मोहन बढुवालले जानकारी दिए ।

Ad

सम्बन्धित समाचारहरु

कांग्रेस युवा नेता सुवन गिरीको संयोजनमा दर्जनबढि युवा कांग्रेस प्रवेश

नुवाकोट । जिल्लाको सूर्यगढी गाँउपालकिा वडा न. ४ हल्देकालिकामा विभिन्न पार्टी परित्याग गरि दर्जनबढि युवा नेपाली कांग्रेस प्रवेश गरेका छन । नवप्रवेशी नेता कार्यकर्ताहरु लाई नेपाली कांग्रेसका नेता, पूर्व अर्थमन्त्री तथा केन्द्रिय सदश्य डा. रामशरण महतले स्वागत गरे । कार्यक्रममा क्षेत्रीय सभापति धु्रव श्रेष्ठ, क्षेत्रीय सचिव रामजी पौडेल, महाधिवेशन प्रतिनिधी कृष्ण मिश्र, सूर्यगढी गाँउपालिकाका कांग्रेस संयोजक एवंम गाँउपािलका अध्यक्ष सन्तबहादुर घले, इकाइ सभापति रामचन्द्र वोगटी, इकाई सभापति प्रकाश पण्डित, तरुण दलका नेता प्रदिप थापा, हरी पौडेल, शंकर थापा लगायतको उपस्थिति रहेको थियो ।

डडेल्धुरामा ९० प्रतिशत बजेट खर्च हुँदा पनि ३६ करोड रकम फ्रिज

डडेलधुरा । डडेल्धुरामा गत आर्थिक वर्षमा ३६ करोड रकम फ्रिज भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा संघिय र प्रदेश सरकारको गरी ३६ करोड रकम फ्रिज गएको हो । चालु तर्फ १० करोड र पुँजीगत तर्फ २६ करोड गरी ३६ करोड रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय डडेल्धुराले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस