# भर्खरै
Namaste Icon
Ad
Ad

फेसबुकमा पनि क्लबहाउस जस्तै लाइभ अडियो रुम र पोड्कास्ट

फेसबुकमा पनि क्लबहाउस जस्तै लाइभ अडियो रुम र पोड्कास्ट

एजेन्सी । फेसबुकले हालै चर्चामा आएको नयाँ एप ‘क्लबहाउस’ जस्तै लाइभ अडियो रुम र पोडकास्ट सुरु गरेको छ। सोमबार फेसबुकले आफ्नो प्लेटफर्ममा क्लबहाउस शैलीका लाइभ अडियो र पोडकास्टको नयाँ फिचर सार्वजनिक गरेको रोयटर्सले बताएको छ।

गत अप्रिलमा फेसबुकले नयाँ अडियो उत्पादनमा लगानी गर्ने घोषणा गरेको थियो र यसैको दुई महिनामा कम्पनीले प्लेटफर्ममा सो नयाँ सुविधा थपेको हो । कम्पनीका सिइओ मार्क जुकरबर्ग केही समयअघि आफैँ क्लबहाउसमा देखिएपछि यो एप प्रयोगकर्ताबिच एकाएक चर्चित भएको थियो। मार्कले अडियो रुम र पोडकास्टको आइडिया लिनको लागि क्लबहाउस चलाएको हल्ला छ।

फेसबुकको लाइभ अडियो रुम र पोडकास्ट फिचर अहिले अमेरिकाको आइओएस सफ्टवेयरमा मात्र उपलब्ध गराइएको छ । एन्ड्रोइड प्रयोगकर्ताको फेसबुकमा यो फिचर देखिदैन ।

अमेरिकामा पनि केबल सिमित सेलिब्रेटी र फेसबुक समुहले यो फिचर चलाउन पाउने छन् । जसमा उनीहरुले सिर्जना गर्ने लाइभ अडियो रुममा पचास जना वक्ताहरु र श्रोताहरु बस्न पाउने कम्पनीले उल्लेख गरेको छ ।

यसैगरी अमेरिकी श्रोताहरुलाई फेसबुकमा पोडकास्ट पनि उपलब्ध हुने रोयटर्सले जनाएको छ । प्लेटफर्ममा रहेका केही कन्टेन्टका कारण आलोचनामा पर्दै गरेको फेसबुकले लाइभ र रेकर्ड गरिएको अडियो सामाग्री मोडरेट गर्दा चुनौतीहरु सामना गर्नुपर्ने रिर्पोटले अनुमान गरेको छ ।

यो नयाँ अडियो फिचरसँगै फेसुबकले ‘स्पोटिफाइ’ एपको सहकार्यमा आफ्नो प्लेटफर्ममा गीतहरु सुन्न र सेयर गर्न मिल्ने फिचरमा काम गरिरहेको छ ।

Ad

सम्बन्धित समाचारहरु

टेलिकमको सर्भरमा ह्याकरको आक्रमण नभएको निष्कर्ष

टेलिकमको सर्भरमा ह्याकरको आक्रमण नभएको निष्कर्ष

काठमाडौं । नेपाल टेलिकमको सर्भरमा ह्याकर समूहद्वारा आक्रमण गरिएको र कम्पनीको डाटा रेकर्ड चोरी गरी बिक्रीमा राखिएको भन्ने सम्बन्धमा गत असार २७ गते विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपश्चात डाटा सुरक्षासम्बन्धी गाम्भीर्यता मनन गरी कम्पनीले शंकाको घेरामा रहेको उपकरण तत्काल बन्द गरी छानविन शुरु गरेको थियो । कम्पनीका सम्बन्धित विज्ञहरुबाट विस्तृत छानविन पश्चात कम्पनीको कुनैपनि डाटा चोरी नभएको र समाचारहरुमा उल्लेख गरिएको दाबीमा कुनैपनि सत्यता नरहेको निष्कर्ष निकालिएको वास्तविकता टेलिकमले जानकारी गराएको छ । ग्राहकसँग सम्बन्धित डाटा सुरक्षित राख्न नेपाल टेलिकमले विभिन्न सुरक्षात्मक संयन्त्रहरु अपनाउँदै आइरहेको छ । आगामी दिनमा समेत ग्राहकका विवरणहरु सुरक्षित राख्नका लागि कम्पनी प्रतिबद्धता जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस